Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

सरकार फेरिएसँगै रोकिएको भुटानी शरणार्थी प्रकरणको अनुसन्धान ठप्प

खबरडबली संवाददाता

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथिको अनुसन्धान १० महिनादेखि जहाँको तहीँ छ । गत वर्ष १४ असारमा मुख्य बिचौलिया बेचन झा पक्राउ परेका थिए । उनीमार्पmत त्यसमा संलग्न थप उच्च तहका व्यक्तिहरू खुल्ने अपेक्षा थियो । तर, नयाँ सरकार बनेसँगै यो प्रकरणमा थप प्रगति छैन । बरु, अनुसन्धान नै ठप्प छ ।

झा पक्राउ परेसँगै गत वर्ष असारमा सरकार परिवर्तनको दौडधुप सुरु भएको थियो । झा पक्राउको भोलिपल्टै कांग्रेस र एमालेबिच सरकार बनाउने सहमति भयो । ३० असारमा केपी ओली प्रधानमन्त्री नियुक्त भए । 

त्यतिवेला झा पक्राउ पर्नु र सरकार परिवर्तन हुुनु संयोग मात्र नभएको प्रहरी अधिकारी बताउँछन् । झामार्पmत थप उच्च राजनीतिक व्यक्ति पनि तानिने भएपछि सरकार नै ढालिएको दाबी माओवादी र रास्वपाका नेताहरूले गर्दै आएका छन् । 

झाले नै गृह मन्त्रालय र उच्च तहको राजनीतिक नेतृत्वबिच समन्वय गरेर नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो । तर, सरकार फेरिएसँगै सामान्य सोधपुछ मात्र गरिँदा यसमा संलग्न उच्च तहका व्यक्तिहरू अनुसन्धानको दायरामा आउन सकेका छैनन् । 

जबकि यसमा पूर्वगृहमन्त्री एवं एमाले नेता रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा, प्रधानमन्त्री ओलीका पिए राजेश बज्राचार्यसम्मको नाम बिचौलियाले बयानका क्रममा लिएका थिए । त्यसैगरी आरजु देउवा र मञ्जु खाणसँग पनि ‘सेटिङ मिलाएको’ भन्ने व्यहोराका अडियोसमेत सार्वजनिक भएका थिए । ती विषयमा अझै अनुसन्धान हुन सकेको छैन । 

कांग्रेस नेता रमेश लेखक गृहमन्त्री बनेसँगै शरणार्थी प्रकरणमाथिको अनुसन्धान अघि बढेको छैन । घटनाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालिन प्रमुख एसएसपी बसन्त रजौरेले झाको मोबाइल फरेन्सिक परीक्षणका लागि प्रयोगशाला पठाएका थिए । परीक्षणका क्रममा नयाँ तथ्य खुल्दै थियो । परीक्षणपछि पोल खुल्ने डरले अनुसन्धानलाई बीचैमा थाति राखिएको स्रोतको दाबी छ । 

पहिलो चरणमा प्रहरीले ३० जनाविरुद्ध १० जेठ ०८० मा मुद्दा दायर गरेको थियो । त्यतिखेर प्रमाण नपुगेका उच्चपदस्थविरुद्ध दोस्रो चरणमा अनुसन्धान गरिने बताइए पनि त्यसो हुन सकेन । सरकार फेरिएपछि प्रहरीले बेचन झासँग सामान्य सोधपुछ मात्रै गरेर मुद्दा दायर गरेको थियो । 

‘भुटानी शरणार्थी अनुसन्धान प्रकृया अघि बढेको छैन । जुन विन्दुमा अनुसन्धान रोकिएको थियो, अहिले पनि त्यहीँ छ । माथिको आदेश आयो भने नयाँ ढंगले अघि बढ्छ,’ काठमाडौं परिसर स्रोतले नयाँ पत्रिकासँग भन्यो ।

प्रहरीको इतिहासकै हाई प्रोफाइल मुद्दा मानिएको यसमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत पक्राउ परेका थिए । 

त्यस्तै, रायमाझीका छोरा सन्दीप रायमाझी, खाणका पिए नरेन्द्र केसी, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलगायत पक्राउ परेका थिए । उनीहरूमध्ये टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, बेचन झा र प्रतीक थापा मात्र हाल पुर्पक्षका लागि कारागारमा छन् । तर, घटनामा प्रत्यक्ष जोडिएका पूर्वगृहमन्त्री खाण भने धरौटीमा कारागार मुक्त भएका छन् । उनको निर्देशनमा काम गर्ने पाण्डे भने दुई वर्षदेखि थुनामा छन् । गत दुई महिनाअघि कारागारबाटै अवकाश पाए । 

यो मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । मुद्दा दायर गरिएकोमध्ये नीरज राईलगायत केही व्यक्ति अझै फरार नै छन् । जिल्ला अदालतमा समेत मुद्दाको सुनुवाइ अघि बढेको छैन । 

त्यतिवेला यसका आरोपीमाथि सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कसुरमा समेत अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पत्राचार भएको थियो । ती मुद्दामा पनि अनुसन्धान अघि बढ्न सकेको छैन । 

बादल गृहमन्त्री हुँदा दर्ता छुट भएका भुटानी शरणार्थीको विषयमा अध्ययन गर्ने भन्दै समिति बनाइएको थियो । पछि बालकृष्ण खाण गृहमन्त्री भएपछि अध्ययन समितिको प्रतिवेदनमै किर्ते गरेर ८७५ जनाको नाम थप गरिएको थियो । त्यसरी नाम थपिएकासँग करिब एक अर्ब रुपैयाँ उठाएर उनीहरूलाई अमेरिका लैजाने प्रयास भएको थियो ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending