मुम्बई । गायक अरिजित सिंहले आफ्नो स्वरले करोडौं मानिसलाई दीवाना बनाएका छन् । उनले आफ्नो करियरमा यस्ता गीत गाएका छन्, जुन सबैको मनमा बसिरहेको छ, जो अझै सयौं बर्षसम्म पनि बस्नेछ । यसबाहेक अरिजित सिंह आफ्नो सादगीका लागि पनि परिचित छन् ।
अब भने अरिजित सिंहले आफ्नो होटल मार्फत समाजसेवाको काम पनि गरिरहेका छन् । मुर्शिदाबाद (पश्चिम बंगाल) मा अरिजित सिंहको गृहनगर जियागञ्जमा ‘हेशेल’ नामको होटल छ, जसको व्यवस्थापन उनको परिवारले गर्छ। यस होटलमा ३० रुपैयाँमा नै स्वादिष्ट खाना पाइन्छ। यो होटल श्रमिक वर्गका लागि हो, जसले कम पैसा खर्च गरेर आफ्नो पेट भर्न सक्छन्।
यसका साथै होटलमा नन–भेज खाना पनि उपलब्ध छ, जुन ग्राहकलाई सुपथ मुल्यमा उपलब्ध गराइन्छ । यस होटलको मर्मत सम्भारमा पनि अरिजितको सक्रिय भूमिका रहेको बताइएको छ। उनको समाजसेवी छवीले उनलाइ थप लोकप्रिय बनाएको छ।
खासमा सन २००५ मा गायन रियालिटी शो मा हार्दा पनि उनले कडा मेहनतले आफ्नो छाप छाडेका थिए। यति धेरै लोकप्रियताका बाबजुद पनि उनी आफ्नो पुर्ख्यौली घरमा बसेर सादा लुगा लगाएर गाउँका गल्लीमा स्कुटरमा घुमफिर गरेको देखिन्छ । आफ्नो सरल जीवनशैलीका कारण अरिजितले पृथ्वीमा बसेर जनताको सेवा गर्नमा नै वास्तविक सफलता रहेको बताउँदै आएका छन् ।
अरिजित सिंहले १८ वर्षको उमेरमा आफ्नो करियर सुरु गरेका थिए। उनले ‘आशिकी २’ को ‘तुम ही हो’ गीतबाट निकै नै लोकप्रियता कमाउन सफल भए । एक दशकभन्दा लामो आफ्नो करियरमा अरिजित सिंहले हिन्दी, बंगाली, मराठी र तेलुगुलगायत धेरै भाषामा ३०० भन्दा बढी गीतहरूमा स्वर दिएर विश्वभरका मानिसहरूको मन जितेका छन्।
अरिजित सिंह बलिउडका सबैभन्दा धेरै कमाउने गायक बनेका छन् । डीएनए रिपोर्टका अनुसार उनको अहिले वार्षिक आम्दानी ७० करोड रहेको छ र उनको कुल सम्पत्ति ४१४ करोड रुपैयाँ छ ।
फोर्ब्सका अनुसार अरिजितले सन् २०१९ मा ७१ करोड रुपैयाँ कमाएका थिए । उनले एउटा गीतका लागि १० लाख रुपैयाँ र कन्सर्टका लागि ५० लाखदेखि १।५ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: