बर्दिया । बर्दिया, कैलाली कञ्चनपुर, दाङ, बाँके, कपिलवस्तु र रुपन्देहीमा जटिल बन्दै गइरहेको सिकलसेल एनिमियाको उपचार गर्न लुम्बिनि प्रदेशमानै पहिलो पटक निर्माण गरिएको १५ शय्याको सिकलसेल एनिमिया अस्पताल बजेट अभावका कारण सञ्चालनमा आउन सकेको छैन ।
२०७६ सालमा तत्कालिन नगर प्रमुख दुर्गाबहादुर थारुको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् काठमाडौँले २० हजार जनामा स्किृनिङ गर्दा एक प्रतिशत रोगी, ११ प्रतिशत बाहक र १२ प्रतिशत सिकलसेल एनिमियाका बिरामी देखिएपछि बारबर्दिया नगरपालिकाले निर्माण सुरु गरेको सिकलसेल एनिमिया अस्पताल बजेट अभाव भएका कारण सञ्चालनमा आउन नसकेको हो ।
पूर्वाधार निर्माणका लागि नगरपालिकाले भवन तयार गरेको भए पनि भवनमा आवश्यक पर्ने जनशक्ति र उपकरणको अभवमा अस्पताल सञ्चालन हुन सकेको छैन । बर्दियालगायत विभिन्न तराईका जिल्लाहरुमा सिकलसेल ऐनिमिया फैलदै जाँदा बिरामीका लागि सहज उपचारका प्रदान गर्न निर्माण गरिएको अस्पताल बजेट अभावले सञ्चालन गर्न नसकिएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले बताए। अहिले पनि सिकलसेल एनिमियाका बिरामीहरुलाई छुट्टै अस्पताल नहुँदा नगर अस्पताल वा सदरमुकाम गुलरिया पुगेर सेवा लिनुपर्ने बाध्यता रहेको छ ।
भवन निर्माण भए पनि त्यसमा आवश्यक जनशक्ति र उपकरणका लागि ठुलो धनराशि खर्च हुने भएपछि बारबर्दिया नगरपालिकाबाट प्रदेश सरकार र सङ्घीय सरकारमा आवश्यक सहयोग गर्न अनुरोध गरिएको बारबर्दिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टिकानाथ गोसाईले बताए । परिवारमा आमा बुवालाई सिकलसेल देखिए छोराछारीलाई पनि त्यसको असर देखिने भएकाले पनि सिकलसेल एनिमिया जटिल बन्दै गएको छ । बर्दिया अस्पतालमा सिकलसेल एनिमिया परीक्षणका लागि आउने बिरामि मध्यमा १७ प्रतिशत सम्म मानिसहरुमा सिकलसेल एनिमिया देखिने गरेको बर्दिया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा।सुवास पाण्डेले बताए। पश्चिमि थारु समुदायमा सिकलसेल एनिमियाको प्रभाव बढी रहेको पाण्डेले बताए ।
सिकलसेल एनिमियाको छुट्टै अस्पताल नुहँदा बर्दिया जिल्ला अस्पतालबाट हाल एक सय ५० बिरामीले सेवा लिइरहेको देखिन्छ । सिकलसेल एनिमिया अनुवंशिक रक्तअल्पता हो । सिकलसेल एनिमिया भएमा शरिरले असामान्य प्रकारको हेमोग्लोबिन बनाउछ । यो हेमोग्लोबिनका कारण रातोरक्त कोषिकाहरु सामान्य गोलो आकारको सट्टा हसिया वा चन्द्रमा जस्तो आकारमा परिणत हुने भएकाले ति कोषिकाहरु सजिलै अड्किने र रगतको बहाव रोकिदिने हुँदा त्यसपछि शरिरमा एक प्रकारको दुखाई, अङ्गमा क्षति, सङ्क्रमणको खतारा र अन्य स्वास्थ्य समस्या आउन सक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: