Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान, दैनिक प्रशोधन क्षमता ५ हजार लिटर

खबरडबली संवाददाता

काठमाडौं। काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ ।

बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन गर्छ, यसको लागत करिब २० लाख रुपैयाँ रहेको जनाइएको छ।

‘यो नमूना योजना हो, यसको नतिजा हेरेर विस्तार गर्नेछौँ,’ कार्यक्रमका बारेमा जानकारी दिँदै वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले भनिन,  ‘काठमाडौँको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन आवश्यक छ, सानातिना एकाइमा यसको प्रयोगलाई अहिले हामीले परीक्षण गरेका हौँ ।’

‘३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र ४ वटा च्याम्वर छन्,’ वरिष्ठ इञ्जिनियर निशा कोइराला प्रणालीको प्राविधिक पक्षका बारेमा जानकारी दिँदै भनिन,  ‘शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ । त्यसपछि एनएरोविक विधि ९अक्सिजन दिनु नपर्ने विधि० बाट प्रशोधन सुरु हुन्छ । तेस्रो चरणमा एरोविक ९अक्सिजन दिनु पर्ने विधि० बाट, चौथो चरणमा फिल्ट्रेसन र डिस इन्फेक्सन गरिन्छ । यसबाट उत्पादन हुने पानी दुर्गन्धरहित हुन्छ । बोटविरुवामा हाल्न मिल्ने हुन्छ ।’

विभागका इञ्जिनियर रामप्रसाद नेपालका अनुसार प्लाजा परिसरमा ७२ वटा शौचालय छन् । नेपालका अनुसार अहिले ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमूनाका रुपमा प्रशोधन गरिएको छ । यसबाट प्राप्त भएको नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइने छ । प्लाजामा दैनिक करिब ९ हजार लिटर पानीको प्रयोग हुने गरेको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन आचारसंहिता उल्लङ्घनमा २१ वटा स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...

अहिले वामपन्थी शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको छ : अग्नि सापकोटा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...

नेप्से १७.५३ अंकले घट्यो, कारोबार रकम भने १४ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिम्मेवार सूचना प्रवाह गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...

सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड ग...

कांग्रेसको प्रधानमन्त्री उम्मेदवार नयाँ युगको प्रतिनिधि: उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएक...

हिमपात परेपछि कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ। भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी-मुक्तिनाथ सडकखण्ड अवरुद्ध...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयु...

सुरौदी खोला कटान : वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे सम्झौता गर्नका लागि ‘समय घर्किँदै गएको’ भन्दै कडा चेतावनी दिएका...

हुम्लामा निर्वाचन आचार संहिता पालन गर्न सबै पक्ष सहमत

हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालन गर्ने प्रतिबद्धता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending