काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित चर्चित ‘शान्दार म:म’ पसलमा म:मभित्र कपाल भेटिएको घटना सार्वजनिक भएको छ।
सो घटनाबारे नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनुप अधिकारीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका हुन्। उनले पसलबाट म:म अर्डर गर्दा म:मभित्र कपाल भेटिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। फेसबुकमा उनले लेखेका छन् स्
'धन्यवाद शान्दार म:म दरबारमार्ग, म:म सहित मिठो अचार र कपाल दिनुभएकोमा। यति जनस्वास्थ्यप्रति उत्तरदायी हुनुभएकोमा धन्यवाद दिँदै गुणस्तर नियामक निकायको ध्यान आकर्षण गराउन चाहन्छु।'
उक्त पोस्टसँगै उनले म:मको तस्वीर समेत पोष्ट गरेका छन् जसमा स्पष्ट रूपमा कपाल देखिएको छ। यो घटनापछि सामाजिक सञ्जालमा उपभोक्ताहरूले खाद्य सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएका छन्। धेरैले यस्तो प्रतिष्ठित स्थानमा यस्तो लापरवाही हुनु लाजमर्दो भएको टिप्पणी गरेका छन्।
जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता घटनाको अनुगमन गर्न सम्बन्धित सरकारी निकाय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्ता हित संरक्षण मञ्चले तत्काल ध्यान दिनुपर्ने माग गरिएको छ। यस विषयमा शान्दार म:मको व्यवस्थापन पक्षको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: