Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

चिया पिउने यी सामान्य ५ तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

खबरडबली संवाददाता

काठमाडौं  । अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया । बिहानको सुरुवात होस् वा साँझको थकान, साथीभाइसँग गफगाफ होस् वा एक्लै रमाइलो पल, हरेक अवसरमा चिया हामीसँगै हुने गर्दछ । धेरै मानिसहरूको लागि, चिया एक पेय मात्र होइन, भावना पनि हो।

अन्तर्राष्ट्रिय चिया दिवस चिया मन पराउनेहरुका लागि मात्र मनाइन्छ । यो हरेक वर्ष मे २१ मा मनाइन्छ, जो हिजो मनाइएको थियो। तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि हामीले दिनहुँ रमाइलो गरी पिउने चियामा हुने केही सामान्य गल्तीहरूले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ भन्ने कुरा ।

हो, चियाको लत लाग्नु र यसलाई राम्ररी नपिउनु शरीरको लागि हानिकारक हुन सक्छ। यो धेरै पटक चिया पिउने, खाली पेटमा चिया पिउने, वा धेरै चियापत्ति हालेर पिउने जस्ता बानीले स्वास्थ्यमा राम्रो हुदैँन् । यी बानीले तपाईको शरीरलाई बिस्तारै हानि पुर्‍याउन सक्छ। यदि तपाई पनि चियाको फ्यान हुनुहुन्छ भने यो लेखमा थाहा दिनेछौं तपाईले पनि चिया पिउने क्रममा ती ५ सामान्य गल्ती गरिरहनु भएको छ भने अहिले नै सुधारी हाल्नुहोस् ।

खाली पेटमा चिया नपिउने
कतिपयले बिहान उठने बितिक्कै सबभन्दा पहिले चिया पिउने गर्छन्, जुन हानिकारक हुन्छ । खाली पेटमा चिया पिउनाले एसिडिटीको समस्या हुनसक्छ । यसबाहेक यसले ग्याँस, जलन, कब्जियतजस्ता समस्याहरू निम्त्याउन सक्छ। त्यसैले चिया पिउनु अघि मनतातो पानी वा फलफूल खानुपर्छ ।

धेरै चिया नपिउने

यदि चिया प्रेमीहरूले दिनमा ४–५ पटक वा सोभन्दा बढी चिया पिउने हो भने यसले शरीरमा क्याफिनको मात्रा बढाउँछ । यसले निद्राको कमी, घबराहट र थकान निम्त्याउन सक्छ। त्यसैले दिनमा २ कपभन्दा बढी पिउनु हुँदैन र राति अबेरसम्म पनि चिया पिउनु हुँदैन ।

धेरै उमालेको चिया नपिउने

कतिपयले चियालाई सुखद गन्ध दिन र स्वाद बढाउन १०–१५ मिनेट उमालेर चिया पिउने गर्छन तर यसले ट्यानिन्स र क्याफिन बढाउँछ। यसले पाचन प्रणालीलाई असर गर्न सक्छ। यस्तो अवस्थामा चियालाई हल्का उमाल्नु मात्रै होस, धेरै गाढा नबनाउनु होस् ।

खाना खाए लगत्तै चिया नपिउने

कतिपयलाई खाना खाएपछि चिया पिउने बानी हुन्छ, जुन स्वास्थ्यका लागि बिल्कुलै राम्रो हुँदैन । खाना खाइ सकेपछि तुरुन्तै चिया पिउनाले खानामा रहेको आइरन र पोषक तत्वको अवशोषण कम हुन्छ । चिया पिउन चाहनुहुन्छ भने खाना खाएपछि मात्र ३०–४५ मिनेट पछि मात्रै चिया पिउनु होस् ।

धेरै चिनी नराख्नुहोस्ः

कतिपयलाई मीठो चिया मन पर्छ । यस्तो अवस्थामा चियामा आवश्यकता भन्दा बढी चिनी मिसाउने गर्छन् । तर, अत्यधिक मीठो चियाले तपाईंको रगतमा चिनीको मात्रा बढाउन सक्छ, मोटोपना र मधुमेह निम्त्याउन सक्छ। सम्भव भएमा चियामा चिनी कम राख्नुहोस् वा गुड़ र मह जस्ता विकल्पहरू अपनाउनु होस्।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...

कस्ताे रहला शनिबारको मौसम ? लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी

काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...

महाधिवेशनपछि नेतृत्व छाड्ने प्रचण्डको घोषणा, ‘अब नयाँ पुस्ताले पार्टी हाँक्छ’

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending