मुस्ताङ। मुस्ताङमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको तुलनामा सबैभन्दा धेरै अव्यवस्थित बसोबासी रहेको पाइएको छ । भूमि समस्या समाधान आयोग मुस्ताङले जिल्लाका पाँच वटै गाउँपालिकामा सम्पन्न गरेको पालिकास्तरीय अभिमुखीकरण तालिममा जिल्लामा हालसम्म गरेको प्रारम्भिक विवरणमा कुल १६ सय ५३ जनामा १४ सय ६८ घरधुरी अव्यवस्थित रहेको पाइएको हो ।
मुस्ताङमा नापी नभएका जग्गामा बस्ती, विभिन्न समस्याका कारण बस्ती छोडेर सार्वजनिक जग्गामा बसोबास,माथिल्लो क्षेत्रमा खानेपानीको अभावले बस्ती नै विस्थापित भएको कारण अब्यवस्थ्ति भूमिहीनको समस्या धेरै रहेको भूमि समस्या समाधान आयोग मुस्ताङका अध्यक्ष विदान पुर्जाले बताए ।
अध्यक्ष पुर्जा भन्छन्,‘‘भूमीसम्बन्धि समस्या समाधान निकै चुनौतीपूर्ण छ, हामीले पुन: लगत सङ्कलन गरी वास्तविक पीडितलाई प्रक्रिया अगाडी बढाउँछौ।’’मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र अन्तरगत पर्ने भएकाले भूमि ऐन संशोधन नगरी पीडितलाई लालपुर्जा वितरणमा समस्या हुने अध्यक्ष पुर्जाको भनाई छ। भूमि ऐनमा संरक्षित क्षेत्र भित्र बसोबास गर्ने सुकुम्वासी र भूमिहीनलाई लालपुर्जा वितरण गर्न नपाइने प्रावधान छ ।
भूमि समस्या समाधान आयोग मुस्ताङका अनुसार लोमान्थाङ गाउँपालिकामा भूमिहीन दलित १ जना, भूमिहीन सुकुम्वासी १४ जना र अव्यवस्थित बसोबासीको सङ्ख्या ३ सय ९८ जना, लोघेकर दामोदरकुण्ड गाउँपालिमा भूमिहीन दलित २ जना, भूमिहीन सुकुम्वासी ९ जना र अव्यवस्थित बसोबासीको १ सय ८६ जना, वारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा ११ जना, भूमिहीन सुकुम्वासी २४ जना र अव्यवस्थित बसोबासीको सङ्ख्या ४ सय ४० जना, घरपझोङ गाउँपालिका ३४ जना, भूमिहीन सुकुम्वासी १३ जना र अव्यवस्थित बसोबासीको सङ्ख्या २ सय १९ जना, थासाङ गाउँपालिकामा ३३ जना, भूमिहीन सुकुम्वासी ४४ जना र अव्यवस्थित बसोबासीको सङ्ख्या २ सय २५ जना रहेको छ ।
अभिमुखीकरणपछि अव्यवस्थित बसोबासी भनेका अर्को ठाउँमा घरजग्गा भएका समेत हुन सक्ने,नापी नभएर पनि सुकुम्वासीको लगतमा देखिएको हुनसक्ने भन्दै जिल्लामा विगतमा पालिकास्तरीय र वडा स्तरबाट भूमिहीन सुकुम्वासीहरूको अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन अद्यावधिक गर्न स्थानीय तहका जनप्रतिनिधिले समेत सहमति जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: