Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

चीनसँग डेनमार्कको ‘खुला’ छलफल

खबरडबली संवाददाता

बेइजिङ । डेनमार्कका विदेशमन्त्रीले रुसलाई बेइजिङको समर्थन र युक्रेनमा जारी युद्धका बारेमा चिनियाँ समकक्षीसँग ‘स्पष्ट कुराकानी’ भएको बताएका छन् ।

विदेशमन्त्री लार्स लोक्के रासमुसेनले भनेका छन्, मैले आफ्ना चिनियाँ सहकक्षीसँग युक्रेनमा रुसको आक्रामक युद्धमा विश्व समुदायले समस्याग्रस्त बताएको चीनको समर्थनलाई रोक्ने बारेमा स्पष्ट कुराकानी गरेको छु । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा चीनको युद्ध रोक्ने ‘विशेष जिम्मेवारी’ रहेको उल्लेख गर्दै उनले मस्कोमा आफ्नो प्रभाव प्रयोग गर्नुको सट्टा युद्ध रोक्न बेइजिङलाई आग्रह गरेको बताए । 

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेको डेनिस स्वायत्त क्षेत्र ग्रीनल्याण्डका बारेमा पनि छलफल भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाको कारण देखाउँदै ग्रीनल्याण्डको नियन्त्रण आवश्यक रहेको बताउँदै यसको सुरक्षाका लागि बल प्रयोग गर्नका लागि वासिङ्टनको प्रस्तावलाई अस्वीकार गरेपछि डेनमार्क र अमेरिकाबीच तनाव बढेको छ ।

“चीनले ग्रीनल्याण्डको विषयमा डेनमार्कको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको पूर्ण सम्मान गर्दछ,” वाङ यीले आफ्ना डेनिस समकक्षीसँग भेटका क्रममा बताए । 

डेनमार्कको विदेश मन्त्रालयले पनि लोक्केले ताइवानको जल क्षेत्रमा संयमता देखाउन चीन सरकारलाई अपिल गरेको र यथास्थितिमा एकतर्फी परिवर्तनबाट जोगिनुको महत्वमा जोड दिएको बताएको छ । दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठ मनाउन लोक्कले हालै चीनको भ्रमण गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending