काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले देशमा बिचौलिया र माफियाको रजगज चलेको उद्घाेष गरेका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद श्रेष्ठले सुखी नेपाली, समृद्ध नेपालको नारा सुखी बिचौलिया, समृद्ध माफियामा परिणत भएको बताए । धितोपत्र बोर्डमा आइपिओ जारी गर्न कमिसनको खेल, गभर्नर नियुक्तिमा चलखेलले बिचौलिया र माफियातन्त्र समृद्ध भइरहेको उनको भनाइ थियो ।
‘अब सुखी नेपाली समृद्ध नेपाल अहिले हालसालै आएर सुखी बिचौलिया, समृद्ध माफिया भएको हो ?’ उनले प्रश्न गरे, ‘धितोपत्र बोर्ड हेर्नुस्, सात प्रतिशत कमिसन नदिइकन आइपिओ जारी नै गर्न दिँदैन । तर कमिसन दिनेहरुको आइपिओ जारी हुने ? गभर्नर नियुक्ति हेर्नुस् त, नीति तथा कार्यक्रमको बीचमा गभर्नरविहीन छौं । जसले मौद्रिक नीतिमा काम गर्नुपर्नेछ । भनेपछि देश कता गइरहेको छ ?’
सांसद श्रेष्ठले नीति तथा कार्यक्रमबाट कांग्रेसको एमालेकरण भएको टिप्पणी गरे । ‘अहिले त झन् एमाले सरकारलाई बधाइ पनि दिन चाहन्छु, किनभने यो पालि उहाँहरुले कांग्रेसलाई पनि एमालेकरण गरिदिनुभएको छ। सुखी नेपाली, समृद्ध नेपाल अब यो संसदले ‘क्यारी’ गरिसकेको छ । यो नीति त पास गरिसकेको छ । मलाई के चिन्ता लागेको छ भने यी दुई दल आगामी चुनावमा के एजेण्डा लिएर जनताकहाँ जान्छन् ? सैद्धान्तिक र व्यवहारिक हिसाबले दुई फरक कोणका दल बनेर अब नीतिमा पनि उहाँहरुको ऐक्यबद्धता भइसकेको छ,’ उनले भने ।
सांसद श्रेष्ठले नीति तथा कार्यक्रम यथास्थितिको निरन्तरता भएको बताए । ‘नीति के हो, कार्यक्रम के हो, छुट्याउन नसक्ने स्थिति छ । पहिलाकै कपी पेस्ट गरेर ल्याएको पुरानै ढर्राको छ, गुदी कुरा केही पनि छैन । समाधान दिने खालका कुरा केही पनि छैन । यथास्थितिको निरन्तरता मात्रै छ । नविनता, परिवर्तन र सापेक्षताको अभाव छ,’ उनले भने ।
श्रेष्ठले अर्थतन्त्रप्रति सरकारको चिन्ता नै नभएको देखिएको र मन्दीविरुद्ध प्रभावकारी कदम चाल्ने केही कुरा नआएको टिप्पणी गरे । ‘युवा पुस्ता र भविष्यप्रतिको बेखबरपन छ । दुरदृष्टि र आत्मनिर्भरताको अभाव पनि देखिन्छ । पूर्वाधार, आत्मनिर्भर अर्थतन्त्र र नवप्रर्वतनको खाका नै देखिएको छैन । कार्यान्वयनको कमजोर श्रृंखलामा आएको छ । सरकारसँग पैसा खर्च गर्न सक्ने क्षमता नै छैन,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: