Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

कुवेतमा तीन नेपाली मृत फेला, एक जनाको हत्या आशंका

खबरडबली संवाददाता

आबुधाबी । कुवेतमा कार्यरत तीन नेपाली मृत भेटिएका छन् । कुवेतको दुई अलग ठाउँमा भेटिएका शवमध्ये तीनै जना नेपाली रहेको पुष्टि भएको छ । यद्यपि मृत्‍युको कारणबारे अनुसन्धान भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

कुवेतको खैतान भवनको छतमा २ जना एसियाली मुलुकका आप्रवासी कामदारको मृत्‍यु भएको कुवेतबाट प्रकाशन हुने अरब टाइम्स दैनिकले उल्लेख गरेको छ । पत्रिकाले त्यसरी मृत्यु भएका कामदारको पूर्ण विवरण अझै खुलाएको छैन । प्रारम्भिक विवरणअनुसार दुई जनाको मृत्‍युको कारण सम्भावित विषाक्त मदिरा सेवन भएको अनुसन्धानमा खटिएको सुरक्षा स्रोतलाई उद्रित गर्दै अरब टाइम्सले उल्लेख गरेको छ ।

‘घरको छतमा भेटिएका दुईजनाको शवको फरेन्सिक रिपोर्टअनुसार शवमा कुनै पनि प्रकारको शारीरिक आक्रमण वा हिंसा भएको संकेत देखिएको छैन’, खबरमा भनिएको छ ।  परीक्षणपछि उनीहरूले स्थानीय रूपमा उत्पादन गरिएको अवैध र विषालु मदिरा तथा पदार्थ सप्लाई गर्ने स्रोत र व्यक्तिहरुको खोजी गरिरहेका छन् । विशेषज्ञहरूका अनुसार नियमनविना वा गलत तरिकाले उत्पादन गरिएको मदिरा सेवन गर्दा श्वासप्रश्वास, मुटुको गति र शरीरको तापक्रममा गम्भीर असर पर्नसक्छ, जसको सेवन र खाडीको अत्यधिक गर्मीका कारण अत्यधिक कामदारले बसेनि ज्यान गुमाइरहेका छन् ।

त्यस्तै कुवेतमै रूफटपमा भेटिएकामध्ये एक शव बिर्तोमोडका विकास कार्ककीको रहेको बताइएको छ ।  अर्को शव पनि भेटिएको अरब टाइम्सले लेखेको छ । अनुसन्धानमा खटिएको सुरक्षा स्रोतलाई उल्लेख गर्दै अरब टाइम्सले लेखेअनुसार घटनामा आपराधिक समूहको हात रहेको आशंका गरिएको छ ।

कार्की डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौंको ओमेगा इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत कुवेतको ईटीसी कम्पनीमा कार्यरत रहेको विकासका बुबा धुर्वराज कार्कीले बताए । उनले भने, ‘छोराको निधन भएको खबर आयो, तर के(कति कारणले निधन भएको केही खुल्न सकेको छैन ।’

कुवेतमा रहेको नेपाली दूतावासले स्वतन्त्र रुपमा दुई घटनालाई पुष्टि गरिनसकेको पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले बताए ।

दूतावासका सूचना अधिकारी प्रथम सचिव प्रेमराज गौतमले घटनाबारे जानकारी आएको भए पनि अनुसन्धान जारी भएकाले आधिकारिक रुपमा कारण भने पुष्टि भई नसकेको नेपाल प्रेसलाई जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

आज हरिशयनी एकादशी : तुलसी सार्ने दिन, चार महिनाको चतुर्मास व्रत सुरु

काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...

६ महिनादेखि होटलबाट अनलाइन ठगी ! तीन भारतीयसहित सञ्चालक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...

एक वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने कुखुरे पुल ६ वर्ष बित्दा पनि अलपत्र

वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय

बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, कहाँ पूर्ण बन्द र कहाँ एकतर्फी ?

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending