Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

उदयपुरका चार पालिकामा वाइसिएलकाे नयाँ नेतृत्व

खबरडबली संवाददाता

युवराज कार्की (सन्ताेष)

उदयपुर । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन रुपमा चिनिने योङ कम्युनिस्ट लिग (वाइसिएल) को तीन नगरपालिका र एक गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ ।

वासिएल उदयपुरका जिल्ला संयोजक इश्वर पोखरेलका अनुसार कटारी नगरपालिका, त्रियुगा, चौदण्डीगढी नगरपालिका र लिम्चुङबुङ गाउँपालिकामा वासिएलको पालिका सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको हो ।

जिल्ला संयोजक पोखरेलका अनुसार वाइसिएलको त्रियुगा नगरपालिकाको तेस्रो सम्मेलनबाट विशाल राईको अध्यक्षतामा ३३ सदस्य नगर समिति चयन भएको छ । जसमा उपाध्यक्ष उपाध्यक्ष मधु थापा, पुजना राई, सोमकुमार मगर, सचिवमा मणिकुमार राई, सहसचिवमा हिमा राई, तेजनारायण थापामगर, पुष्पलाल न्यौपाने र कोषाध्यक्षमा शंकर साह लगायत छन् । 

यसैगरी चौडण्डीगढी नगरपालिकामाको वाइसिएलको तेस्रो नगरसम्मेलनबाट साङ्गेनहाङ राइको अध्यक्षतामा २९ सदस्य नगर समिति चयन भएको छ । उपाध्यक्ष  सरिता माले, रामप्रसाद राई, सचिवमा सबिन मगर, सहसचिव किरणकुमार राई, पर्वत खड्का, केनिस मगर र कोषध्यक्षमा रिजना राई चयन भएका हुन् । 

यता कटारी नगरपालिकको दोस्रो नगरसम्मेलनबाट वाइसिएल नगर अध्यक्षमा  सन्देश कार्की, उपाध्यक्षमा विकल बराल, लोकेन्द्र मगर, रेनुका परियार, सचिवमा भेषराज खत्री, सहसचिवमा रुद्र श्रेष्ठ, विजय पौडेल र दिनेश श्रेष्ठ, कोषाध्यक्षमा कल्पना राई चयन भएका छन् । कटारी जम्मा ३६ सदस्य नगरसमिति बनेको जिल्ला संयोजक पोखरेलले जानकारी दिए । 

वासिएलको दोस्रो गाउँपालिका सम्मेलनबाट लिम्चुङबुङ गाउँपालिकामा विश्वदिप राईको अध्यक्षतामा ३३ जनाको नयाँ कार्यसमिति चयन भएको छ । जसमा उपाध्यामा महेस राई, कैबिना राई, तारा माझी, सचिवमा मणिराज राई, सहसचिवमा टोमाबुङ राई, राजन परियार, जितेन्द्र मगर र कोषाध्यक्षमा संचिता राई चयन भएका छन् ।

उदयपुरका आठपालिकामध्ये बेलका नगरपालिका, रौतामाई गाउँपालिका र उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकामा वाइसिएलको पालिकासम्मेलन हुन बाँकी रहेको पोखरेलको भनाइ छ । उनले भने, ‘बाँकी पालिकामा पनि सकेर छिट्टै जिल्ला सम्मेलन गर्ने तयारीमा छौँ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending