लहान । हुलाकी मार्गमा पर्ने सिराहा र धनुषा जिल्लाको सीमा रहेको कमला नदी तर्न बनाएको अस्थायी बाँसको पुल बाढीले बगाएपछि मङ्गलबार मङ्गलबारदेखि स्थानीयहरूलाई समस्या भएको छ ।
चारवर्ष पहिले कमलापुल उद्घाटन नहुँदै पूर्वी सिराहा तर्फको पाया भासिएपछि कात्तिकदेखि असारसम्म अस्थायी बाँसको पुल बनाएर सात महिना नदी तर्ने कार्य हुँदै आइरहेको छ ।
सोमबार राति भएको भारी वर्षाका कारण बनाएका अस्थायी बाँसको पुल बगाएपछि नदी तर्न समस्या भएको हो । वर्षा लागेपछि मोटरसाइकल पूर्णरूपमा बन्द हुने गरेको समस्या झेल्दै आइरहेको सिराहा र धनुषाका स्थानीयहरूलाई यस वर्ष वैशाख महिनामा नै अस्थायी बाँसको पुल बगाएपछि झन् समस्या भएको सिराहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले बताए ।
बाँसको पुल बर्सातको समयमा काम नहुने भएपछि स्थानीय किसानहरूलाई भासिएकै पुलमा बाँसको सिढी जोढेर आउजाउ गर्ने बाध्यता रहेको छ । मधेश प्रदेशको जीवनरेखा मानिएको हुलाकी सडक निर्माण भएपछि सिराहा सप्तरी र धनुषा जिललाका लागि अति सहज भएको खुसयाली छाएको थियो । पुला उद्घाटन नहुँदै भासिएपछि सारा खुसी निरासामा बदलिएको सिरहा नगरपालिका प्रमुख नविनकुमार यादवले बताए ।
उनको अनुसार सिराहा–६ नम्बर वडाका अधिकांश किसानहरूको खेती कमलापारी धनुषामा परेकाले वर्षाको समयमा खेतिपाती गर्नें असहजता त छनै साथै आधा घण्टामा मधेश प्रदेशका राजधानी जनकपुर पुग्न तीन घण्टा लाग्ने छ । पुल निर्माणका लागि मधेश प्रदेश सरकार र सङ्घीय सरकारलाई पटक पटक पत्राचार र भेटेरै जानकारी गराएपनि कुनै सुनवाइ भइरहेको छैन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले सिराहाको विभिन्न सार्वजानिक कार्यक्रमहरुमा सङ्घीय सरकारले पुल निर्माण गर्ने ठेकेदारहरूलाई कारबाही गरी पुल निर्माणका लागि सङ्घीय सरकारलाई गुहारे पनि कुनै पहल नभएको बताउँदै आइरहेका छन् । मधेश प्रदेश सरकारले आफ्नै बजेटबाट भए पनि कमला पुल निर्माण गरी छाडने तर यसका लागि केहि समय लाग्ने केहि दिन पहिले लहानमा पत्रकारहरुसँगको भेटघाटमा प्रतिबद्धता गरेका थिए ।
पुल भासिएपछि मुख्यमन्त्री विभागीय सचिव, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व गृहमन्त्री नारायण काजी श्रेष्ठ पूर्व यातायात तथा भौतिक मन्त्री रघुवीर महासेठले समेत स्थलगत निरिक्षण गरेर पुल निर्माण कार्य चाँडै हुने विश्वास दिलाएका थिए ।
चार सय ७० मिटर लामो ११ मिटर चौडाई साढे तीन वर्षभित्रै सम्पन्न गर्नेगरी २०६८ साल मङ्सिरमा २४ करोड ९१ लाखमा पप्पु विल्डर्स कन्सट्रक्सनले लिएको थियो । पटक पटक म्याद थप्दापनि पुल निर्माण कार्य अघि नबढ्दा २०७५ सालमा हुलाकी मार्ग निर्माणका लागि वरिष्ट लेखक रामरिझन यादवको नेतृत्वमा रिले अनसन गरेर दबाब सृजना गर्दा हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्सट्रक्सनबाट ठेका तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्ट्रक्सनले सम्झौता गरेको थियो । २०७८ असार १३ गतेभित्र सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार काम तीव्र गतिमा अघि बढ्यो । काम सम्पन्न भएर उद्घाटन गर्न तयारी भइरहेको अवस्थामा २०७८ असार १७ गते आएको बाढीले पुलको पूर्वपट्टीकाे पाया भासिएको थियो । पश्चिमपटिको पायामा समेत असर परेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: