Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

चुनढुङ्गा बोक्ने टिप्परका लागि वैकल्पिक मार्ग निर्माण हुँदै

खबरडबली संवाददाता

दाङ । दाङमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्पर सञ्चालनका लागि निर्माणाधीन वैकल्पिक मार्गको करिव ७५ प्रतिशत काम सकिएको छ । वैकल्पिक मार्ग निर्माण सुरु भएको पाँच वर्षको अवधिमा करिव ७५ प्रतिशत ट्रयाक खन्ने काम सकिएको हो ।

घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योग लगायतका उद्योगका लागि सञ्चालन हुने टिप्पर सञ्चालनका लागि २०७६ सालदेखि बंगलाचुली गाउँपालिका–४ जुम्लेपानी–जौलेबाध–ओखलढुंगा–उर्जा–बाछी–सुकाखोला मार्गको ट्रयाक खोल्ने काम सुरु भएको थियो । सिमेन्ट उद्योगकालागि चुनढुगा बोक्ने टिप्परका कारण घोराही–कमिरेचौर–मुर्कुटी सडकखण्ड जीर्ण भएपछि लुम्बिनी प्रदेश सरकारको लगानीमा बैकल्पिक मार्ग निर्माणको काम सुरु भएको थियो ।

वैकल्पिक मार्गअन्तर्गत पाँच किलोमिटर सडकमध्ये हालसम्म करिव चार किलोमिटर सडकको ट्र्याक खन्ने काम भएको सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी एवं इन्जिनियर लीलाधर गिरीले जानकारी दिए । वैकल्पिक सडकअन्तर्गत जुम्लेपानी–जौलेबाध–ओखलढुंगासम्मको सडकको ट्र्याक खन्ने काम सकिएको छ भने उर्जा–बाछी–सुकाखोला खण्डमा ट्याक खोल्ने काम बाँकी रहेको छ । बाँकी रहेको खण्डमा पनि ट्रयाक खन्ने काम सकिएपछि टिप्पर सञ्चालन गर्न सकिने सूचना अधिकारी गिरीले बताए । 

ट्रयाक खोल्नका लागि बजेट अभावसँगै पहाडी क्षेत्रमा ठुला–ठुला चट्टान भएका र चट्टान फोड्न समय लाग्दा सडक निर्माणमा ढिलाई भएको सूचना अधिकारी गिरीले बताए । सडकको ट्रयाक निर्माणसँगै जोखिमपूर्ण ठाउँमा वाल लगाउनुपर्ने, कल्र्भटसँगै नाला निर्माणको काम गर्नुपर्ने भएपनि बजेट अभावका कारण यो वर्ष काम हुन नसकेको बताए । गत वर्ष काम गरेको पैसा यो वर्ष भुक्तानी दिइएको र यो वर्ष काम हुन नसकेको उनले बताए । 

वैकल्पिक मार्गको ट्रयाक खोल्ने काम पाँच वर्षअघि सुरु भएपनि बजेट अभावका कारण नियमित काम हुन सकेको छैन सूचना अधिकारी गिरीले भने, ‘नियमित रुपमा काम भएको भए अहिलेसम्म करिव काम सकिन्थ्यो । बजेटको समस्याले गर्दा नियमित काम हुन सकेको छैन ।’ वैकल्पिक मार्गको ट्रयाक खन्नका लागि हालसम्म करिव दुई करोड ५० लाख बढी रुपियाँ खर्च भइसकेको र पूर्ण रुपमा सडक सञ्चालन गर्न थप ६ करोड बढी रुपियाँ लाग्ने सूचना अधिकारी गिरी बताउँछन् ।

सडकको ट्रयाक खन्ने काम लगभग ७०-७५ प्रतिशत भएपनि खोलामा कल्भर्ट, जोखिमपूर्ण ठाउँमा जाली, वाललगाउनेदेखि नाला निर्माणलगायते काम गर्नुपर्ने भएकाले ६ करोड बढी बजेट लाग्ने बताए । वैकल्पिक सडक निर्माण भएमा सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने टिप्परसँगै बंगलाचुली गाउँपालिका वडा नं. ३, ४, ६, र ८ नम्वर वडावासीलाई सेवा लिनका लागि करिमरेचौरमा रहेको गाउँपालिकाको कार्यालय पुग्न सहजता हुने बंगलाचुली गाउँपालिका–४ का अध्यक्ष डाँसबहादुर डाँगी बताउँछन् । गाडी हिँड्ने मोटरबाटो नहुँदा अहिले वडावासीलाई गाउँपालिका पुग्न हिड्नुपर्ने र गाडीमा जानका लागि घोराही बजार आएर कमिरेचौर पुग्नुपर्ने बाध्यता रहेको भन्दै वडा अध्यक्ष डाँगीले बैकल्पिक माग निर्माण भएमा धेरै सहजता हुनेछ ।

त्यससँगै बैकल्पिक मार्ग निर्माण भएमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका लागि छोटो बाटो हुने र घोराही–कमिरेचौर–मुर्कुटी हुँदै प्युठान जाने सडकको अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । टिप्पर सञ्चालनका लागि बैकल्पिक मार्ग नहुँदा बंगलाचुली गाउँपालिका हुँदै प्युठान जोड्ने सडक जीर्ण अवस्था रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE