काठमाडौं । थाइल्याण्डमा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ । वर्षाले प्रभावित भएर ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले मात्र १ विकेटको क्षतिमा पछ्यायो ।
नेपालका लागि कविता कुँवरले ११ बलमा सर्वाधिक १८ रनको योगदान दिइन् । उनले ४ चौका प्रहार गरिन् ।
त्यस्तै, अर्की ओपनर सम्झना खड्काले १० बलमा १३ रन बनाउँदै नटआउट रहिन् । कप्तान इन्दु वर्माले ५ बलमा १ चौकाको मद्दतले ७ रन जोड्दै टोलीलाई जितसम्म डोर्याइन् ।
यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा ४१ रन बनाएको थियो । टोलीका लागि कप्तान दीपिका रासांगिकाले शानदार ब्याटिङ गर्दै १३ बलमा ३४ रन जोडेकी थिइन् । उनले ६ चौका र १ छक्का प्रहार गरिन् ।
थारांगा गजनायकेले ३ तथा जेनेब फाजिलले २ रन जोडिन् । नेपालका लागि एक मात्र विकेट पूजा महतोले लिइन् ।
यसअघि नेपाल र हङकङबिचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । समूह सीमा रहेको अब नेपालले मंगलबार पुनः हङकङसँग खेल्नेछ । त्यसपछि बिहीबार नेपाल र बहराइन फेरि भिड्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ११:१०
ओखलढुंगा । श्री गाम्नाङ्टार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाका सेयर सदस्य, सञ्चालक समित...
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...




प्रतिकृया लेख्नुहोस्: