काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक प्रहार गरेकी छन्।
बुधबार बसेको समितिको बैठकमा सभापति किरणकुमार साह र समिति सदस्य कल्पना मियाँ कुसारीबीच नोकझोक चलेको हो ।
सभापति साहका अनुसार सांसद कुसारी ढिलोगरी बैठकमा आएकी थिइन्। बैठकमा पुगेलगत्तै कुसारी बोल्न खोजेपछि सभापति साहले अनुमति लिएर बोल्न भने । लगत्तै, उनीहरूबीच केहीबेर नोकझोक चल्यो ।
सभापतिको जवाफले सांसद कुसारी रिसाइन् । उनले अरु सांसद बसेको ठाउँतिर माइक फालिन् ।
सांसद कुसारीले आफ्नो नेमप्लेटले पनि हानेकी थिइन्। तर, माइक र नेमप्लेट सभापति साहसम्म पुगेन। 'उहाँले मलाई नै प्रहार गर्नुभएको हो। तर, म भएतिर आएन, सांसदहरू भएतिर गयो,' सभापति साहले भनेका छन्।
सांसद कुसारी पनि आफूले माइक प्रहार गरेको स्वीकार्छिन्। 'हानेकै हुँ तर, लागेन,' उनले भनिन्। उनले समितिमा अब सभापति साह र आफूमध्ये एक जना नरहने बताइन्।
‘भनाभान भएको हो । सभापति अभिभावक हो । उहाँ रिसाउनुभयो । म पनि रिसाह मान्छे हुँ । रिसको बदला रिस नै लिएको हुँ,’ कुसारीले भनिन् ।
हिजो नै उनले आफू बैठकमा ढिला आउने जानकारी सभापति साहलाई गराएको पनि उनले बताइन् । ‘बिहानै बैठक राख्नुपर्ने आपतकालीन विषय थिएन । ७ बजे बैठक राखेर संसदको कर्मचारीलाई दु:ख दिएको छ । हामी महिला छोराछोरी स्कुल पठाएर घरको काम गरेर आउनुपर्छ,’ उनले भनिन्, ‘१०–११ बजे बैठक राखेको भए पनि हुने हो । बिहान राति बैठक राख्नुपर्ने थिएन ।’
आफूले अनुगमनको नाममा भएको अनियमितताबारे बारम्बार प्रश्न गरेकाले सभापति रिसाएको उनले बताइन् ।
‘अनुगमनको नाममा भएको अनियमिताबारे मैले पहिलेदेखि नै बोल्दै आएको छु । खर्च पारदर्शी हुनुपर्छ भन्दा सभापतिले बोल्न रोक लागाउन खोज्नु भएको हो,’ उनले भनिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: