तुलसीपुर। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सहिद नेत्रलाल अभागीलाई साक्षी राखेर पार्टीलाई जनजागरण अभियानमा जोड्नुपर्ने बताएको छन्। एमाले जिल्ला कमिटी दाङले आयोजना गरेको नेत्रलाल अभागी पौडेलको ४१ औँ स्मृति कार्यक्रमलाई तुलसीपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले पश्चिम नेपालको कम्युनिस्ट आन्दोलनलाई विस्तार गर्नका लागि अभागीको महत्त्वपूर्ण योगदान रहेको बताए।
महासचिव पोखरेलले भने, ‘एमालेलाई फेरि जनतामाझ लैजानका लागि, नेत्रलाल अभागीकै, विचारबाट डोर्याउने बेला आएको छ।’ अभागीको आधारभूत वर्ग प्रेमबाट अहिलेका नेता र कार्यकर्ताले प्रेरणा लिनुपर्ने उनको भनाइ छ।
एमाले दाङ जिल्ला कमिटी अध्यक्ष शिवकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न स्मृति कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो समय सामाजिक सञ्जालबाटै धारणा बनाउने र पठन संस्कृतिको कमी भइरहेको बेला अभागीको जीवनीबाट अध्ययन संस्कृतिलाई समेत बढावा दिनुपर्नेमा जोड दिए।
महासचिव पोखरेलले युवालाई स्वदेशमै रम्न सक्ने र उत्पादनशील क्षेत्रमा क्रियाशील बनाउनका लागि सरकारले नयाँ कार्यक्रम ल्याएको बताए। उनले युवा उद्यमशीलताका माध्यमबाट बढ्दो बेरोजगारी समस्याको समाधान गरिने बताए।
सहिद नेत्रलाल अभागी साहित्यकार, शिक्षकका रुपमा समेत परिचित थिए। उनकै नामबाट जिल्लामा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा नेत्रलाल प्रावि, घोराही उपमहानगरपालिकामा नेत्रलाल रङ्शाला र सल्यानमा नेत्रलाल बहुप्राविधिक शिक्षालय स्थापना गरिएको छ। कार्यक्रमलाई एमालेका पोलिट्ब्यूरो सदस्य नरुलाल चौधरी, शान्ता चौधरीले मन्तव्य राखेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - १७:२०
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको बढ्दो सहभागितालाई उत्साहजनक बताएका छन्। उनले एकातर्फ युवाको भूमिकालाई सक...
चैत्र ३० गते, २०८२ - १६:५८
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नरा...
चैत्र ३० गते, २०८२ - १६:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि निम्तो आएको बताएका छन्। सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्...
चैत्र ३० गते, २०८२ - १६:३४
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गतेका लागि बोलाएको छ। अनुशासन समितिका सचिव दिनेश...
चैत्र ३० गते, २०८२ - १५:५०
काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर।के। कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्की...
चैत्र ३० गते, २०८२ - १५:४५
काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। वर्षौंदेखि भाडा नतिर्ने ५६ वटा सटल...
चैत्र ३० गते, २०८२ - १५:३१
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूसँग छलफल गरेका छन्। छलफल सिंहदरबारस्थित ...
चैत्र ३० गते, २०८२ - १५:१७
जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका स्थानीय कार्यकर्ताले प्...
चैत्र ३० गते, २०८२ - १५:०२
काठमाडौं । सुधन गुरुङले सम्पत्ति विवरणसम्बन्धी सामाजिक सञ्जालमा गरेको टिप्पणी पछि हटाएका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको ...
चैत्र ३० गते, २०८२ - १४:५३
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरूले अर्थमन्त्रीलाई बोलाएर आगामी बजेट तथा आर्थिक नीतिबारे छलफल गर्नुप...


प्रतिकृया लेख्नुहोस्: