Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कटारीबाट माओवादीको ९ दिने जनसाङ्गितिक अभियान सुरु

खबरडबली संवाददाता

युवराज कार्की (सन्ताेष)

उदयपुर । उदयपुरको कटारीबाट प्रदेश १ (कोशी) प्रदेशमा नेकपा (ओवादी केन्द्र) को ९ दिने जनसाङ्गितिक अभियान सुरु भएको छ । माओवादी केन्द्रले चुरे तराई लक्षित जनसाङ्गितिक ९ दिने अभियान सुरु गरेको हो ।

माओवादीको केही दिन अगाडि बसेको प्रदेशको सचिवालय बैठकले अभियान चलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार कटारीबाट बुधबारबाट सुरु भएको अभियान आज विहीबार गाईघाट आइपुगेको थियो ।

अभियानको माओवादी उपमहासचिव तथा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले उद्घाटन गरेका थिए । अभियानको उदघाटन गर्दै गजुरेलले तराई, मधेस जागरण अभियान जारी रहेको बताउँदै गजुरेलले मदन भण्डारी राजमार्ग आसपास केन्द्रीत भएर अभियान सुरु भएको बताए । “पुराना राजावादी पुरातन शक्तिहरु फेरि पुरानै व्यवस्था फर्काउनलाई हिजोको अवस्थालाई फर्काउन खोजिरहेका छन् त्यसलाई रोक्न पनि अभियान जारी छ ।” गजुरेलले भने, “उत्तर आधुनिकतावाद र सामन्तीवादी संस्कृति रोक्नका लागि हामीले अभियान चलाएका छौं ।”

माओवादीले आदिवासी जनजाति, मधेसी, दलित सवैको अधिकारका लागि अभियान चलाईरहेको पनि गजुरेलको भनाई थियो । “एकातिर विकृत पूँजिवाद पनि बढिरहेको छ त्यसलाई पनि हामीले रोक्नुपर्नेछ ।” उनले भने, “अवको समाजवादी क्रान्तिमा विदेशी शक्तिहरुलाई रोक्न पनि हामी अभियानमा छौं ।” 

समाजवादी चेतना जागरणका लागि चुरे-तराई जनसाङ्गितिक अभियान अन्रगत कटारीकाे भुगाेलपार्कमा भएकाे कार्यक्रमकाे फाेहाेरकाे सरसफाई (पानीका बाेतल लगायतका फाेहरमैला) 
माओवादी केन्द्र कटारीले गरेकाे कटारी नगर कमिटीका पूर्व अध्यक्ष मणिराज दाहालले बताए । 

उदयपुरको गाइघाट बजारमा कार्यक्रम गरिएको माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले बताए । यस्तै वैशाख १२ गते उदयपुरको बेल्टार, वैशाख १३ गते सुनसरीको धरान, वैशाख १४ गते मोरङको केराबारी बजार,  वैशाख १५ गते मोरङको मधुमल्ला बजार मिक्लाजुङ, वैशाख १६ गते इलामको चुलाचुली, वैशाख १७ गते झापाको बुद्धशान्तिमा र वैशाख १८ गते झापाको बाहुनडाँगीमा गएर टुंगिने उनले बताए ।

अभियानका क्रममा जनसांस्कृतिक महासंघ कोशी प्रदेशका कलाकारहरुले पार्टीको पक्षमा निर्माण गरिएका नाटक, गीत तथा सामूहिक नृत्य र कविताहरु सुनाउने गरेका छन् । प्रदेश समितिको आयोजनामा गरिएको कार्यक्रमलाई स्थानीय पार्टीले व्यवस्थापन गरिरहेको नेम्वाङ्ले बताए । सांस्कृतिक अभियानमा कलाकारको तर्फबाट भने फ्याक्सन इन्चार्ज राकेश किराँती, अनुशा राईलगायतले नेतृत्व गरेका छन् । कार्यक्रममा १–२ जना मात्रै वक्ता राखिएको र पाँच वटासम्म गीत नृत्य तथा अबको बाटो शीर्षकमा नाटक प्रस्तुती हुने नेम्वाङले बताए ।

उद्घाटन समारोह उत्साहजन रहेको र गर्मीको बीचमा पनि स्थानीयहरु स्वतःस्फूर्त आएको नेम्वाङ्को दाबी छ । ‘हामीले गाडीबाट मानिस ओसार्ने भनिएको छैन । कार्यक्रम राख्ने भनेर प्रचार गरिएको छ । मानिसहरु स्वतःस्फूर्त आएका छन् । कार्यक्रम उत्साहजनक भएको छ,’ उनले भने । 

माओवादीले यसअघि तराई मधेश हुलाकी राजमार्ग लक्षित कार्यक्रम संचालन गरेको थियो । सो पार्टीले आगामी ८४ को निर्वाचनमा ठूलो पार्टी बनाउने उद्देश्यका साथ अभियान संचालन गरेको हो । 

अभियानका क्रममा प्रचण्ड नेतृत्वको सरकारको पालामा भ्रष्टाचारीहरु समातेको, सुशासनको सुरुवात गरिएको, सामाजिक न्यायको लागि काम गरिएको र अन्तराष्ट्रिय फोरमहरुमा देशका तर्फबाट दह्रो कुराहरु राखेको बताउने गरेको छ । यस्तै राजावादीहरुले चलाएका भ्रमहरुलाई पनि चिर्ने प्रयास भएको नेम्वाङ बताउँछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending