Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

ट्रम्पको धम्कीले क्युबेकलाई क्यानडाको नजिक ल्याउँदै

खबरडबली संवाददाता

मन्ट्रियल। लामो समयदेखि गहिरो जरा भएको स्वतन्त्रता आन्दोलनका लागि परिचित क्युबेकले डोनाल्ड ट्रम्पको तीखो आक्रमणको सामना गर्दै क्यानडाको भागका रूपमा आफ्नो पहिचानलाई दुर्लभ जोशका साथ अँगाल्दै आएको छ ।

अमेरिकाको उत्तरी छिमेकीविरुद्ध अमेरिकी राष्ट्रपतिको आक्रमण र यसलाई ५१औँ राज्य बनाउने उहाँको घोषित लक्ष्यले देशभरका मानिसहरूलाई २१औँ शताब्दीमा क्यानाडाली हुनुको अर्थ के हो भनेर पुनर्विचार गर्न प्रेरित गरेको छ । उक्त पुनर्विचारलाई आउँदै गरेको सामान्य निर्वाचनले थप प्रोत्साहन दिएको छ ।

अपेक्षाहरू विपरीत क्यानडाको बहुमतबाट आफूलाई अलग राख्न मन पराउने क्युबेक–फ्रान्सेली भाषी प्रान्त नयाँ देशभक्तिको भावनालाई सबैभन्दा बढी उत्साहपूर्वक अपनाउनेहरू मध्ये एक भएको छ ।

“यो पागलपन हो, केवल केही हप्तामा मैले धेरै कुरामा विकास गरेको छु – म आफूलाई धेरै क्यानोडाली भएको महसुस गर्दछु”, क्यारोल पोटभिनले स्वतन्त्रता समर्थक ब्लक क्युबेकिस पार्टीको गढ रहेको मन्ट्रियल छिमेकमा कफी पिउँदै बसेर फ्रान्सेली भाषामा भन्नुभयो, “हामीले खतरामा परेको महसुस गर्‍यौँ र अमेरिकी शत्रुको सामना गर्न मलाई यो स्पष्ट लाग्छ कि हामी एकजुट हुनुपर्छ ।”

क्युबेकको विशिष्ट संस्कृति र राजनीतिक इतिहाससँगै यस भाषाले स्वतन्त्रताको सपनालाई पोषण गरेको छ ।

विभाजनबारे प्रान्तको सबैभन्दा भर्खरको जनमतसङ्ग्रह सन् १९९५ मा भएको थियो । यद्यपि हालसम्म धेरैले नयाँ जनमत सङ्ग्रह चाँडै हुन सक्ने आशा गरेका थिए ।

कतिपयका लागि सीमाको दक्षिणमा ट्रम्पको शपथग्रहण पछिका हप्ताहरूले सबै कुरा परिवर्तन गरेको छ ।

“म लामो समयदेखि क्युबेक स्वतन्त्र हुने पक्षमा थिएँ, तर मलाई लाग्छ आजको संसारमा यो समयको बर्बादी हो”, पोटभिनका साथी पियरे चोइनियरले भन्नुभयो, “जब तपाई अमेरिकाविरुद्ध हुनुहुन्छ, तपाई ठुलो र बलियो हुनुपर्छ ।”

प्रतिकूल हावा

क्युबेकवासीहरूले क्यानडाली भएकोमा ‘गर्व’ वा ‘धेरै गर्व’ भएको मतदानकर्ताहरूलाई बताउने अनुपात डिसेम्बर २०२४ मा ४५ प्रतिशतबाट बढेर दुई महिनापछि ५८ प्रतिशत भयो ।

क्युबेकवासीहरूको समग्र ‘गर्व’ अनुपात क्यानडामा सबैभन्दा कम भए तापनि ‘धेरै गर्व’ गर्नेहरूको सङ्ख्या समग्र आँकडाभन्दा पनि बढी बढेको छ ।

यस्ता सङ्ख्याहरूले जुन केवल फ्रान्सेली भाषी प्रान्तमा मात्र चुनावका लागि उम्मेदवार खडा गर्ने ब्लक क्युबेकोइसलाई अस्थिर बनाएको छ ।

शरद ऋतुसम्म यसले २०२१ मा क्यानडाको संसदमा ३३ सिट सुरक्षित गरेपछि अप्रिल २८ को राष्ट्रिय चुनावमा समर्थन बढ्ने अपेक्षा गरेको थियो ।

“पार्टीले कहिल्यै यस्तो बलियो प्रतिकूल हावाको सामना गरेको छैन”, सन् २००७ देखि सन् २०२१ सम्म क्युबेक सिटीका मेयर रहनुभएका स्वतन्त्रता समर्थक राजनीतिक अनुभवी रेजिस लाबेउमले भन्नुभयो, “क्यानडाको एकता बढ्दै जाँदा आफूलाई स्थापित गर्न सजिलो छैन, यस पटक धेरै मानिसले आफ्नो हृदयबाट नभई रणनीतिक रूपमा मतदान गर्नेछन् ।”

लाबेउमले क्यानडाको समृद्धि र सार्वभौमसत्तामा ट्रम्पको खतरामा मतदाताहरूको आघातबाट स्पष्ट रूपमा परिवर्तन भएको देख्नुहुन्छ ।

“क्यूबेकवासी र क्यानडालीका रूपमा हामीले कहिल्यै युद्ध देखेका छैनौँ, हामी कहिल्यै हाम्रो शारीरिक अखण्डताका लागि डराएका छैनौँ, त्यसैले यी धम्कीहरू ठुलो आघात हुनुका कारण यही हो”, लाबेउमले भन्नुभयो, “मानिसहरू अचम्मित छन् ।”

यसैबिच अन्य पृथकतावादीहरूले गिलासलाई आधा भरिएको रूपमा हेर्ने प्रयास गरिरहेका छन् ।

“हामी गम्भीर खतराको सामना गरिरहेको बेला पनि लगभग एक तिहाई मानिसहरू क्यूबेकको स्वतन्त्रता चाहन्छन्”, पृथकतावादी महासङ्घ ओइ क्युबेकका अध्यक्ष क्यामिले गोयेट–जिङ्ग्रासले भने, “हाम्रो प्रान्त क्यानडाको बाँकी भागभन्दा आर्थिक रूपमा फरक छ र त्यसैले हामी आफ्नो रक्षा गर्न सक्षम हुनुबाट लाभान्वित हुनेछौँ ।”

यस्ता तर्कहरू हुँदाहुँदै पनि पछिल्लो जनमत सर्वेक्षण अनुसार ब्लक क्यूबेकोइसले आउँदो चुनावमा प्रान्तको मतको केवल २५ प्रतिशत मात्र पाउने देखिन्छ ।

यसले पृथकतावादीहरूलाई पछिल्लो पटक जितेको सिट सङ्ख्याको लगभग आधा मात्र छोड्न सक्छ । यो राष्ट्रिय परिणामको केवल पाँचदेखि छ प्रतिशत मात्र हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending