Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग

खबरडबली संवाददाता

भैरहवा । पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । क्लबका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मामाथि रुपन्देहीको मर्चवारमा आफूलाई दीपेश यादव बताउने व्यक्तिसहित ७–८ जना तस्करहरुको समूहले बैशाख ८ गते संचारउपकरण खोस्ने, भिडियो मेटाउन लगाउने, दुव्र्यबहार गर्ने र भौतिक आक्रमणको प्रयास गरेका थिए ।

घटनामा संलग्नलाई कानूनी दायरामा नल्याइएको बरु प्रहरी नियन्त्रणबाटै भगाइएको भन्दै प्रेस क्लबले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । क्लबको कार्यसमिति, सल्लाहकार, पूर्वपदाधिकारीसहितको बैठकले पत्रकार विश्वकर्माको न्यायका लागि भन्दै पहिलो चरणमा तीन दिवसीय आन्दोलनका कार्यक्रम घोषणा गरेको सचिव शशि पन्थीले जानकारी दिए । क्लबले उक्त आन्दोलनमा प्रेस स्वतन्त्रता, मानव अधिकारवादी र सामाजिक न्यायको पक्षमा हुने सम्पूर्णमा सहयोग र सहकार्यका लागि समेत आह्वान गरेको छ ।

क्लबले पहिलो दिन बैशाख ११ गते बिहीबार बिहान सवा १० बजेदेखि १ घण्टासम्म जिल्ला प्रशासन कार्यालय, रुपन्देही अगाडि धर्ना दिने जनाएको छ । साथै, आन्दोलनका कार्यक्रमबारे नेपाल पत्रकार महासंघसहित विभिन्न पेसागत संघसंगठनलाई जानकारीसहित ऐक्यबद्धताका लागि आग्रह गर्ने विज्ञप्ती मार्फत् जानकारी दिएको छ ।

दोस्रो दिन बैशाख १२ गते शुक्रबार सम्पूर्ण पत्रकारहरुले कालोपट्टी बाँधेर बिहान सवा १० बजेदेखि १ घण्टासम्म प्रशासन अगाडि धर्ना दिने कार्यक्रम तय गरिएको छ । यस्तै, तेस्रो दिन बैशाख १४ गते आइतबार सम्पूर्ण पत्रकारहरुले संचार सामग्रीहरु प्रशासनको गेटमा राखेर, कालोपट्टी बाँधेर बिहान सवा १० बजेदेखि १ घण्टासम्म प्रशासन अगाडि धर्ना दिने जनाइएको छ ।

यसपछि पनि दोषीलाई पक्राउ गरी कानूनी दायरामा नल्याइए दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरी चरणबद्ध आन्दोलनमा उत्रिने क्लबका अध्यक्ष कमल रायमाझीले बताए । ‘न्याय नपाउँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ’, उनले भने, ‘दोस्रो चरणका आन्दोलन काठमाडौं केन्द्रित पनि हुन सक्छन् ।’

क्लबले दोषीउपर कारबाहीको मागसहित सम्बन्धित निकायमा उजुरी दिइसकिएको जनाएको छ । पत्रकार विश्वकर्मामाथि घटाइएको घटनाबारे लुम्बिनी प्रेस क्लब, नेपाल पत्रकार महासंघ, रुपन्देही शाखा, महासंघ लुम्बिनी प्रदेश, महासंघ केन्द्रिय समितिसहित विभिन्न संघसंगठनले यसअघि नै विज्ञप्ती जारी गरी दोषीमाथि कारबाहीको माग गरिसकेका छन् । उक्त घटना घटेको दुई घण्टापछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता समेत रहेका डीएसपी सुरज कार्कीले पत्रकार विश्वकर्मामाथि आक्रमण प्रयास गर्ने दीपेश यादव पक्राउ परेको जानकारी गराएको तर, पक्राउ गरिएका यादव सोही दिन साँझपख प्रहरीकै नियन्त्रणबाट भागेको भन्ने गैरजिम्मेवारी कुरा अहिले प्रहरीले गरिरहेको विज्ञप्तीमा उल्लेख छ ।

यसबारे सतथ्यतथ्य छानविन गरी दोषी र दोषी भगाउन सहयोग गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब र नेपाल पत्रकार महासंघ, रुपन्देहीले २४ घण्टाको अल्टिमेटम दिँदै बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । ‘तर, २४ घण्टा वित्दा समेत प्रहरी प्रशासनबाट दोषी र दोषी भगाउने प्रहरीलाई कानूनी दायरामा ल्याइएको कुनै जानकारी प्राप्त भएको छैन । जसले गर्दा पीडित पत्रकार विश्वकर्माले न्याय पाउनेमा अझै विश्वस्त हुने अवस्था छैन’, विज्ञप्तीमा भनिएको छ ।

प्रेस विज्ञप्ती

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार राधेश्याम विश्वकर्मामाथि रुपन्देहीको मर्चवारमा आफूलाई दीपेश यादव बताउने व्यक्तिसहित ७–८ जना तस्करहरुको समूहले मिति २०८२।०१।०८ गते संचारउपकरण खोस्ने, भिडियो मेटाउन लगाउने, दुव्र्यबहार गर्ने र भौतिक आक्रमणको प्रयास गरेको विषयमा दोषीउपर कारबाहीको मागसहित सम्बन्धित निकायमा उजुरी दिइसकिएको छ । पत्रकार विश्वकर्मामाथि घटाइएको घटनाबारे लुम्बिनी प्रेस क्लब, नेपाल पत्रकार महासंघसहित विभिन्न संगठनले यसअघि नै विज्ञप्ती जारी गरी दोषीमाथि कारबाहीको माग गरिसकेको विदितै छ । उक्त घटना घटेको दुई घण्टापछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता समेत रहनुभएका डीएसपी सुरज कार्कीले पत्रकार विश्वकर्मामाथि आक्रमण प्रयास गर्ने दीपेश यादव पक्राउ परेको जानकारी गराउनुभएको थियो । तर, पक्राउ गरिएका यादव सोही दिन साँझपख प्रहरीकै नियन्त्रणबाट भागेको भन्ने गैरजिम्मेवारी कुरा अहिले प्रहरीले गरिरहेको छ । यसबारे सतथ्यतथ्य छानविन गरी दोषी र दोषी भगाउन सहयोग गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब र नेपाल पत्रकार महासंघ, रुपन्देहीले २४ घण्टाको अल्टिमेटम दिँदै बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थियौं । तर, २४ घण्टा वित्दा समेत प्रहरी प्रशासनबाट दोषी र दोषी भगाउने प्रहरीलाई कानूनी दायरामा ल्याइएको कुनै जानकारी प्राप्त भएको छैन । जसले गर्दा पीडित पत्रकार विश्वकर्माले न्याय पाउनेमा अझै विश्वस्त हुने अवस्था छैन । तसर्थ लुम्बिनी प्रेस क्लबको बुधबार बसेको कार्यसमिति, सल्लाहकार, पूर्वपदाधिकारी सहितको बैठकले पत्रकार विश्वकर्माको न्यायका लागि पहिलो चरणमा निम्नानुसार तीन दिवसीय आन्दोलनका कार्यक्रम घोषणा गरेको सबैमा जानकारी गराउँछौं । साथै उक्त आन्दोलनमा प्रेस स्वतन्त्रता, मानव अधिकारवादी र सामाजिक न्यायको पक्षमा हुने सम्पूर्णमा सहयोग र सहकार्यका लागि हार्दिक आह्वान गर्दछौं ।

पहिलो चरणका आन्दोलनका कार्यक्रमहरुः–

१. मिति २०८२ बैशाख ११ गते बिहीबार बिहान १०ः१५ बजेदेखि १ घण्टासम्म जिल्ला प्रशासन कार्यालय, रुपन्देही अगाडि धर्ना दिने । साथै, आन्दोलनका कार्यक्रमबारे नेपाल पत्रकार महासंघसहित विभिन्न पेसागत संघसंगठनलाई जानकारीसहित ऐक्यबद्धताका लागि आग्रह गर्ने ।

२. मिति २०८२ बैशाख १२ गते शुक्रबार सम्पूर्ण पत्रकारहरुले कालोपट्टी बाँधेर बिहान १०ः१५ बजेदेखि १ घण्टासम्म प्रशासन अगाडि धर्ना दिने ।

३. मिति २०८२ बैशाख १४ गते आइतबार सम्पूर्ण पत्रकारहरुले संचार सामग्रीहरु प्रशासनको गेटमा राखेर, कालोपट्टी बाँधेर बिहान १०ः१५ बजेदेखि १ घण्टासम्म प्रशासन अगाडि धर्ना दिने ।

यसपछि पनि दोषीलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएन भने दोस्रो चरणका आन्दोलन घोषणा गरी चरणबद्ध आन्दोलनमा उत्रिने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।

 प्रकाश न्यौपाने (महासचिव)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending