Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

ट्रम्पको धम्कीले क्युबेकलाई क्यानडाको नजिक ल्याउँदै

खबरडबली संवाददाता

मन्ट्रियल। लामो समयदेखि गहिरो जरा भएको स्वतन्त्रता आन्दोलनका लागि परिचित क्युबेकले डोनाल्ड ट्रम्पको तीखो आक्रमणको सामना गर्दै क्यानडाको भागका रूपमा आफ्नो पहिचानलाई दुर्लभ जोशका साथ अँगाल्दै आएको छ ।

अमेरिकाको उत्तरी छिमेकीविरुद्ध अमेरिकी राष्ट्रपतिको आक्रमण र यसलाई ५१औँ राज्य बनाउने उहाँको घोषित लक्ष्यले देशभरका मानिसहरूलाई २१औँ शताब्दीमा क्यानाडाली हुनुको अर्थ के हो भनेर पुनर्विचार गर्न प्रेरित गरेको छ । उक्त पुनर्विचारलाई आउँदै गरेको सामान्य निर्वाचनले थप प्रोत्साहन दिएको छ ।

अपेक्षाहरू विपरीत क्यानडाको बहुमतबाट आफूलाई अलग राख्न मन पराउने क्युबेक–फ्रान्सेली भाषी प्रान्त नयाँ देशभक्तिको भावनालाई सबैभन्दा बढी उत्साहपूर्वक अपनाउनेहरू मध्ये एक भएको छ ।

“यो पागलपन हो, केवल केही हप्तामा मैले धेरै कुरामा विकास गरेको छु – म आफूलाई धेरै क्यानोडाली भएको महसुस गर्दछु”, क्यारोल पोटभिनले स्वतन्त्रता समर्थक ब्लक क्युबेकिस पार्टीको गढ रहेको मन्ट्रियल छिमेकमा कफी पिउँदै बसेर फ्रान्सेली भाषामा भन्नुभयो, “हामीले खतरामा परेको महसुस गर्‍यौँ र अमेरिकी शत्रुको सामना गर्न मलाई यो स्पष्ट लाग्छ कि हामी एकजुट हुनुपर्छ ।”

क्युबेकको विशिष्ट संस्कृति र राजनीतिक इतिहाससँगै यस भाषाले स्वतन्त्रताको सपनालाई पोषण गरेको छ ।

विभाजनबारे प्रान्तको सबैभन्दा भर्खरको जनमतसङ्ग्रह सन् १९९५ मा भएको थियो । यद्यपि हालसम्म धेरैले नयाँ जनमत सङ्ग्रह चाँडै हुन सक्ने आशा गरेका थिए ।

कतिपयका लागि सीमाको दक्षिणमा ट्रम्पको शपथग्रहण पछिका हप्ताहरूले सबै कुरा परिवर्तन गरेको छ ।

“म लामो समयदेखि क्युबेक स्वतन्त्र हुने पक्षमा थिएँ, तर मलाई लाग्छ आजको संसारमा यो समयको बर्बादी हो”, पोटभिनका साथी पियरे चोइनियरले भन्नुभयो, “जब तपाई अमेरिकाविरुद्ध हुनुहुन्छ, तपाई ठुलो र बलियो हुनुपर्छ ।”

प्रतिकूल हावा

क्युबेकवासीहरूले क्यानडाली भएकोमा ‘गर्व’ वा ‘धेरै गर्व’ भएको मतदानकर्ताहरूलाई बताउने अनुपात डिसेम्बर २०२४ मा ४५ प्रतिशतबाट बढेर दुई महिनापछि ५८ प्रतिशत भयो ।

क्युबेकवासीहरूको समग्र ‘गर्व’ अनुपात क्यानडामा सबैभन्दा कम भए तापनि ‘धेरै गर्व’ गर्नेहरूको सङ्ख्या समग्र आँकडाभन्दा पनि बढी बढेको छ ।

यस्ता सङ्ख्याहरूले जुन केवल फ्रान्सेली भाषी प्रान्तमा मात्र चुनावका लागि उम्मेदवार खडा गर्ने ब्लक क्युबेकोइसलाई अस्थिर बनाएको छ ।

शरद ऋतुसम्म यसले २०२१ मा क्यानडाको संसदमा ३३ सिट सुरक्षित गरेपछि अप्रिल २८ को राष्ट्रिय चुनावमा समर्थन बढ्ने अपेक्षा गरेको थियो ।

“पार्टीले कहिल्यै यस्तो बलियो प्रतिकूल हावाको सामना गरेको छैन”, सन् २००७ देखि सन् २०२१ सम्म क्युबेक सिटीका मेयर रहनुभएका स्वतन्त्रता समर्थक राजनीतिक अनुभवी रेजिस लाबेउमले भन्नुभयो, “क्यानडाको एकता बढ्दै जाँदा आफूलाई स्थापित गर्न सजिलो छैन, यस पटक धेरै मानिसले आफ्नो हृदयबाट नभई रणनीतिक रूपमा मतदान गर्नेछन् ।”

लाबेउमले क्यानडाको समृद्धि र सार्वभौमसत्तामा ट्रम्पको खतरामा मतदाताहरूको आघातबाट स्पष्ट रूपमा परिवर्तन भएको देख्नुहुन्छ ।

“क्यूबेकवासी र क्यानडालीका रूपमा हामीले कहिल्यै युद्ध देखेका छैनौँ, हामी कहिल्यै हाम्रो शारीरिक अखण्डताका लागि डराएका छैनौँ, त्यसैले यी धम्कीहरू ठुलो आघात हुनुका कारण यही हो”, लाबेउमले भन्नुभयो, “मानिसहरू अचम्मित छन् ।”

यसैबिच अन्य पृथकतावादीहरूले गिलासलाई आधा भरिएको रूपमा हेर्ने प्रयास गरिरहेका छन् ।

“हामी गम्भीर खतराको सामना गरिरहेको बेला पनि लगभग एक तिहाई मानिसहरू क्यूबेकको स्वतन्त्रता चाहन्छन्”, पृथकतावादी महासङ्घ ओइ क्युबेकका अध्यक्ष क्यामिले गोयेट–जिङ्ग्रासले भने, “हाम्रो प्रान्त क्यानडाको बाँकी भागभन्दा आर्थिक रूपमा फरक छ र त्यसैले हामी आफ्नो रक्षा गर्न सक्षम हुनुबाट लाभान्वित हुनेछौँ ।”

यस्ता तर्कहरू हुँदाहुँदै पनि पछिल्लो जनमत सर्वेक्षण अनुसार ब्लक क्यूबेकोइसले आउँदो चुनावमा प्रान्तको मतको केवल २५ प्रतिशत मात्र पाउने देखिन्छ ।

यसले पृथकतावादीहरूलाई पछिल्लो पटक जितेको सिट सङ्ख्याको लगभग आधा मात्र छोड्न सक्छ । यो राष्ट्रिय परिणामको केवल पाँचदेखि छ प्रतिशत मात्र हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र गैरन्यायिक, अविलम्ब रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...

गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा काँडा भेटिएपछि दुई जना कुक नियन्त्रणमा

चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको संख्या १७ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...

मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने अधिवक्ता बडालको तर्क

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...

ललितपुरको महालक्ष्मी नगरको लुभु र चाङ्गाथली क्षेत्रलाई जोड्दै नयाँ रुटमा चल्न थाल्यो साझा यातायात

ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...

रास्वपाको बन्दसत्र सुरु, विभिन्न प्रतिवेदन र निर्वाचन कार्यतालिका सार्वजनिक हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...

महाधिवेशनमा सबैलाई उम्मेदवारी दिन खुला छ: रवि लामिछाने

रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो

प्रतिनिधिलाई तोकिएको पाँच हजार स्वेच्छिक बनाइएको सभापति लामिछानेको घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...

रास्वपाको बन्द सत्र सुरु, बालेन शाह आएनन्

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending