धनकुटा। कोशी उच्च बाँध निर्माण योजना खारेजीको माग गर्दै सप्तकोसी उच्च बाँध विरुद्ध सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार सङ्घर्ष समितिका अध्यक्ष असीम राई लगायतको टिमले सहिदभूमि गाउँपालिका र धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई उक्त ज्ञापन पत्र बुझाएको हो ।
नेपाल सरकार र भारत सरकार बिच सहमति भएको कोशी उच्च बाँध योजनाले समग्र स्थानीयको बसोबास रहेको क्षेत्र, समुदाय र सम्पूर्ण अस्तित्वमाथि गम्भीर खतरा उत्पन्न हुने भन्दै संर्घष समितिले खारेजीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । यस क्षेत्रका हजारौँ परिवारको वासस्थान, खेतीयोग्य जमिन डुबानमा पर्ने, त्यस्तै भाषा, संस्कार, परम्परा, मठमन्दिर र सांस्कृतिक सम्पदा विलीन हुने, सम्पूर्ण किराँतहरूकै आस्थाको केन्द्र रहेको त्रिवेणी स्थित खुवालुङ पूर्ण डुबान हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यस्तै कोशी उच्च बाँध राष्ट्रकै हित विपरीत रहेको, अन्तर्राष्ट्रिय कानुन विपरीत, जैविक विविधता र पर्यावरणीय सन्तुलनमा अपूरणीय क्षति, र परियोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको पूर्व–सहमति विना योजना अगाडि बढाउनु लोकतान्त्रिक मूल्य र मानव अधिकारको उल्लङ्घन भएको सङ्घर्ष समितिका सचिव छत्रप्रसाद राईले बताए ।
सङ्घर्ष समितिले परियोजना तुरुन्त बन्द खारेजी गर्न पाँच बुँदे मागहरू समेत राखेका छन् । समितिले कोशी उच्च बाँध निर्माण प्रक्रिया तुरुन्त रोक्नुपर्ने, परियोजनाको प्रभाव मूल्याङ्कन पारदर्शी, वैज्ञानिक र सहभागी प्रक्रियाबाट गरिनू पर्ने, प्रभावित समुदायको पूर्व–सहमति अनिवार्य हुनुपर्ने, वैकल्पिक, दिगो र स्थानीय जन अनुकूल विकास विकल्पहरू अघि सार्नुपर्ने र सम्बन्धित निकायको पद, प्रभाव र भूमिका महत्त्वपूर्ण रहेको हुँदा हामी तपाईँलाई हाम्रो आवाज माथिल्लो तहसम्म पुर्याइदिन आग्रह गरेका छन् । कोशी उच्च बाधले, धनकुटा लगायत उदयपुर, खोटाङ, भोजपुर र सङ्खुवासभा गरी पाँच जिल्लाका तल्लो भूभागमा ठुलो मात्रामा क्षति हुने र वस्ति विस्थापित हुने देखिन्छ ।
यता धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले ज्ञापन पत्र बुझ्दै पत्र सम्बन्धित निकायमा पठाउने र यो ठुलो समस्या रहेकाले वार्ता र छलफलका लागि सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: