Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

खबरडबली संवाददाता

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार वासिङ्टनको यहुदी सङ्ग्रहालय बाहिर ‘फ्रि प्यालेस्टिन’ भन्दै हल्ला गर्ने बन्दुकधारीले दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरेपछि विश्वव्यापी इजरायली कूटनीतिक मिसनहरूमा सुरक्षा उपायहरू बढाउने आदेश दिएको बताएका छन् ।

“मैले विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा व्यवस्था बढाउन र राज्यका प्रतिनिधिहरूको सुरक्षा बढाउन निर्देशन दिएको छु”, उनले भने, “हामी यहुदी विरोधी भावना र इजरायल राज्यविरुद्धको जङ्गली उक्साहटको भयानक मूल्य देखिरहेका छौँ ।” बुधबार राति वासिङ्टनको केन्द्रमा रहेको क्यापिटल यहुदी सङ्ग्रहालयमा युवा पेशेवरहरू र कूटनीतिक कर्मचारीहरूका लागि सामाजिक कार्यक्रम भइरहेको बेला सङ्ग्रहालय बाहिर गोली हानाहान भएको थियो ।

सामाजिक सञ्जालमा फैलिएको एक भिडियो क्लिपमा ज्याकेट र सेतो सर्ट लगाएका एक जना दाह्री भएका युवकलाई प्रहरीले लैजाँदा ‘फ्रि, फ्रि प्यालेस्टिन’ भनेर चिच्याएको देखाइएको छ । संयुक्त राज्य अमेरिकाका लागि इजरायली राजदूत येचिएल लेइटरका अनुसार पीडितहरू विवाह गर्ने योजना बनाएका एक युवा दम्पती थिए । इजरायली राष्ट्रपति आइज्याक हर्जोगले घातक आक्रमणबाट आफू ‘स्तब्ध’ भएको तर दुई देश ‘हाम्रा जनताको रक्षामा एकजुट हुने’ बताए । 

“इजरायली दूतावासका दुई युवा कर्मचारीको ज्यान लिएको यो घृणा, यहुदी विरोधको घृणित कार्य हो”, हर्जोगले भने, “अमेरिका र इजरायल हाम्रा जनता र हाम्रा साझा मूल्यहरूको रक्षामा एकजुट हुने छन् । आतङ्क र घृणाले हामीलाई तोड्ने छैन ।” विदेशमन्त्री गिडियोन सारले पनि आक्रमणबाट आफू ‘डराएको’ भन्दै इजरायलले ‘आतङ्क’ मा नझुक्ने प्रतिज्ञा गरे । 

“विशेष गरी यस समयमा विश्वभरका इजरायली प्रतिनिधिहरूले निरन्तर उच्च जोखिमको सामना गरिरहेका छन्”, उनले भने, “हामी अमेरिकी अधिकारीहरूसँग निकट सम्पर्कमा छौँ । इजरायलले आतङ्कका सामु आत्मसमर्पण गर्ने छैन ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE