Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

शंकर पोख्रेलको प्रश्नः ‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ ?’

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्ति प्रति आक्रोश पोखेका छन् । माओवादी अध्यक्ष प्रचण्डले ‘सरकार डरले रूझेको बिरालो भएको छ’ भन्ने अभिब्यक्ति प्रति आपत्ति जनाउँदै महासचिव पोखरेलले सोधेका छन, ‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ ?’

 उनले सरकारले गरेका काम कारबाहीको तथ्यांक राख्दै भनेका छन, ‘यी तथ्यहरुले तपाईको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ ।’ उनले बर्तमान केपी ओली सरकार निर्माण भए पछि प्रचण्ड प्रधानमन्त्री हुदाँको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको दावी गरेका छन । उनका अनुसार ओली सरकार गठन भए पछि विदेशी मुद्राको संचिति बढेको, सोधनान्तर स्थितिमा उल्लेख्य बचत भएकोछ, निर्माण व्यावसायिलाई काम वापतको प्रचण्ड नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको, निर्माण ठप्प रहेका ठुला आयोजनाहरुको काममा तिव्रता आएको भन्दै पोखरा–मुग्लिन सडक, गैडाकोट– वुटवल सडक आदीमा भएको प्रगति उल्लेख गरेका छन ।

‘भुकम्प र वाढि पिडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ,’ उनले भनेका छन, ‘वैंकको तरलता वृद्धि भएको छ, व्याँजदर घटेको छ र लगानी वृद्धि हुन थालेको छ।’

यसो त, कानून निर्माणको कामले तिव्रता पाएको, कानूनी सुधारको प्रकृयावाट लगानी योग्य वातावरण तयार भएको र कानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको भन्दै उनले भनेका छन्, ‘भूमि समस्याको समाधानको प्रकृया अघि बढेको छ, सरकारको स्थायित्वको आधार तयार भएको छ ।’

उनको प्रश्न छ, उपरोक्त कारणले नै तपाईको पीडा र छटपटी वढेको देखिन्छ । होइन र ?’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

आज हरिशयनी एकादशी : तुलसी सार्ने दिन, चार महिनाको चतुर्मास व्रत सुरु

काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...

६ महिनादेखि होटलबाट अनलाइन ठगी ! तीन भारतीयसहित सञ्चालक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...

एक वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने कुखुरे पुल ६ वर्ष बित्दा पनि अलपत्र

वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय

बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, कहाँ पूर्ण बन्द र कहाँ एकतर्फी ?

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending