तुलसीपुर। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सहिद नेत्रलाल अभागीलाई साक्षी राखेर पार्टीलाई जनजागरण अभियानमा जोड्नुपर्ने बताएको छन्। एमाले जिल्ला कमिटी दाङले आयोजना गरेको नेत्रलाल अभागी पौडेलको ४१ औँ स्मृति कार्यक्रमलाई तुलसीपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले पश्चिम नेपालको कम्युनिस्ट आन्दोलनलाई विस्तार गर्नका लागि अभागीको महत्त्वपूर्ण योगदान रहेको बताए।
महासचिव पोखरेलले भने, ‘एमालेलाई फेरि जनतामाझ लैजानका लागि, नेत्रलाल अभागीकै, विचारबाट डोर्याउने बेला आएको छ।’ अभागीको आधारभूत वर्ग प्रेमबाट अहिलेका नेता र कार्यकर्ताले प्रेरणा लिनुपर्ने उनको भनाइ छ।
एमाले दाङ जिल्ला कमिटी अध्यक्ष शिवकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न स्मृति कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो समय सामाजिक सञ्जालबाटै धारणा बनाउने र पठन संस्कृतिको कमी भइरहेको बेला अभागीको जीवनीबाट अध्ययन संस्कृतिलाई समेत बढावा दिनुपर्नेमा जोड दिए।
महासचिव पोखरेलले युवालाई स्वदेशमै रम्न सक्ने र उत्पादनशील क्षेत्रमा क्रियाशील बनाउनका लागि सरकारले नयाँ कार्यक्रम ल्याएको बताए। उनले युवा उद्यमशीलताका माध्यमबाट बढ्दो बेरोजगारी समस्याको समाधान गरिने बताए।
सहिद नेत्रलाल अभागी साहित्यकार, शिक्षकका रुपमा समेत परिचित थिए। उनकै नामबाट जिल्लामा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा नेत्रलाल प्रावि, घोराही उपमहानगरपालिकामा नेत्रलाल रङ्शाला र सल्यानमा नेत्रलाल बहुप्राविधिक शिक्षालय स्थापना गरिएको छ। कार्यक्रमलाई एमालेका पोलिट्ब्यूरो सदस्य नरुलाल चौधरी, शान्ता चौधरीले मन्तव्य राखेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - १७:३७
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उनको हत्या गरिएको तथ्य खुलेको प्रहर...
माघ १५ गते, २०८२ - १७:२७
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरु...
माघ १५ गते, २०८२ - १७:२२
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको आरोप अस्वीकार गरेका छन्। बालबालिका प्रयोग ग...
माघ १५ गते, २०८२ - १४:२३
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को ‘ग्रे लिस्ट’ बाट ज...
माघ १५ गते, २०८२ - १४:११
जकार्ता । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीले बुधबार जनाएका छन् । भारी वर्षाक...
माघ १५ गते, २०८२ - १३:५२
बारा । बुधबार बिहान धारिलो हतियार प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको छ। आक्रमणमा ५० वर्षीय श्...
माघ १५ गते, २०८२ - १३:३४
मुम्बई। भारतका स्वास्थ्य अधिकारीले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् ...
माघ १५ गते, २०८२ - १३:१६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले नेकपा विप्लवसँग पार्टी एकता पूरा नभएको बताएका छन्। उनले बताए अनुसार जेनजी ...
माघ १५ गते, २०८२ - १३:०८
मुस्ताङ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ । गए रातिद...
माघ १५ गते, २०८२ - १२:५५
काठमाडौँ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०का केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल नेपाली कांग्रेस–संगठित नेकपा ९प्रचण्ड०मा प्रवेश गरेका ...




प्रतिकृया लेख्नुहोस्: