आबुधाबी । कुवेतमा कार्यरत तीन नेपाली मृत भेटिएका छन् । कुवेतको दुई अलग ठाउँमा भेटिएका शवमध्ये तीनै जना नेपाली रहेको पुष्टि भएको छ । यद्यपि मृत्युको कारणबारे अनुसन्धान भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
कुवेतको खैतान भवनको छतमा २ जना एसियाली मुलुकका आप्रवासी कामदारको मृत्यु भएको कुवेतबाट प्रकाशन हुने अरब टाइम्स दैनिकले उल्लेख गरेको छ । पत्रिकाले त्यसरी मृत्यु भएका कामदारको पूर्ण विवरण अझै खुलाएको छैन । प्रारम्भिक विवरणअनुसार दुई जनाको मृत्युको कारण सम्भावित विषाक्त मदिरा सेवन भएको अनुसन्धानमा खटिएको सुरक्षा स्रोतलाई उद्रित गर्दै अरब टाइम्सले उल्लेख गरेको छ ।
‘घरको छतमा भेटिएका दुईजनाको शवको फरेन्सिक रिपोर्टअनुसार शवमा कुनै पनि प्रकारको शारीरिक आक्रमण वा हिंसा भएको संकेत देखिएको छैन’, खबरमा भनिएको छ । परीक्षणपछि उनीहरूले स्थानीय रूपमा उत्पादन गरिएको अवैध र विषालु मदिरा तथा पदार्थ सप्लाई गर्ने स्रोत र व्यक्तिहरुको खोजी गरिरहेका छन् । विशेषज्ञहरूका अनुसार नियमनविना वा गलत तरिकाले उत्पादन गरिएको मदिरा सेवन गर्दा श्वासप्रश्वास, मुटुको गति र शरीरको तापक्रममा गम्भीर असर पर्नसक्छ, जसको सेवन र खाडीको अत्यधिक गर्मीका कारण अत्यधिक कामदारले बसेनि ज्यान गुमाइरहेका छन् ।
त्यस्तै कुवेतमै रूफटपमा भेटिएकामध्ये एक शव बिर्तोमोडका विकास कार्ककीको रहेको बताइएको छ । अर्को शव पनि भेटिएको अरब टाइम्सले लेखेको छ । अनुसन्धानमा खटिएको सुरक्षा स्रोतलाई उल्लेख गर्दै अरब टाइम्सले लेखेअनुसार घटनामा आपराधिक समूहको हात रहेको आशंका गरिएको छ ।
कार्की डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौंको ओमेगा इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत कुवेतको ईटीसी कम्पनीमा कार्यरत रहेको विकासका बुबा धुर्वराज कार्कीले बताए । उनले भने, ‘छोराको निधन भएको खबर आयो, तर के(कति कारणले निधन भएको केही खुल्न सकेको छैन ।’
कुवेतमा रहेको नेपाली दूतावासले स्वतन्त्र रुपमा दुई घटनालाई पुष्टि गरिनसकेको पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले बताए ।
दूतावासका सूचना अधिकारी प्रथम सचिव प्रेमराज गौतमले घटनाबारे जानकारी आएको भए पनि अनुसन्धान जारी भएकाले आधिकारिक रुपमा कारण भने पुष्टि भई नसकेको नेपाल प्रेसलाई जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: