मुम्बई । बलिउड अभिनेता रितेश देशमुखको आगामी चलचित्र ुराजा शिवाजीु को सेटमा एउटा दुखद दुर्घटना भएको छ। कोरियोग्राफी टोलीका २६ वर्षीय नर्तक सौरभ शर्माको मृत्यु भएको हो।
सौरभ दुई दिनअघि सतारामा बेपत्ता भएका थिए । प्रहरीले अप्रिल २४ को बिहान उनको शव फेला पारेको थियो। यो दुर्घटनापछि फिल्मको छायांकन रोकिएको छ।
प्रहरीका अनुसार घटना अप्रिल २२ मा भएको थियो। गीतको छायांकन सतारा जिल्लाको कृष्णा नदी नजिकैको संगम माहुली गाउँमा भइरहेको थियो। सुटिङ सकिएपछि, सौरभ नुहाउन नदीमा गए। नुहाउने क्रममा नदीको तीव्र धारले उनलाई बगाएको थियो।
जब टोलीले सौरभलाई फेला पार्न सकेन, प्रहरीलाई खबर गरियो। उद्धार टोली घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको थियो । तर, साँझको समय भएकोले अँध्यारो हुने बित्तिकै खोजी कार्य रोकियो। भोलिपल्टदेखि फेरि सौरभको खोजी सुरु भयो तर उद्धार टोलीले कुनै सफलता हासिल गर्न सकेन। बिहीबार, अर्थात् २४ अप्रिलमा, प्रहरीले सौरभको शव फेला पर्यो । यस विषयमा आकस्मिक मृत्युको मुद्दा दर्ता गरिएको छ।
छत्रपति शिवाजी महाराजको जीवनमा आधारित यो फिल्ममा रितेश मुख्य भूमिकामा देखिनेछन्। यो फिल्मलाई रितेश आफैँले निर्देशन गरिरहेका छन्।
यो फिल्म हिन्दी र मराठी भाषामा रिलिज हुनेछ। यो फिल्म रितेशकी श्रीमती जेनेलिया देशमुख र ज्योति देशपाण्डेले निर्माण गर्दैछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...



प्रतिकृया लेख्नुहोस्: