जाजरकोट । नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग अभियान आज जाजरकोट पुगेको छ । हिजो दैलेख पुगेर जनसभा तथा जनसंवाद कार्यक्रम गरिएको थियो । विहान दैलेख बजारमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले मोर्निङवाकसँगै जनभेटघाटमा गरेका थिए ।
दिउँसो दैलेखबाट अभियान जाजरकोट प्रवेश गरेको थियो । जाजरकोटको सुयाडामा अभियान टोलीलाई भव्य स्वागत गरिएको थियो । अभियानकै क्रममा दिउँसो छेडागाड नगरपालिका मनाघाटमा आयोजित बृहत जनसभा जनसभालाई अध्यक्ष प्रचण्डसहितका नेताहरुले सम्बोधन गरिरहेका छन् ।
यो ठाउँमा माओवादीको आधार क्षेत्रको रुपमा लिइन्छ । जनयुद्धको क्रममा यो ठाउँबाट ३३४ शहिद भएका छन् ।
जेठ १ गते डडेल्धुराबाट सुरु भएकाे अभियान बैतडी, डोटी, अछाम, दैलेख हुँदै जाजरकाेट प्रवेश गरेकाे हाे । अब ६ गते पश्चिम रुकुमको चौरजहारीमा जनसभा, मुसिकोटमा जनसंवाद
कार्यक्रम रहेकाे छ । ७ गते पूर्व रुकुमकाे रुकुमकोटमा जनसंवाद, रोल्पाको थवाङमा जनसभा हुने छ । जेठ ८ गते गण्डीक प्रदेशकाे बागलुङमा जनसंवाद हुनेछ । जेठ ९ गते – पर्वतको कुश्मामा जनसंवाद र जेठ १० गते कास्कीकाे पोखरामा जनसभा हुनेछ ।
याे मध्यपहाडी लाेकमार्ग माओवादीकाे जनयुद्धकाे आधार क्षेत्र पनि हाे । यही क्षाेत्रमा अहिले माओवादी केन्द्रले यस अभियानलाई पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ गर्ने, आफ्नो सरकारले चालेका सकारात्मक काम जनतामाझ लैजाने, सरकारको गलत क्रियाकलापको भन्डाफोर गर्ने, राजावादीहरुको अन्दोलन एंव पश्चगमनविरुद्ध जनतामा जागरण ल्याउने अवसरका रूपमा लिएको जनाएको छ ।
साथै, पुष्पलाल लोकमार्ग आफ्नो पार्टीको योजना रहेको बताउँदै यसलाई देशको विकास, समृद्धि र राष्ट्रिय एकताको मेरुदण्डका रूपमा स्थापित गर्न एंव पहाडका जनतासँग सम्बन्ध सुधार गर्न अभियानले गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: