Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

अन्नपूर्ण आरोहणको हीरक महोत्सव आयाेजना हुने

गुमनाम पहिचान स्थापित गराइने

खबरडबली संवाददाता

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) मा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा यहाँ हीरक महोत्सव आयोजना हुने भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १६ देखि २१ गते ‘अन्नपूर्ण हीरक महोत्सव’ हुने भएको हो । आधार शिविरबाट सुरु हुने म्याराथन प्रतियोगिताको उद्घाटनसँगै मूल समारोह आयोजना हुने गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

उनका अनुसार आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिनुका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग उद्घाटनसमेत हुनेछ । अन्नपूर्ण हिमाल आरोहण नेपालको पर्वतारोहण इतिहासमा ऐतिहासिक दिनका रूपमा परिचित छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पा गरी चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए ।

पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गर्न प्रयोग भएको आधार शिविर र पदमार्ग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्दछ । आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यही जेठ १६ देखि २१ गतेसम्म अन्नपूर्ण हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिइन् । उनका अनुसार गाउँपालिकाको नेतृत्वमा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान), अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा महोत्सव हुनेछ ।

हीरक महोत्सवमा प्रथम आरोही फ्रान्सेली नागरिक हर्जोगका छोरो माथिएस हर्जोगसहित फ्रान्सेली आरोही, विभिन्न देशका राजदूतलगायतले सहभागिता जनाउने उपाध्यक्ष पुनले बताइन् । 
माथिएस हर्जोग गत कार्तिकमा ७५ वर्ष अघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्किएका थिए । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र नारच्याङमा विविध कार्यक्रमसहित मनाउन लागिएको हीरक महोत्सव व्यवस्थापनका लागि वडा नम्बर ४ को वडा कार्यालय, सिर्जनशील आमा समूह, जनजागरण युवा क्लब, अन्नपूर्ण युवा क्लबलाई जिम्मेवारी दिइएको छ ।

आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेको कारण अन्नपूर्णलाई जेठो हिमाल पनि भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका हर्जोग र लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । “अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवस पहिलो पटक सम्बन्धित भूगोलमा मनाउन लागिएको हो । यसअघि अन्नपूर्ण आरोहण दिनको अवसरमा सरकारी निकायबाट पोखरा र काठमाडौँमा समारोह आयोजना हुँदै आएको थियो”, उपाध्यक्ष पुनले भनिन् । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तह बनेपछि अन्नपूर्ण गाउँपालिकाले उक्त आधार शिविर र आरोहण पदमार्गको प्रचारप्रसार, पूर्वाधार निर्माण, सरकारी अभिलेख राख्नेलगायत काम गर्दै आएको छ ।

हीरक महोत्सवका मुख्य आकर्षण

अन्नपूर्ण हीरक जयन्तीको अवसरमा ३० किलोमिटर दूरीको म्याराथन दौड प्रतियोगिता हुने भएको छ । आधार शिविरबाट नारच्याङ गाउँसम्मको म्याराथन प्रतियोगितामा करिब ६० जनाले सहभागिता जनाउने भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाका आठ वटै वडाबाट पाँच/पाँच, जिल्लाका अन्य पाँच स्थानीय तहबाट दुई/दुई जना र नारच्याङ क्षेत्रबाट थप युवाहरूले म्याराथनमा भाग लिने दौड प्रतियोगिता उपसमितिका सदस्य चित्र तिलिजाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्रदान गरिनेछ । 

उक्त अवसरमा आधार शिविरमा शिलाखेलमा आरोहीहरूको अभिलेख राख्ने तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्यटन विकास समितिका सदस्य एवं अन्नपूर्ण प्रथम आधार शिविर पदमार्गका अभियन्ता तेज गुरुङले बताए । 

नारच्याङमा हुने मूल समारोहमा अन्नपूर्ण गाउँपालिकाका आठ वटै वडाको सहभागितामा पुर्ख्यौली नृत्य तथा झाँकी प्रदर्शनी, खुला नृत्य प्रस्तुतिसँगै अन्नपूर्ण हिमालका विदेशी तथा नेपाली आरोही, हिमालको प्रचारप्रसारमा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरणलगायत कार्यक्रमलाई समावेश गरिएको आयोजकले जनाएको छ ।

हीरक महोत्सवको अवसरमा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उहाँका परिवारबाट ग्रहण गरी नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण गर्ने र हर्गोजले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’ को विमोचन गर्ने कार्यक्रम समेत तय भएको गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिए ।

गुमनाम पहिचान स्थापित गराइने

म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा अवस्थित अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र मुख्य आधार शिविर म्याग्दीको अन्नपूर्ण–४ नारच्याङको भूगोलमा परे पनि म्याग्दीले अहिलेसम्म अन्नपूर्ण प्रथमको पहिचान र आरोहण रोयल्टीमा सङ्घर्ष गरिरहनुपरेको गाउँपालिकाका अध्यक्ष पुनले उल्लेख गरे । 

अन्नपूर्ण आरोहणका लागि प्रयोग हुने आधार शिविर म्याग्दीको भूगोलमा पर्ने भएपनि यो क्षेत्र ओझेलमा परेकाले पालिकाले अभियानका रूपमा पूर्वाधार निर्माण गरिरहेको भन्दै यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनका लागि हीरक महोत्सव आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । नेपालमा हिमाल आरोहणको इतिहास बोकेको मौरिस हर्जोग पदमार्गको पहिचान र प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धनका लागि महोत्सवले रचनात्मक भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । 

अनुपम पर्यटकीय सौन्दर्य

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग अनुपम पर्यटकीय सौन्दर्यले भरिपूर्ण छ । आधार शिविरमा रहेको मनमोहक पञ्चकुण्ड ताल र फुतफुते झरना पर्यटकहरूको आकर्षण बन्ने गरेका छन् । प्राकृतिक सौन्दर्य र जैविक विविधतायुक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन् । 

हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरिएको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको नेतृत्वमा यस पदमार्ग पहिचान गरिएको थियो । 

पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, तिया पसल (टिसप), होटललगायत पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि अहिले पो पदमार्गको पहिचान स्थापित भएको छ । दुई दिनको यात्रामा पुग्न सकिने यस पदमार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किमी दूरीमा सडक तथा यातायातको पहुँच विस्तार भएको छ भने हुमखोलाबाट १६ किमी दूरीमा पदमार्ग निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिए । 

हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सहज पदमार्ग बनेपछि अहिले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । 

पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न अभियान सार्थक बन्दै गएको गाउँपालिका कार्यालयले जनाएको छ  ।  रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE