Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

पाकिस्तानले लाहोरबाट नागरिक उडान भर्ने विमानलाई ढाल बनाएको भारतको आरोप

खबरडबली संवाददाता

काठमाडौं । भारतले पाकिस्तानमाथि नागरिक उडान भर्ने विमानलाई ढाल बनाएर अन्तर्राष्ट्रिय हवाइ मार्गको दुरुपयोग गरेको आरोप लगाएको छ ।शुक्रवार मध्यरातिदेखि शनिवार विहानसम्म भएको युद्धको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाले यस्तो दावी गरेको हो ।

पत्रकार सम्मेलनमा भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पाकिस्तानले नागरिक उडान भर्ने विमानको आड लिएका कारण भारतले कम क्षति हुनेगरी सावधान हुन बाध्य भएको बताइन् ।

उनले भनिन्–सबैभन्दा चिन्ताको कुरा के छ भने,पाकिस्तानले लाहोरबाट उडान भर्ने नागरिक विमानको आड लिएर अन्तर्राष्ट्रिय हवाइ मार्गको दुरुपयोग गरेका कारण हाम्रो वायु प्रतिरक्षा यन्त्रको प्रयोग साबधानीका साथ गर्नुपर्ने अवस्था आयो,किनकी नागरिक विमानको क्षति नहोस् भन्नेमा बाध्य बनायो । उसले आफ्नो गतिविधि लुकाउन यस्तो गरेका कारण नागरिक सुरक्षा सुनिश्चितता गर्न हामीलाई आफ्नो कारवाही साबधानीका साथ अघि बढाउन बाध्य बनायो ।

पाकिस्तानी सेनाले शुक्रवार राति साढे १ बजेदेखि श्रीनगरका विभिन्न सहरमा गोलाबारी गर्दै २६ ठाउँबाट हवाइ घुसपैठ गर्न खोजेको भारतको दावी छ । पाकिस्तानी सेनाबाट हुनसक्ने सबै खतरालाई निष्क्रिय बनाइएको पत्रकार सम्मेलनमा कुरेशीले बताइन् ।

पाकिस्तानी सेनाले मेडिकल टिम,विद्यालय र मन्दिरहरुलाई निशाना बनाएर भौतिक क्षति पुर्याएको भारतीय सेनाको दावी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

आज हरिशयनी एकादशी : तुलसी सार्ने दिन, चार महिनाको चतुर्मास व्रत सुरु

काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...

६ महिनादेखि होटलबाट अनलाइन ठगी ! तीन भारतीयसहित सञ्चालक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...

एक वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने कुखुरे पुल ६ वर्ष बित्दा पनि अलपत्र

वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय

बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, कहाँ पूर्ण बन्द र कहाँ एकतर्फी ?

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending