Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

गण्डकी प्रदेश सरकारको गौरवका आयोजना ६ वर्षदेखि अलपत्र

खबरडबली संवाददाता

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको आयोजना’अन्तर्गत पर्वतको जलजलामा निर्माणाधीन सडक छ वर्षदेखि अलपत्र बनेपछि वैकिल्पक मार्ग बनाउन थालिएको छ । जलजला गाउँपालिका–७ मिलनचोकबाट सल्यान–घायखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजना छ वर्षदेखि अलपत्र बनेको हो ।

ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडक अलपत्र बनेपछि स्थानीयले वैकिल्पक मार्ग खोल्न थालेका हुन् । उक्त खण्डअन्तर्गत मिलनचोकबाट सल्यानसम्मको तीन दशमलव ५०० मिटर गत वर्ष कालोपत्र भए पनि सोभन्दा माथिको सात दशमलव पाँच किलोमिटर सडक अलपत्र बनेको हो ।

धाइरिङ्गस्थित किराखोरमा बर्सेनि झर्ने पहिरोका कारण वर्षायाममा सडक पूर्णरूपमा क्षति हुने गरेकाले वैकिल्पक मार्ग निर्माण गर्न थालिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार पहिरो नपर्ने र बस्तीसमेत सुरक्षित हुने दिशातर्फबाट वैकिल्पक मार्ग खोलिएको छ । वैकल्पिक मार्गका रूपमा सल्यानबाट घायखेतसम्मको ट्राक परिवर्तन गर्न थालिएको अध्यक्ष आचार्यले बताए । ठेकेदारले समयमा काम नगर्दा किराखोर पहिरोमा बर्सेनि समस्या बढेपछि वैकल्पिक मार्ग खोली हाल स्तरोन्नतिको काम भइरहेको उनले जानकारी दिए ।

दुई किमी लामो सडकको नयाँ मार्ग जलजला गाउँपालिकाले आफ्नै लगानीमा खोलेको हो । सोही सडकमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेटले स्तरोन्नति सुरु गरिएको आचार्यले बताए । टेवा पर्खाल लगाउने, ग्याबियन जाली भर्ने, घुम्ती सुधारलगायत काम भइरहेका जनाउँदै उनले स्तरोन्नति सम्पन्न भएपछि बाह्रै महिना यातायातको सुविधा पुग्ने उल्लेख गरे ।

आवागमन अत्यन्तै कठिन रहेको उक्त सडकको भौगोलिक अवस्था सुधार र स्तरोन्नतिका लागि रु १० करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिएको उनले बताए । यो दुई किमी सडकले सल्यानबाट घायखेत जोड्ने छ भने किराखोरको पहिरोतर्फको सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीय हेमनाथ आचार्यले बताए ।

उनका अनुसार सडक अलपत्र पर्दा धाइरिङ्गका एक हजारभन्दा बढी परिवारले समस्या भोग्दै आएका छन् । तरकारीको पकेट क्षेत्र मानिएको धाइरिङ्गमा उत्पादित वस्तु निकासी तथा भुमे ठाकुर र जलजला जानेआउने पर्यटक तथा भक्तजनलाई समस्या पर्दै आएको उनले बताए ।

विसं २०७८ मङ्सिर ५ गते निर्माण सम्पन्न गर्नेगरी विसं २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्नेगरी ठेक्का सम्झौता भएको थियो । सडक निर्माणको जिम्मा पाएको हिमदुङ एण्ड थोकर निर्माण सेवाले विभिन्न बाहना बनाउँदै समयमा काम नगर्दा आयोजना अलपत्र बनेको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए । उनका अनुसार सडकको हालसम्म ६४ प्रतिशत मात्रै प्रगति भएको छ ।

सडक सम्पन्न गर्न पटकपटक निर्माण व्यावसायीलाई म्याद थप गरे पनि विभिन्न बाहना बनाउँदै ढिलासुस्ती गरिरहेको प्रमुख अर्यालले बताए । उनका अनुसार कार्यालयले पटकपटक कालोसूचिमा राखेर काम सम्पन्न गर्न ताकेता गरेपनि अटेर गर्दै आएको छ । सडक निर्माणलाई सम्पन्न नगरी अलपत्र पारेर छाडिएकाले बस्ती क्षेत्रमा पहिरोको जोखिम बढेको स्थानीय पूर्ण परियारले बताए । उनका अनुसार निर्माणले निरन्तरता नपाउँदा बनाइएका संरचना पनि भत्किएर जीर्ण बनेका छन् । 

यसैबिच गण्डकी प्रदेशसभाका सांसद भक्त कुँवरले उक्त सडकको अनुगमन गर्दै गौरवको आयोजना समयमा सम्पन्न हुन नसकेपछि स्थानीय पालिकाले खोलेको वैकल्पिक मार्गलाई अघि बढाउन आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् । आगामी आर्थिक वर्षको बजेटमा उक्त मार्गलाई पूर्णता दिनेगरी बजेट व्यवस्थापन गरिने उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending