काभ्रेपलाञ्चोक । काभ्रे सेवा समाजको आयोजनामा बुद्ध जयन्तीको अवसर पारेर आगामी बैशाख २९ गते पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि “काभ्रेको लागि केही गरौं” भन्ने मुल नाराका साथ २०६९ सालमा स्थापना भएको समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमवुद्धले पाईला टेकेकोे नमोवुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको हो । सो शान्ति पदयात्राको पनौतीमा आयोजित कार्यक्रममा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समुदघाटन गर्ने कार्यक्रम तय भएको छ ।
बागमती प्रदेश अन्र्तगत काठमाडौ पर्यटन कार्यालयको मुख्य सहयोग, काभ्रेका स्थानीय पालिकाहरुको सहयोग तथा विभिन्न साझेदारहरुको सहयोगमा शान्ति पदायात्रा आयोजना गर्न लागेको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए ।
विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउदै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्य सहित शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिन लागिइएको हो । उनका अनुसार, पनौतीको मानेश्वरीबाट रिवन काटी शान्ति पदयात्रा सुरु गर्ने र सुन्थान–इटे–शंखु–शंखेश्वरी–जंगल हुँदै नमोबुद्घमा पुगेर टुंगिनेछ । पनौतीदेखि नमोवुद्धसम्मको ९.५ किलोमिटर दुरी छ ।
बुद्ध जयन्तीको दिन पारेर आयोजना गरिने यो कार्यक्रम विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्नुका साथै आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपुर्ण योगदान गर्ने अपेक्षा समाजले गरेको छ ।
समाजका अनुसार, पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार व्यवसाय, नागरिक समाज, पत्रकार लगायतका क्षेत्रका प्रतिनीधिहरुसहित करिब एक हजार जना सहभागी हुने लक्ष्य राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: