Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

ताप्लेजुङकाे दुर्गम ग्याब्ला गाउँमा लघु जलविद्युत योजना निर्माण हुने

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङकै एक दुर्गम लेलेपको ग्याब्ला गाउँको विद्युतीकरणका लागि लघु जलविद्युत योजना निर्माण हुने भएको छ । पर्यटकीय क्षेत्रका रुपमासमेत रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको ग्याब्ला गाउँमा विद्युत सुविधा पुर्‍याउन नागपोखरी लघु जलविद्युत योजना निर्माण गरिने भएको हो ।

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा पदमार्गअन्तर्गत ग्याब्ला गाउँ पर्दछ । यही पर्यटकीय तथा दुर्गम गाउँमा विद्युतीकरणको पहुँच पुर्‍याउन लघु जलविद्युत योजना निर्माण गर्न लागिएको हो । फक्ताङ्लुङ गाउँपालिकाको लागत साझेदारीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले योजना निर्माण गरिदिने भएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र गाउँपालिकाको साझेदारीमा कुल १५ किलोबाट क्षमताको नागपोखरी लघु जलविद्युत योजना निर्माण गर्नेगरी प्रक्रिया सुरु भएको फक्ताङ्लुङ गाउँकार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले जानकारी दिइन । शेर्पाका अनुसार योजना निर्माणमा लाग्ने कुल लातग रकममध्ये गाउँपालिकाको १० प्रतिशत र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ९० प्रतिशत लगानी रहने छ। 

लघु जलविद्युत योजना निर्माण गर्न कुल एक करोड ७२ लाख ८८ हजार १८१ रुपियाँ रकम खर्च हुने भएको छ। उक्त कुल रकमको १० प्रतिशत बराबर १७ लाख २८ हजार ८१८ रुपियाँ रकम गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धधन केन्द्रको खातामा जम्मा गरिसकेको जनाएको छ । यता योजना निर्माणका लागि बजेट सुनिश्चित भएसँगै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बोलपत्र आह्वानको प्रक्रियासमेत सुरु गरी सकेको कार्यपालिका सदस्य शेर्पाले जानकारी दिए ।

उनका अनुसार ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सुरु भएको बोलपत्रको प्रक्रिया करिव डेढ महिनासम्ममा पूरा हुने र योजना निर्माणको काम अघि बढ्ने छ। पर्यटकीय क्षेत्र भएर पनि विकट तथा दुर्गम भेग भएका कारण ग्याब्ला गाउँ विद्युतीय पहुँचमा पुग्न नसकेको पर्यटन व्यवसायी बताउँछन् ।

विद्युत योजना निर्माण भएपछि भने करिव तीन दर्जन परिवारको बसोबास रहेको ग्याब्लाका बासिन्दा र कञ्चनजङ्घा भ्रमणमा आउजाउ गर्ने पर्यटकलाई सहज हुने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending