काठमाडौं । सरकारको भविष्यबारे सशङ्कित प्रधानमन्त्री केपि ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले राहत दिएका छन् । सरकारको निरन्तरता र भविष्यबारे एमाले नै सशङ्कित भइरहेको बेलामा काङ्ग्रेस सभापति देउवाले समीकरण फेरबदल नहुने भन्दै प्रष्ट पारेका हुन् ।
बैङ्कक भ्रमणमा देउवा निस्किएसँगै सरकार परिवर्तन हुने हल्ला बढिरहेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले बिहीबार संसदीय दलको बैठक राखेर देउवा फर्किएपछि समीकरण फेरबदलबारे छलफल गर्ने ब्रिफिङसमेत गरेका थिए ।
बिहीबार नै प्रधानमन्त्री ओली, प्रचण्ड र काङ्ग्रेस महामन्त्री गगन थापाले सरकारको निरन्तरताबारे सशङ्कित हुने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रियता र स्वाधीनताबारे एमालेले स्पष्ट अडान लिएका विदेशका दलाल तत्वहरू एमालेविरूद्ध खनिएको दाबी गरेका थिए । आफ्नो नेतृत्वमा काङ्ग्रेस(एमाले गठबन्धन सरकार बनेपछि पहिलो पटक विदेशका दलला तत्वहरू एमालेविरूद्ध लागेको उनको अभिव्यक्ति थियो ।
शुक्रबार बैङ्ककबाट फर्किएका काङ्ग्रेस सभापति देउवालाई सञ्चारकर्मीहरूले समीकरण फेरबदलको सम्भावनाबारे जिज्ञासा राखेका थिए । उनले वर्तमान समीकरण नै अघि बढ्ने बताएका छन् । सरकारमा कुनै पनि समस्या नरहेको उनको भनाइ थियो । “केही समस्या छैन । केही भएकै छैन । गठबन्धन जस्तो छ ठीक छ । केही भएको छैन,” उनको भनाइ थियो ।
समीकरण फेरबदलबारे प्रश्न गर्दा उनले आफूलाई त्यो विषयमा जानकारी नरहेको प्रतिक्रिया देउवाले दिएका छन् । “कसले भन्यो ? मलाई थाहा छैन,” देउवाले भने ।
देउवाको अभिव्यक्तिले सरकार परिवर्तनका लागि बैङ्कक गएको अफवाह चिरेको र सरकारको भविष्यबारे सङ्शकित ओलीलाई समेत राहत मिलेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - २२:३४
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...
श्रावण ७ गते, २०८३ - २२:२७
काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...
श्रावण ७ गते, २०८३ - २२:०४
ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...
श्रावण ७ गते, २०८३ - २१:५४
काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...
श्रावण ७ गते, २०८३ - २१:५३
तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...



प्रतिकृया लेख्नुहोस्: