Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

दार्चुलामा चट्याङ लागेर दुई जना घाइते, गाई र खसी मरे

खबरडबली संवाददाता

दार्चुला। दार्चुलामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । सोमबार बेलुकी घरमै चट्याङ लागेर महाकाली नगरपालिका–६ निसिलका अठार वर्षीय जनकसिंह धामी र सोही ठाउँ बस्ने छ वर्षीय दिवान्स धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

निसिलका पदमसिंह धामीको घरको पर्खालमा चट्याङ परेर उनीहरू घाइते भएको प्रहरी चौकी धापका प्रहरी सहायक निरीक्षक दीपेन्द्रसिंह साउँदले जानकारी दिए। घाइते दुवै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

चट्याङ लागेर  घरको गोठमा रहेको एक गाई र एक खसीको मृत्यु भएको बताइएको छ । यस्तै हावाहुरीका कारण जिल्ला सदरमुकाम खलङ्गा बङ्गाबगर स्थित लास्कु बस्ने कल्याणसिंह कुँवरको घरमा रुख खस्दा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिका–५ ठुलिसैन स्थित हावाहुरीको कारण बिजुलीको पोल र सल्लाका रुख ढलेका छन् । 

प्रहरी चौकी रातामाटाका अनुसार लेकम गाउँपालिका–४ खरकडा स्थित गल्ला केदार माध्यमिक विद्यालयका तिन वटा र लेकम गाउँपालिकाका तिन वटा सोलर प्यानल हावाहुरीले उडाएर क्षति गरेको छ । इलाका प्रहरी कार्यालय लालीका अनुसार हावाहुरीले लेकम गाउँपालिका–३ मकन्नाका वासुदेव जोशीको दुई कोठे घरको छाना उडाएको छ । यसैबिच  हावाहुरीकै कारण बिजुलीका पोलहरू ढलेपछि जिल्ला सदरमुकाम खलङ्गा लगायतका स्थानहरूमा विद्युत् आपूर्ति बन्द भएको छ । 

गोकुलेश्वर, ठुलीसैनी, पासादेउ, गोठिउडी, सिलचोकमा दुई पोल तथा तारमा क्षति हुँदा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । लेकम गाउँपालिकाको लाली स्थित खिम्तडमा पाच पोल, रातामाटामा दुई पोल, जौलजिबीको नेपाल टेलिकम र डाडाकोट जाने लाइनमा पाच पोलमा क्षति भएको छ ।

सोमबार बेलुकी आएको हावाहुरी असिना पानीले विभिन्न स्थानहरूमा रूख ढलेर विद्युत् लाइनमा परी एघार केभि, तेत्तिस केभि र एलटि लाईनको विद्युत् संरचनामा क्षति भएको केन्द्रले जनाएको छ । अवरुद्ध विद्युत् लाईन मर्मत कार्य गरी छिटो विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ । दार्चुला वितरण केन्द्रले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending