Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

अब इतिहास फर्किदैन : अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

टीकापुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती राजतन्त्र नफर्किने बताएको छन् । तराई मधेश जागरण हुलाकी मार्ग अभियानमा सहभागी हुन सुदूरपश्चिम पुगेको अध्यक्ष प्रचण्डले मङ्गलबार टीकापुर नगरपालिका–९ झुङ्गामा आयोजितसभालाई सम्बोधन गर्दै यस्तो बताएको हो ।

‘‘बुद्धि भए पनि नभए पनि, जतिसुकै ठग डाँका भए पनि वंशका आधारमा राजा हुने व्यवस्था हटाएर सार्वभौमसत्ता सम्पन्न जनता हुने संविधान जनताका छोराछोरीले लेखिसके ।,’’ प्रचण्डले भने, ‘‘बेला मौकामा संविधान कुल्चेर राजा महाराजा कहाँ सत्ता लिन सकिन्छ कि तानाशाहीतिर जान सकिन्छ भनेर कोसिश गर्दैछन् अब इतिहास फर्किदैन ।’’

अध्यक्ष प्रचण्डले सामन्तीहरुका विरुद्ध क्रान्तिकारीहरुले चैत १५ गते काठमाडौँमा विशाल प्रदर्शन गरेपछि राजावादीहरुले हत्या, हिंसा, आगजनी गरेर वितण्डा मच्चाएको र असफल भएर पतनको बाटोमा गएको बताए।

थोरै सिटको पार्टीले सरकार चलाउनु हुँदैन भनेर ठुला दल मिलाएर माओवादी सरकाबाट बाहिरिदा पनि फाइदा भएको र भ्रष्टाचारको विरोध सुशासनको पक्षमा, विभेदका विरुद्धमा सामाजिक न्यायका पक्षमा काम गर्ने सङ्कल्प लिएर अभियानमा आएको बताउँदै अध्यक्ष प्रचण्डले अब सरकार चलाउन पुग्ने गरी भोट आग्रह गरे।

उनले सहिद परिवार, बेपत्ताका परिवार, घाइते अपाङग, जेलनेल भोगेका र आम नागरिक गरी एक करोड मानिससम्म पुगेको पनि बताए ।

यसैगरी,  अध्यक्ष प्रचण्डले आफ्नो पार्टी जगैबाट देशको अर्थतन्त्र राम्रो बनाउन लागेको बताए।

‘‘माओवादीले जितेका  १२३ वटै पालिकामा काम भइरहेको छ । वैधानिक संस्थाहरुले गरेका मूल्याङ्कनले राम्रो काम गर्ने पहिलो, दोस्रो, तेस्रो भएका पालिका र महानगरपालिकामा वर्षेनी पहिलो हुने महानगरपालिकामा पनि नेकपा माओवादी केन्द्रले जितेको छ । माओवादीको सरकार टाढैबाट देखिने हुनुपर्छ ।’’

अभियानमा नेकपा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, नन्दबहादुर पुन, पम्फा भुषाल, अग्नीप्रसाद सापकोटा, देवप्रसाद गुरुङ, गिरिराजमणी पोखरेल, खगराज भट्ट लगायत सहभागी छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending