कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा सेवा प्रवाहदेखि हालसम्म ७५ जना सिकलसेल थालसेमियाका बिरामी फेला परेका छन् । विक्रम संवत् २०७७ साल चैत २९ गतेबाट कोहलपुर नगरपालिकाले छुट्टै युनिट स्थापना गरी सेवा प्रारम्भ गरेको थियो । जसमा ७० जना सिकलसेल र पाँच जना थालसेमियाका बिरामी फेला परेका हुन । आर्थिक वर्ष २०८१/८२ को हालससम्म एक सय ३६ जनाको परीक्षण गरीएको छ ।
जसमा सिकलसेल बाहक १० जना, सिकलसेल रोगी चार जना र थालेसिमिया एक जनामा रोग पहिचान भएको थियो । सिकलसेल बाहकले बाहकसँग मात्रै विवाह गर्दा उपयुक्त हुने कोहलपुर नगरपालिकाका सिकलसेल फोकल पर्सन शिव गौतमले बताए। उनका अनुसार कोहलपुर नगरपालिकाको १५ वटा वडामध्ये ३, ४, ५, ६, ७ र १५ वडामा थारू समुदायको धेरै बाहुल्यता रहेको छ ।
थारू समुदायका व्यक्तिहरूमा यो रोग लाग्ने भएकाले समुदाय स्तरमै पुगेर अभिमुखीकरण कार्यक्रमहरू नियमित गर्दे आएको पनि फोकल पर्सन गौतमले बताए। यो रोग लाग्न नदिन बिहे गर्नु पूर्व रोग परीक्षण गर्नुपर्ने उनको सुझाव रहेको छ । यो रोग नियन्त्रण गर्नका लागि सिकलसेल नगर कमिटी पनि गठन गरिएको छ ।
कोहलपुर नगरपालिकाले परीक्षण गरेर रोग पत्ता लागिसकेपछि थप उचार गर्नुपर्ने अवस्थामा भेरी अस्पताल नेपालगन्जमा रिफर गर्ने गरिएको नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए। उनले कोहलपुरमा सिकलसेल थालेसिमियाको परीक्षण युनिट राख्दा रोगको पहिचानमा सहयोग पुगेको र आगामी दिनमा पनि यो कार्यक्रमले निरन्तरता पाउने बताएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: