Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

कीर्ते कागजात बनाउने कारखानामा प्रहरीको छापा, फुटुङबाट ३ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंमा सक्रिय नक्कली प्रमाण पत्र तथा छाप बनाउने गिरोह पक्राउ परेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रमाण पत्र र छाप नक्कली बनाउने गिरोहलाई तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको हो।

बुधबार पक्राउ परेको गिरोहलाई बिहीबार पत्रकार सम्मेलन गरी कार्यालयले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ मसेल घर भई तारकेश्वर नगरपालिका–२ देवीचोक बस्ने ४६ वर्षीय अन्जनी बयलकोटी, मकवानपुर कैलाश गाउँपालिका–२ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने २३ वर्षीया अञ्जु खत्री र ओखलढुंगा चम्पादेवी गाउँपालिका–७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने २८ वर्षीय निर्मल खड्का रहेका छन्।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार बयलकोटी गिरोहका मुख्य नाइके हुन्। खत्री र खड्का उनका सहयोगी रहेको बस्नेतले बताए।

उनीहरूले विभिन्न सरकारी, शैक्षिक संस्थाबाट जारी हुने शैक्षिक प्रमाण पत्र, मार्कलिष्टलगायत नम्कली बनाउने गरेका थिए। उनीहरूले गैरसरकारी, बैंक तथा वित्तीय संस्था, राजनीतिक पार्टीलगायतको लेटरप्याड र छाप बनाउने गरेका थिए।

त्रिभुवन विश्वविद्यालयको विभिन्न तहको सर्टिफिकेटसमेत उनीहरूले बनाउने गरेको भेटिएको छ। ‘जग्गा धनीपूर्जा, सवारी चालक अनुमति पत्र, स्थानीय तहको सिफारिस पत्र, राजनीतिक पार्टीको लेटर प्याड, बैंकहरूको स्टेटमेन्ट, मेडिकल रिपोर्ट, बिहे दर्ताको प्रमाण पत्र लगायत नक्कली बनाउने गरेको खुलेको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पत्रकार सम्मेलनमा भने।

बयलकोटी विगत सात वर्षदेखि तारकेश्वरमा कोठा भाडामा लिएर नक्कली प्रमाण पत्र बनाउन सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनले नक्कली कागजात इडिट तथा डिजाइन गर्न खत्री र खड्कालाई तलब दिएर राखेका थिए।

’१० हजारदेखि १५ हजारसम्म मासिक तलब दिएर काममा लगाएको पाइएको छ,’ बस्नेतले भने। उनीहरूले जापानमा विद्यार्थी भिषामा जाने व्यक्तिहरूको लागि सहकारी संस्थाको स्टेटमेन्ट बनाएर कुरियर गरी जापान पठाउने गरेका थिए। 

यस्तै, डिपेन्डेन्ट भिसा प्रयोजनका लागि ‘म्यारिज सर्टिफिकेट’ बनाउने काम पनि उनीहरूले गर्थे। ‘वर्किङ भिषामा जापान जानेहरूको विभिन्न तहको शैक्षिक प्रमाण पत्र बनाउने गरेको भेटिएको छ,’ आचार्यले भने।

यसैगरी, उनीहरूले विदेशमा बस्ने नेपाली नागरिकहरूको पिआर तथा ग्रीन कार्ड एप्लाई गर्नको लागि मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल र वीर अस्पताललगायतको नक्कली मेडिकल कार्ड बनाइदिने गरेका थिए।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले माइग्रेसन सर्टिफिकेट ४२ थान, क्यारेक्टर सर्टिफिकेट ६० थान, एकेडेमिक ट्रान्सक्रिप्ट ११० थान, म्यारिज रजिष्ट्रेसन सर्टिभिकेट ५ थान, प्रोभिजनल सर्टिफिकेट ५० थान बरामद भएको छ।

यस्तै, जग्गा धनी प्रमाण पुर्जा १०, सहकारी संस्थाको लेटरप्याड १७, वार्षिक आम्दानीको विवरण ७ थान, लेमिनेसन मेसिन १, हिटिङ मेसिन २, डाई कटर १, सहकारी संस्थाको स्टेटमेन्ट १७, विभिन्न स्थास्थ्यको सिफारिस २, बैंकहरूको स्टेटमेन्ट १०० पाना, स्थानीयको तहको सिफारिस पत्र २०, विभिन्न सरकारी, गैरसरकारी, संघ-संस्था, पार्टी कार्यालयको छाप तथा व्यक्तिगत दस्तखतलगायतका स्ट्याम्प प्याड ३५५ थान बरामद भएको आचार्यले बताए। 

यसैगरी, मनिटर २ थान, सिपियु २ थान, माउस २ थान, प्रिन्टर ३ थान, खाली स्ट्याम्प १५०, स्ट्याम्प मेसिन १, मोबाइल ७ र अस्पतालका मेडिकल कार्ड २ थान बरामद भएको छ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending