काठमाडौं । वरिष्ठ कलाकार सुरवीर पण्डितले एक क्रिस्चियन प्रचार गीतमा गरेको अभिनयलाई लिएर क्षमायाचना गरेका छन् । हालै सुरवीर र अर्का वरिष्ठ कलाकार रामचन्द्र अधिकारीले अभिनय गरेको एउटा क्रिस्चियन प्रचार गीतलाई लिएर विवाद उत्पन्न भएपछि उनले क्षमायाचना गरेका हुन् ।
अबदेखि आफ्नै धर्मसंस्कार र संस्कृतिको जगेर्नामा लाग्ने र देशले गर्व सक्ने काम गर्ने उनको प्रतिबद्धता छ । यो गीतको भिडिओ धार्मिक विद्वेष फैलाउने खालको भएको भन्दै यसमा अभिनय गरेकाप्रति कतिपयले सुरवीर र रामचन्द्रमाथि गालीगलौज गरिरहेका थिए ।
मेरी बास्सैको सुटिङ स्थलबाट एउटा भिडिओ सन्देश जारी गर्दै सुरवीरले माफी मागेका हुन् । आफूसँगै रामचन्द्रलाई पनि क्षमा दिन उनको आग्रह छ ।
सुरवीरको क्षमायाचना सन्देश यस्तो छः
आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी सम्पूर्णमा मेरो कोटी कोटी प्रणाम । केही दिन अगाडि मैले दुईवटा क्रिस्चियन गीत खेलेको थिएँ । हाम्रा अग्रजले भन्नुहुन्थ्यो, कलाकार बन्न चाहन्छौ भने तिमीले यो गर्दिनँ, त्यो गर्दिन भनेर भन्नु हुँदैन, जे अगाडि आउँछ त्यसलाई नै प्रसाद सम्झेर ग्रहण गर्नुपर्छ । त्यही अनुसार अगाडि बढियो । क्रिस्चियन गीत गरियो, तर त्यसबाट धेरै गुरुबा, गुरुआमा, गुरु–पुरोहित, बुवाआमा, दाजुभाइ दिदीबहिनीले मन दुखाउनुभएको छ ।
हाम्रो उद्देश्य कसैको पनि मन दुखाउने थिएन । सिर्फ कलाकारिता गर्नु थियो । म एकदमै हृदयदेखि क्षमा चाहन्छु । आउँदो दिनमा हजुरहरूको आशीर्वाद लिएर हजुरहरूले भनेजस्तै हाम्रो धर्मसंस्कार, संस्कृतिको जगेर्ना गर्दै देशले गर्व गर्न सक्ने काम गर्न सकुँ ।
हजुरहरूले मलाई आशीर्वाद दिनुहोला । काजी सा’ब ९रामचन्द्र अधिकारी० पाँचथरमा सुटिङमा हुनुहुन्छ । उहाँलाई पनि क्षमा गरिदिनुहोला है हजुर । यो हामीलाई अज्ञानी सम्झेर क्षमा गरिदिनु होला हजुर । अब हामी यस्तो गर्दैनौँ । जस होस । धेरै धेरै धन्यवाद ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: