Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

स्पष्ट ढुवानीमैत्री नीति आवश्यकः सांसद नेम्वाङ

खबरडबली संवाददाता

काठमाडौँ। नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले स्पष्ट ढुवानीमैत्री नीति आवश्यक रहेको बताएको छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएको हो ।

कर बिमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्ने माग गरे । साथै भौतिक पूर्वाधारमा प्राथमिकता दिइ सुधार गर्न जरुरी रहेको बताए । उनले यो केबल आर्थिक गतिविधिको कुरा होइन, राष्ट्र चलायमान राख्ने प्रश्न पनि भएको उल्लेख गरे।

सांसद नेम्वाङले राष्ट्रको महत्त्वपूर्ण क्षेत्र ढुवानी तथा यातायात सेवा राष्ट्रको गतिशिलता सुनिश्चित गर्ने मेरुदण्ड भएको बताए ।

सांसद नेम्वाङले भनेयो, ‘‘राष्ट्रको महत्त्वपूर्ण क्षेत्र ढुवानी तथा यातायात सेवा राष्ट्रको गतिशिलता सुनिश्चित गर्ने मेरुदण्ड हो । हामी सबैलाई थाहा छ, हवाई सेवा नाजुक र भरपर्दो अवस्थामा नहुँदा पनि विपद् वा महामारीको घडीमा खाद्यान्न, औषधि, महामारीका सामग्रीदेखि कृषि उपजसम्म देशका कुनाकुनामा पुर्‍याउने काम यिनै व्यवसायीहरुले गरेका हुन् ।’’

सांसद नेम्वाङले ढुवानी तथा यातायात सेवा अहिले कानुनी अष्पष्टता, नीति, कार्यान्वयनमा अलमलता, दोहोरो करको बोझ, अनुमति बिमा र कर प्रणालीमा एकद्वार नभएको, पूर्वाधार विकासको अभाव, इन्धनको अस्थिर मूल्यले लागत बढ्दै जानु जस्ता समस्याहरुले ग्रस्त रहेको बताए ।

उनले भने, ‘‘तर यति महत्त्वपूर्ण क्षेत्र अहिले कानुनी अस्पष्टता, नीति, कार्यान्वयनमा अलमलता, दोहोरो करको बोझ, अनुमति बिमा र कर प्रणालीमा एकद्वार नभएको, पूर्वाधार विकासको अभाव, इन्धनको अस्थिर मूल्यले लागत बढ्दै जानु जस्ता समस्याहरुले ग्रस्त छ । स्पष्ट ढुवानीमैत्री नीति आवश्यक छ । कर बिमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्छ । साथै भौतिक पूर्वाधारमा प्राथमिकता दिइ सुधार गर्न जरुरी छ । यो केबल आर्थिक गतिविधिको कुरा होइन, राष्ट्र चलायमान राख्ने प्रश्न पनि हो ।’’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विकास प्राधिकरणका तत्कालीन आयुक्त र शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त डा। भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीविरुद्...

पीएम कप क्रिकेटको उपाधि आर्मीले उचाल्यो, सुदूरपश्चिम पाँच विकेटले पराजित

वीरगञ्ज। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित...

प्रतिनिधिसभाका समितिका सभापतिले लिए शपथ

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति तथा दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन...

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेको छन्। शिक्...

गुण्डागर्दीविरुद्ध प्रहरीको कडा अभियान, १ हजार बढी व्यक्तिको प्रोफाइल तयार

काठमाडौं । पछिल्लो समय गुण्डागर्दी नियन्त्रणका लागि आक्रामक अभियान सञ्चालन गरेको प्रहरीले संलग्न व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पार्न थालेको छ। जि...

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्र...

ट्रेड युनियन खारेज घोषणा कार्यान्वयन भएन, कर्मचारी संगठनहरू सरकारसँग मागसहित उपस्थित

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने घ...

संसदका समितिहरू पूर्ण: १२ वटै संसदीय समितिमा सभापति चयन

काठमाडौं । संघीय संसद्अन्तर्गतका १२ वटै संसदीय समितिहरूले सभापति चयन गरेसँगै पूर्णता पाएका छन्। शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियाबाट १० वटा समितिमा ...

स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा दिने

काठमाडौँ। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस...

सङ्घीय निर्देशनविपरीत तनहुँमा पठनपाठन सुरु

तनहुँ। सङ्घीय सरकारले आगामी शैक्षिक सत्रका लागि तय गरेको समयतालिकालाई चुनौती दिँदै तनहुँका स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending