Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नाकाकन्दीका कारण गाजामा अनिकालकाे चेतावनी

खबरडबली संवाददाता

जेनेभा । लामो समयसम्म जालामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चेतावनी दिएको छ ।

गाजाको सम्पूर्ण २१ लाख जनसङ्ख्याले लामो समयसम्म खाद्यान्नको अभावको सामना गरिरहेको र करिब पाँच लाख मानिस भोक, तीव्र कुपोषण, भोकमरी, रोग र मृत्युको विनाशकारी अवस्थामा छन् । डब्लुएचओले एक विज्ञप्ति जारी गर्दै यो विश्वको सबैभन्दा खराब भोक सङ्कटहरू मध्ये एक हो, जुन वास्तविक समयमा प्रकट हुन्छ भनेको छ ।

डब्लुएचओ सदस्य रहेको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) साझेदारीले आज खाद्य सुरक्षा विश्लेषण जारी गरेको छ । “हामीले गाजामा अनिकालको घोषणाका लागि पर्खनु पर्दैन, खाना र औषधिहरू सीमापार केही मिनेट टाढा हुँदा पनि मानिसहरू भोकमरी, बिरामी र मर्दै छन्”, डब्ल्लुएचओका महानिर्देशक टेड्रोस अधोनम गेब्रेयससले भने, “आजको रिपोर्टले खाना र आवश्यक आपूर्तिको तत्काल पहुँचबिना, स्थिति बिग्रँदै जानेछ, अधिक मृत्यु र अनिकालमा झर्नेछ भन्ने देखाउँछ ।”

अनिकाल अझै घोषणा गरिएको छैन, तर मानिसहरू अहिले भोकमरीमा छन् । गाजाको तीन चौथाइ जनसङ्ख्या ‘आपत्कालीन–विनाशकारी’ अभावमा छन् । यो आइपिसीको खाद्य असुरक्षा र पोषणको अभावको पाँच–स्तरको मापनको सबैभन्दा खराब दुई स्तर हो ।

यदि स्थिति जारी रह्यो भने पाँच वर्षमुनिका करिब ७१ हजार बालबालिका आगामी ११ महिनामा तीव्र कुपोषण हुने अपेक्षा गरिएको आइपिसीको रिपोर्टमा उल्लेख छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि ब...

थाई सेना द्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु

जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन...

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

कोलम्बो । श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी...

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने ३ जना पक्राउ

काठमाडौँ । झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन् ।  झुठ्ठा विवरण पेस गरी ना...

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा सुवेदी नियुक्त

काठमडौँ  । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा.नरेश सुवेदी नियुक्त भएका छन् । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending