Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छः राप्रपा अध्यक्ष लिङ्देन

खबरडबली संवाददाता

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष माननीय राजेन्द्र प्रसाद लिङ्देनले विदेशमा बस्ने नेपालीहरुको नागरिकता निरन्तरता हुनुपर्नेमा आफ्नो पार्टी प्रतिबद्ध भएको उल्लेख गरेका छन् ।

उनले  विदेशमा बस्ने नेपालीको नागरिकता निरन्तरताको विषय नौलो नभएपनि वर्तमान नागरिकता ऐनले सो विषयलाई विस्थापित गरेको भन्दै उक्त ऐन संशोधन गर्नुपर्ने आफूहरुको पनि  मुख्य म्यान्डेट भएको बताए  ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको भेटमा अध्यक्ष लिङ्देनले भने, “एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ र उनीहरुलाई मूलथलोबाट टाढा बनाउनु हुन्न भनेर हामीले आवाज उठाउँदै आएका छौँ ।”

२०६३ सालपछिको राजनीतिक व्यवस्था फेरिएपछि आएको नागरिकता ऐनले विदेशमा बस्ने सबै नेपालीलाई  अन्याय गरेको छ, उनले भने, “अवसरको खोजीमा विदेशमा गएको नेपाली अवसर पायो विदेश बस्यो, उतैको नागरिकता लियो भन्दैमा उसलाई नेपाली नै होइन भन्न कहाँ पाइन्छ ? हामीले पनि यसलाई संशोधन र परिमार्जनका लागि माग गर्दै आएका छौँ र आगामी दिनमा पनि गर्छौँ ”

विदेशमा बस्ने नेपालीहरु पनि देश विकासका मुख्य सारथी, स्रोत र शक्ति भएको भन्दै उनले सबै पक्षलाई मिलेर एकढिक्का भएर देश विकासको साझेदार बन्न समेत आह्वान गरे ।  

उक्त भेटमा अध्यक्ष डा बद्री केसीले सरकारले गैरआवासीय नेपाली नागरिकता दिएपनि त्यसको कार्यान्वयन नभएको र त्यसले खरबौँको सम्पत्ति विदेशिने, नेपालमा लगानी आकर्षित गर्न कठिन हुने लगायतका समस्याबारे ध्यानाकर्षण गराएका थिए  ।

यस्तै उपाध्यक्ष डा हेमराज शर्माले एनआरएनएमा अहिले देखा परेको विवादका सम्बन्धमा नेपालका सबै राजनीतिक दलहरुले एकमत भएर विधानविपरित गतिविधि गरिरहेको समूहलाई समस्या समाधानका लागि सुझाव दिनुपर्नेमा जोड दिए । उनले भने, “नचाहँदा नचाहँदै पनि संघमा राजनीतिक प्रभाव परेको छ, अहिले उच्च स्तरिय समितिको नामका भइरहेका गतिविधि यहाँहरुलाई थाहै छ, यसर्थ त्यस्ता गतिविधि रोक्न पनि राजनीतिक दलले नै भूमिका खेल्नुपर्छ  ।”

यसैबीच गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति माननीय डोल प्रसाद (डिपी) अर्याललाई भेटेर गैरआवासीय नेपाली नागरिकताको कार्यन्वयनका लागि पहल गरिदिन आग्रह गरेको छ ।

जवाफमा माननीय अर्यालले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन हुनुपर्छ भनेर पटकपटक आफ्नो पार्टीले सदनमा  माग गर्दै आएको उल्लेख गरे ।

फरक प्रसंगमा संघका उपाध्यक्ष डा हेमराज शर्माले एनआरएनएमा अहिले देखा परेको विवादको वास्तविकता र भ्रमबारे जानकारी गराए । कुनै एक असन्तुष्ट समूहले संस्थाको शाख नै गिर्नेगरि एकलौटी रुपमा अवैधानिक गतिविधि गरेको उनले बताए । जवाफमा अर्यालले भने, “तपाईहरुको विवाद नेपालका राजनीतिक दलले होइन तपाईहरु आफैँले, तपाईहरुकै अग्रजले आन्तरिक रुपमा समाधान गर्नुपर्छ, बाँकी हामीले एनआरएनएलाई एकढिक्का बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नुपर्ने हरसंभव पहल गर्न हामी तयार छौँ ।”

उक्त अवसरमा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय हरि ढकालले पहिले पुस्ताका विदेशमा रहेका नेपालीलाई राजनीतिक अधिकार समेत दिनेगरि बहस हुनुपर्नेमा जोड दिए ।

यस्तै आजै उपसभामसख इन्दिरा रानासँग भएको भेटमा पनि प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली नागरिकता, वर्तमान विवादास्पद अवस्था लगायतका बारेमा जानकारी गराएको छ । भेटमा उपसभापति रानाले आफ्नो तहबाट गर्न सकिने पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

आजको भेटमा अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षद्वय डा. हेमराज शर्मा,  रोजिना प्रधान राई, उप–महासचिव सोमनाथ सापकोटा, सचिव राधिका (टीका) गुरुङ, सह–कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, प्रवक्ता फणिन्द्र पन्त, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्क बहादुर केसी,  एनसीसी स्वीडेनका निवर्तमान अध्यक्ष  राजकुमार पाठक, अमेरिकाका कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्त, सल्लाहकार एकनारायण चापागाई, तथा डा. मीन रानाभाट सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending