नेपालगन्ज । दक्षिण एसियाका दुई शक्तिशाली देशहरू भारत र पाकिस्तानबिच द्वन्द्व चर्किँदै गएपछि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीहरूले नेपालगन्ज सीमा नाकामा कडाइ बढाउँदै लगेका छन् ।
सो क्रममा यहाँस्थित नेपाल भारत जमुनाहा नाकामा सुरक्षा कडाइ बढाउँदै नेपालगन्ज नाकाबाट आवागमन गर्नेहरूका लागि सशस्त्र प्रहरीले परिचय–पत्र अनिवार्य गरेको छ ।
सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका प्रमुख एसपी शोभाकान्त खनालले नाकामा सुरक्षा सतर्कता बढाउने निर्देशनबमोजिम सुरक्षा कडा पारिएको जनाउँदै परिचय खुल्ने कागजात भएका भारतीयलाई मात्र नेपाल प्रवेश गर्न दिएको बताए । उनले परिचय खुल्ने कागजात नभएका भारतीयको बारेमा सोधखोज गरेर मात्र आउन दिइएको पनि बताए ।
यसअघि गत केही वर्षदेखि भारतीय सुरक्षा निकाय सीमा सशस्त्र बल ९एसएसवी० ले रुपैडिहा नाकामा आवागमन गर्ने नेपाली र भारतीय सबै नागरिकहरूका लागि परिचयपत्र अनिवार्य गरेको थियो । हाल आएर सशस्त्र प्रहरी बल नेपालले पनि नेपालगन्ज नाकामा परिचयपत्र हेर्न थालेको हो ।
सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका अनुसार अहिले नेपाल आउने हरेकको परिचय खुल्ने कागजात हेरेर मात्र आउन दिइएको छ भने आवागमन गर्ने हरेकमाथि कडा निगरानी बढाइएको छ ।
उता, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले भारत पाकिस्तान द्वन्द्व बढेपछि अहिले नाकामा कडाइ बढाउँदै लगिएको जनाउँदै सशस्त्र प्रहरीले नेपाल आउनेहरुको परिचय पत्र हेर्न थालेको बताए
उनले कुनै पनि गलत मानिसको नेपाल प्रवेश नहोस् भन्ने उद्देश्यका साथ मुख्य नाकामा परिचय पत्र हेर्न थालिएको जनाउँदै अन्य खुला नाकाहरूमा पनि गस्ती र सुरक्षा बढाइएको बताए।
उता, यसअघि नै परिचय खुल्ने कागजात भएकालाई मात्र भारत प्रवेश गर्न र नेपाल आउन दिँदै आएको भारतीय सुरक्षा निकाय एसएसबीले अहिलेको अवस्थामा नाकामा विशेष तालिम प्राप्त सुरक्षाकर्मी र तालिम प्राप्त कुकुरबाट हरेकको चेक जाँच गराएर मात्र आवागमन गर्न दिएको छ ।
नेपाल भारत सीमा नाकामा नेपाल भारताका सुरक्षाकर्मीले संयुक्त गस्ती र पेट्रोलिंग तथा एक्ला एक्लै गस्ती समेत सुरु गरेको दुवै देशका सुरक्षा निकायले जनाएका छन् ।
भारत र पाकिस्तानको द्वन्द्व चर्किएपछि भारतबाट स्वदेश फर्किने नेपालीहरूको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको नेपालगन्जस्थित नेपाल भारत नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...
आषाढ़ ६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्। शुक्रबार भएक...



प्रतिकृया लेख्नुहोस्: