काठमाडौं । पहलगाम आतंकवादी हमलापछि भारतले सिन्धु जल सन्धि निलम्बन गरेको छ । यसको प्रतिक्रियामा पाकिस्तानका रेलमन्त्री हनिफ अब्बासीले भारतलाई आणविक बमको धम्की दिएका छन्। रावलपिंडीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ‘यदि भारतले पाकिस्तानलाई पानी रोक्यो भने त्यसको उचित जवाफ दिइनेछ।’
हनिफ अब्बासीले भने, ‘हाम्रा सबै क्षेप्यास्त्रहरू भारततिर फर्किएका छन्। यदि भारतले कुनै दुस्साहस गर्ने निर्णय गर्छ भने उसले यसको मूल्य चुकाउनुपर्नेछ। हामीसँग संसारको सबैभन्दा शक्तिशाली आणविक बम छ। हामीले गौरी, शाहीन, गजनवी जस्ता मिसाइल र १३० वटा आणविक बम भारतको लागि राखेका छौं। कूटनीतिक प्रयाससँगै हामीले हाम्रा सिमानाको रक्षा गर्न पूर्ण तयारी पनि गरेका छौं। पहलगाम आक्रमण त एउटा बहाना मात्र हो, सिन्धु जल सन्धि भारतको रडारमा छ।’
हनिफले पाकिस्तानी सेनाले आवश्यक परेमा रेलवे प्रयोग गर्न सक्ने बताए । उनले भने ‘पाकिस्तान रेलवे सेनालाई सहयोग गर्न सधैं तयार छ।’ हनिफ अब्बासी पाकिस्तान मुस्लिम लिग ९नवाज० का नेता हुन्। उनले आफ्नो राजनीतिक करियर जमात(ए(इस्लामीको सदस्यको रूपमा सुरु गरेका थिए। उनी २००८ मा पीएमएल(एनमा सामेल भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...



प्रतिकृया लेख्नुहोस्: