Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

अब इतिहास फर्किदैन : अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

टीकापुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती राजतन्त्र नफर्किने बताएको छन् । तराई मधेश जागरण हुलाकी मार्ग अभियानमा सहभागी हुन सुदूरपश्चिम पुगेको अध्यक्ष प्रचण्डले मङ्गलबार टीकापुर नगरपालिका–९ झुङ्गामा आयोजितसभालाई सम्बोधन गर्दै यस्तो बताएको हो ।

‘‘बुद्धि भए पनि नभए पनि, जतिसुकै ठग डाँका भए पनि वंशका आधारमा राजा हुने व्यवस्था हटाएर सार्वभौमसत्ता सम्पन्न जनता हुने संविधान जनताका छोराछोरीले लेखिसके ।,’’ प्रचण्डले भने, ‘‘बेला मौकामा संविधान कुल्चेर राजा महाराजा कहाँ सत्ता लिन सकिन्छ कि तानाशाहीतिर जान सकिन्छ भनेर कोसिश गर्दैछन् अब इतिहास फर्किदैन ।’’

अध्यक्ष प्रचण्डले सामन्तीहरुका विरुद्ध क्रान्तिकारीहरुले चैत १५ गते काठमाडौँमा विशाल प्रदर्शन गरेपछि राजावादीहरुले हत्या, हिंसा, आगजनी गरेर वितण्डा मच्चाएको र असफल भएर पतनको बाटोमा गएको बताए।

थोरै सिटको पार्टीले सरकार चलाउनु हुँदैन भनेर ठुला दल मिलाएर माओवादी सरकाबाट बाहिरिदा पनि फाइदा भएको र भ्रष्टाचारको विरोध सुशासनको पक्षमा, विभेदका विरुद्धमा सामाजिक न्यायका पक्षमा काम गर्ने सङ्कल्प लिएर अभियानमा आएको बताउँदै अध्यक्ष प्रचण्डले अब सरकार चलाउन पुग्ने गरी भोट आग्रह गरे।

उनले सहिद परिवार, बेपत्ताका परिवार, घाइते अपाङग, जेलनेल भोगेका र आम नागरिक गरी एक करोड मानिससम्म पुगेको पनि बताए ।

यसैगरी,  अध्यक्ष प्रचण्डले आफ्नो पार्टी जगैबाट देशको अर्थतन्त्र राम्रो बनाउन लागेको बताए।

‘‘माओवादीले जितेका  १२३ वटै पालिकामा काम भइरहेको छ । वैधानिक संस्थाहरुले गरेका मूल्याङ्कनले राम्रो काम गर्ने पहिलो, दोस्रो, तेस्रो भएका पालिका र महानगरपालिकामा वर्षेनी पहिलो हुने महानगरपालिकामा पनि नेकपा माओवादी केन्द्रले जितेको छ । माओवादीको सरकार टाढैबाट देखिने हुनुपर्छ ।’’

अभियानमा नेकपा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, नन्दबहादुर पुन, पम्फा भुषाल, अग्नीप्रसाद सापकोटा, देवप्रसाद गुरुङ, गिरिराजमणी पोखरेल, खगराज भट्ट लगायत सहभागी छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँग एकताको कुनै सम्भावना छैन: माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...

रास्वपा महाधिवेशन स्थलमा तीन वटा हेल्थ डेस्क स्थापना

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...

रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन: प्रवक्ता मनिष झा

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...

रास्वपा महाधिवेशनका लागि झण्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

सभापति रवि लामिछानेको अपिल: स्वस्थ प्रतिस्पर्धाबाट नयाँ उचाइमा पुग्नेछौँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...

बालकुमारीमा प्रहरीले चलायो गोली

काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक सुरु, महाधिवेशन तयारीबारे छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...

एसियाली करातेमा एरिकालाई कांस्य

काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्।  शुक्रबार भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending