काठमाडौ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सम्बन्धमा गलत समाचार लेखेको भन्दै दायर भएको अदालतको अवहेलना मुद्दामा प्रधान सम्पादकलाई बयानका लागि बोलाउने आदेश भएको छ । सर्वोच्च अदालतले बुधबार यस्तो आदेश दिएको हो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट गरेको भन्ने अपुष्ट समाचार प्रकाशन गर्ने नेपाली पेन अनलाइन नामक सञ्चारमाध्यमविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर भएको थियो । मंगलबार दायर भएको रिटमाथि बुधबार संयुक्त इजलासमा सुनुवाइ हुँदा न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार बुधबारको आदेशमा नेपाली पेन अनलाइनका प्रधान सम्पादक डा. दीपेश केसी र कार्यकारी सम्पादक सचिन बानियाँलाई बयानका लागि बोलाउने आदेश भएको हो । उक्त अनलाइनले सोमबार ‘प्रधानन्यायाधीशले पूर्व राजालाई किन भेटे ?’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचारमा प्रधानन्यायाधीश राउतले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको दाबी गरिएको थियो ।
सोही समाचारमै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि पूर्व राजालाई भेटेको र उनकै योजनामा वर्तमान प्रधानन्यायाधीश राउतले समेत भेटघाट गरेको दाबी गरिएको थियो । समाचारमै राउतले खिलराज रेग्मीले नै झैँ मन्त्रिपरिषद् अध्यक्ष बन्न खोजेको दाबी समेत गरिएको थियो ।
तर उक्त समाचार सरासर झुटो र प्रधानन्यायाधीश तथा न्यायालयकै अवहेलना गर्ने उद्देश्यबाट प्रकाशन भएको भन्दै सर्वोच्च अदालतका नासु कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईँले नेपाली पेन अनलाइनलाई विपक्षी बनाई अदालतको अवहेलनामा मुद्दा दायर गरेका थिए ।
सर्वोच्च अदालत प्रशासनले सोमबार र मंगलबार दिनभर उक्त समाचार पुष्टि गर्न र प्रमाण उपलब्ध गराउन माग गरेपछि उक्त समाचार नै वेभसाइटबाट डिलिट गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: