Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

कम्युनिष्ट एकता र विघटनको आत्मसमीक्षा जरूरी छ: प्रचण्ड

संघीयता र प्रदेश सरकारको प्रभावकारितामाथि प्रश्न

खबरडबली संवाददाता

जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आलोचना र सुझावलाई गम्भीरतापूर्वक ग्रहण गर्दै पार्टीलाई आत्मसमीक्षा गरेर अघि बढाइरहेको बताएका छन् ।

अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान अन्तर्गत जाजरकोटको भेरी नगरपालिकामा आयोजित अन्तरसंवाद कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, पत्रकार, नागरिक समाज र स्थानीय सरोकारवालासँग विचार आदानप्रदान गरिएको हो ।

कार्यक्रममा सहभागी वक्ताहरूले भेरी करिडोर, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–रारा लोकमार्गजस्ता पूर्वाधार परियोजनाहरूमा केही प्रगति भए पनि नलगाड जलविद्युत् आयोजना अझै अघि नबढेकोप्रति गुनासो व्यक्त गरे । उनीहरूले यस आयोजना तत्काल प्राथमिकतामा राख्नुपर्ने माग पनि गरे ।

संघीयता र प्रदेश सरकारको प्रभावकारितामाथि प्रश्न

वक्ताहरूले प्रदेश सरकार कमजोर देखिएको र संघीयताको प्रभावकारी कार्यान्वयन नभएकोप्रति चिन्ता व्यक्त गर्दै अधिकार प्रत्यायोजन र संविधानको मर्मअनुसार राज्य सञ्चालन हुनुपर्नेमा जोड दिए ।

जनगुनासो र सुझावहरू सुनेपछि अध्यक्ष प्रचण्डले जनताको भावना र चिन्तालाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए । “तपाईंहरूले उठाएका प्रश्न र सुझावहरू महत्वपूर्ण छन्,” उनले भने, “हामी उपदेश दिने शैलीमा होइन, जनताको सुझाव सुन्ने शैलीमा अघि बढिरहेका छौं ।”

पूर्व प्रधानमन्त्रीको हैसियतले प्रचण्डले भूकम्पको समयमा जाजरकोटमा तत्काल राहत तथा उद्धारको काम सुरु गराएको स्मरण गर्दै पुनःस्थापनाका कामहरूमा अहिले पनि गति दिनुपर्ने आवश्यकता औँल्याए । 

कम्युनिष्ट एकता र विघटनको गहिरो मूल्यांकन र आत्मसमीक्षा जरूरी

कम्युनिष्ट एकताको प्रसङ्ग उठ्दै गर्दा अध्यक्ष प्रचण्डले आफू नै उक्त एकताको प्रस्तावक रहेको र त्यसको परिणामस्वरूप केपी शर्मा ओली प्रधानमन्त्री बनेको स्मरण गराए । “तर त्यो एकता किन टुट्यो ? यसको डाइग्नोसिस नगरी उपचार सम्भव छैन,” उनले भने, “हामीले इमानदारीपूर्वक मूल्याङ्कन गर्नुपर्छ, आत्मसमीक्षा गर्नुपर्छ ।”

संविधान कार्यान्वयनका विधेयकमा ढिलाइप्रति चिन्ता

संविधान कार्यान्वयनका लागि आफू प्रधानमन्त्री हुँदा कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयक, उच्च शिक्षा सुधार विधेयकजस्ता कानुनी तयारी गरिएको उल्लेख गर्दै प्रचण्डले ती विधेयकलाई अब अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । 

जनता र वर्गसँग पुनः सम्बन्ध जोड्ने प्रयास

कार्यक्रमको समापनमा अध्यक्ष प्रचण्डले यो अभियान पार्टीको आत्मसमीक्षा र जनता तथा वर्गसँग पुनः सम्बन्ध जोड्ने ऐतिहासिक प्रयास भएको बताए । “अब हामी रुकुमतर्फ अघि बढ्दैछौं,” उनले भने, “यो यात्राले हाम्रो राजनीतिक मूल्य, जिम्मेवारी र जनताप्रतिको प्रतिबद्धता बलियो बनाउने विश्वास लिएको छु ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending