बर्दिया । बर्दिया, कैलाली कञ्चनपुर, दाङ, बाँके, कपिलवस्तु र रुपन्देहीमा जटिल बन्दै गइरहेको सिकलसेल एनिमियाको उपचार गर्न लुम्बिनि प्रदेशमानै पहिलो पटक निर्माण गरिएको १५ शय्याको सिकलसेल एनिमिया अस्पताल बजेट अभावका कारण सञ्चालनमा आउन सकेको छैन ।
२०७६ सालमा तत्कालिन नगर प्रमुख दुर्गाबहादुर थारुको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् काठमाडौँले २० हजार जनामा स्किृनिङ गर्दा एक प्रतिशत रोगी, ११ प्रतिशत बाहक र १२ प्रतिशत सिकलसेल एनिमियाका बिरामी देखिएपछि बारबर्दिया नगरपालिकाले निर्माण सुरु गरेको सिकलसेल एनिमिया अस्पताल बजेट अभाव भएका कारण सञ्चालनमा आउन नसकेको हो ।
पूर्वाधार निर्माणका लागि नगरपालिकाले भवन तयार गरेको भए पनि भवनमा आवश्यक पर्ने जनशक्ति र उपकरणको अभवमा अस्पताल सञ्चालन हुन सकेको छैन । बर्दियालगायत विभिन्न तराईका जिल्लाहरुमा सिकलसेल ऐनिमिया फैलदै जाँदा बिरामीका लागि सहज उपचारका प्रदान गर्न निर्माण गरिएको अस्पताल बजेट अभावले सञ्चालन गर्न नसकिएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले बताए। अहिले पनि सिकलसेल एनिमियाका बिरामीहरुलाई छुट्टै अस्पताल नहुँदा नगर अस्पताल वा सदरमुकाम गुलरिया पुगेर सेवा लिनुपर्ने बाध्यता रहेको छ ।
भवन निर्माण भए पनि त्यसमा आवश्यक जनशक्ति र उपकरणका लागि ठुलो धनराशि खर्च हुने भएपछि बारबर्दिया नगरपालिकाबाट प्रदेश सरकार र सङ्घीय सरकारमा आवश्यक सहयोग गर्न अनुरोध गरिएको बारबर्दिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टिकानाथ गोसाईले बताए । परिवारमा आमा बुवालाई सिकलसेल देखिए छोराछारीलाई पनि त्यसको असर देखिने भएकाले पनि सिकलसेल एनिमिया जटिल बन्दै गएको छ । बर्दिया अस्पतालमा सिकलसेल एनिमिया परीक्षणका लागि आउने बिरामि मध्यमा १७ प्रतिशत सम्म मानिसहरुमा सिकलसेल एनिमिया देखिने गरेको बर्दिया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा।सुवास पाण्डेले बताए। पश्चिमि थारु समुदायमा सिकलसेल एनिमियाको प्रभाव बढी रहेको पाण्डेले बताए ।
सिकलसेल एनिमियाको छुट्टै अस्पताल नुहँदा बर्दिया जिल्ला अस्पतालबाट हाल एक सय ५० बिरामीले सेवा लिइरहेको देखिन्छ । सिकलसेल एनिमिया अनुवंशिक रक्तअल्पता हो । सिकलसेल एनिमिया भएमा शरिरले असामान्य प्रकारको हेमोग्लोबिन बनाउछ । यो हेमोग्लोबिनका कारण रातोरक्त कोषिकाहरु सामान्य गोलो आकारको सट्टा हसिया वा चन्द्रमा जस्तो आकारमा परिणत हुने भएकाले ति कोषिकाहरु सजिलै अड्किने र रगतको बहाव रोकिदिने हुँदा त्यसपछि शरिरमा एक प्रकारको दुखाई, अङ्गमा क्षति, सङ्क्रमणको खतारा र अन्य स्वास्थ्य समस्या आउन सक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: