Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

गायक अरजित सिंहले आफ्नो होटलमा खुवाउँछन ३० रूपैयामा नै खाना

खबरडबली संवाददाता

मुम्बई । गायक अरिजित सिंहले आफ्नो स्वरले करोडौं मानिसलाई दीवाना बनाएका छन् । उनले आफ्नो करियरमा यस्ता गीत गाएका छन्, जुन सबैको मनमा बसिरहेको छ, जो अझै सयौं बर्षसम्म पनि बस्नेछ । यसबाहेक अरिजित सिंह आफ्नो सादगीका लागि पनि परिचित छन् ।

अब भने अरिजित सिंहले आफ्नो होटल मार्फत समाजसेवाको काम पनि गरिरहेका छन् । मुर्शिदाबाद (पश्चिम बंगाल) मा अरिजित सिंहको गृहनगर जियागञ्जमा ‘हेशेल’ नामको होटल छ, जसको व्यवस्थापन उनको परिवारले गर्छ। यस होटलमा ३० रुपैयाँमा नै स्वादिष्ट खाना पाइन्छ। यो होटल श्रमिक वर्गका लागि हो, जसले कम पैसा खर्च गरेर आफ्नो पेट भर्न सक्छन्।

यसका साथै होटलमा नन–भेज खाना पनि उपलब्ध छ, जुन ग्राहकलाई सुपथ मुल्यमा उपलब्ध गराइन्छ । यस होटलको मर्मत सम्भारमा पनि अरिजितको सक्रिय भूमिका रहेको बताइएको छ। उनको समाजसेवी छवीले उनलाइ थप लोकप्रिय बनाएको छ।

खासमा सन २००५ मा गायन रियालिटी शो मा हार्दा पनि उनले कडा मेहनतले आफ्नो छाप छाडेका थिए। यति धेरै लोकप्रियताका बाबजुद पनि उनी आफ्नो पुर्ख्यौली घरमा बसेर सादा लुगा लगाएर गाउँका गल्लीमा स्कुटरमा घुमफिर गरेको देखिन्छ । आफ्नो सरल जीवनशैलीका कारण अरिजितले पृथ्वीमा बसेर जनताको सेवा गर्नमा नै वास्तविक सफलता रहेको बताउँदै आएका छन् ।

अरिजित सिंहले १८ वर्षको उमेरमा आफ्नो करियर सुरु गरेका थिए। उनले ‘आशिकी २’ को ‘तुम ही हो’ गीतबाट निकै नै लोकप्रियता कमाउन सफल भए । एक दशकभन्दा लामो आफ्नो करियरमा अरिजित सिंहले हिन्दी, बंगाली, मराठी र तेलुगुलगायत धेरै भाषामा ३०० भन्दा बढी गीतहरूमा स्वर दिएर विश्वभरका मानिसहरूको मन जितेका छन्।

अरिजित सिंह बलिउडका सबैभन्दा धेरै कमाउने गायक बनेका छन् । डीएनए रिपोर्टका अनुसार उनको अहिले वार्षिक आम्दानी ७० करोड रहेको छ र उनको कुल सम्पत्ति ४१४ करोड रुपैयाँ छ ।

फोर्ब्सका अनुसार अरिजितले सन् २०१९ मा ७१ करोड रुपैयाँ कमाएका थिए । उनले एउटा गीतका लागि १० लाख रुपैयाँ र कन्सर्टका लागि ५० लाखदेखि १।५ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना प्रक्रिया अघि बढाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...

डोल्पामा बोलेरो जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु, १३ जना घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस, कानुनविद्सँग परामर्श

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...

गृहमन्त्री गुरुङको धनकुटा भ्रमण : मन्दिर दर्शनदेखि सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षण

धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...

सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढ्दैछ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...

नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...

डोल्पाको जगदुल्लामा जिप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...

संविधान संशोधन हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...

निजामती सेवामा राजीनामा बढ्यो, १५ दिनमै १४६ कर्मचारीले छाडे सेवा

काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending