काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीले आफ्नो वर्गतिर फर्किएर समाजवादी क्रान्तिको संकल्प गरेपछि यसको नेतृत्वविरुद्ध भ्रम छर्ने तत्वहरु सल्बलाएको बताएका छन् । २५ औं निर्मल लामा स्मृति दिवस कार्यक्रमलाई शनिवार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले आफूहरु क्रान्तिकारी आदर्श र निष्ठातिर फर्किन खोज्दा मूल नेतृत्वकाविरुद्ध अनेकखाले भ्रम फैलाउन खोजिएको बताए । अध्यक्ष प्रचण्डले भने–हामीलाई क्रान्तिकारी आदर्श र निष्ठातिर अगाडि लैजाने चुनौति हाम्रो अगाडि छन् । ती चुनौतिवरुद्ध लड्ने संकल्पसहित फेरि हाम्रो वर्ग समुदायलाई केन्द्रित गरेर समाजवादतर्फको क्रान्तिकारी तयारी गर्न खोज्दा प्रतिक्रियावादीहरु,संशोधनवादी र अवसरवादीहरुले घेराबन्दी गर्ने र अनेकखाले भ्रमहरु छर्ने किसिमका षडयन्त्र भएका छन् ।
अध्यक्ष प्रचण्ड पछिल्लो पटक टेरेस रिसोर्टमा लडेको सन्दर्भमा विभिन्न समाचार आइरहेका बेला उनले यसलाई मुख्य नेतृत्वविरुद्ध भ्रम छर्ने प्रयास भनेका हुन् । प्रचण्डले सबैखाले घेरा तोडेर माओवादीले नयाँ क्रान्तिको तयारी गर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...
श्रावण ९ गते, २०८३ - ०८:५५
काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...
श्रावण ९ गते, २०८३ - ०८:५२
हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...
श्रावण ९ गते, २०८३ - ०८:४६
वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय
श्रावण ९ गते, २०८३ - ०८:४०
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...



प्रतिकृया लेख्नुहोस्: