काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आइतबार सर्वोच्च अदालतमा पेसी तोकिए पनि हेर्न नमिल्नेमा परेको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानेको मुद्दामा सुनुवाइका लागि पेसी तोकिए पनि हेर्न नमिल्नेमा परेको हो ।
न्यायाधीश पोखरेलले अधिवक्ता हुँदा रविका विभिन्न मुद्दाहरुमा वकालत गरेका थिए । सोहीकारण उनी सम्मिलित इजलासमा रविको मुद्दा हेर्न नमिल्नेमा परेको हो । गएको ९ वैशाखमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो । त्यसपछि लामिछानेको यो मुद्दामा आज पेसी तोकिएको थियो ।
बन्दीप्रत्यक्षीकरणसँगै एक साथ राखेर उच्च अदालतले थुनाम पठाउने आदेश विरुद्धको मुद्दामा समेत सोही इजलासमा राखिएको थियो । जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छोड्न दिएको आदेशलाई उल्ट्याउँदै उच्च अदालत तुलसीपुरले थुनामा राख्न आदेश दिएपछि उच्चविरुद्ध लामिछाने सर्वोच्च पुगेको मुद्दा समेत हेर्न नमिल्नेमा पुगेको हो ।
कारागारमा रहेका लामिछानेले उच्च अदालतको आदेशलाई चुनौती दिँदै सर्वोच्चमा पुनरावेदन गरेका थिए । मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ दफा ७३ लाई प्रयोग गर्दै गएको चैत २९ मा सर्वोच्चमा उनले पुनरावेदन दर्ता गराएका थिए । कानुनको नियमित प्रक्रियाअनुसार पुनरावेदन गरेको लामिछानेको यो मुद्दामा गएको चैत ३१ मा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश दिएको थियो ।
अब लामिछानेसँगसम्बन्धित विवाद निरुपण गर्न अर्को पेसी तोकिने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: