भक्तपुर । नगरकोट भ्रमण वर्ष–२०८२ का अवसरमा धार्मिक पर्यटनको विकास गर्ने तथा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहितको कल्पेश्वर धाम निर्माणार्थ आयोजना गरिएको शिव पुराण महायज्ञमा हालसम्म रु ६० लाख सङ्कलन भएको छ।
चाँगुनारायण नगरपालिका–८ कलमसीमा कालिका कल्पेश्वरधाम निर्माण गर्ने र त्यहीँ विश्वकै अग्लो महादेवको मूर्ति स्थापना गर्ने सङ्कल्पका साथ यही वैशाख २ गतेदेखि सुरु भएको उक्त महायज्ञमा आजसम्म सो रकम सङ्कलन भएको चाँगुनारायण–८ का वडाध्यक्ष एवं महायज्ञ आयोजक समितिका संयोजक जनक खत्रीले जानकारी दिए।
कलमसीमा रहेको ६० रोपनी क्षेत्रफलमा महादेवको मूर्ति वरिपरि एक हजार आठ शिवलिङ्गका साथै विभिन्न धार्मिक संरचना निर्माण गर्न आयोजना गरेको सो महायज्ञ यही वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ।
संयोजक खत्रीले भने, 'आफ्ना पितृको सम्झनामा सङ्कल्प गरेर एक हजार आठ शिवलिङ्ग स्थापना गर्न दातालाई गुहारेका छौँ।' एउटा शिव लिङ्गका लागि रु ३५ हजार दान गरेर स्थापना गर्न सकिने उनको भनाइ छ। अहिलेसम्म ७१ जनाले शिवलिङ्ग स्थापनाका लागि दान गरेका छन्। कल्पेश्वरको १०८ फिट अग्लो महादेवको मूर्ति निर्माणका लागि दाताले सहयोग गर्ने क्रम जारी छ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भ्रमण वर्षलाई सफल बनाउँदै यस क्षेत्रमा धार्मिक पर्यटकको प्रचुर सम्भावनालाई मूर्त रूप दिन महायज्ञ आयोजना गरिएको बताए। १०८ फिटको मूर्ति निर्माणका लागि करिब रु दुई करोड खर्च हुने भएको छ। कल्पेश्वर महादेव मन्दिर नगरकोट भ्यु टावरबाट नजिकै पर्छ। यहाँबाट काठमाडौं उपत्यकालगायत काभ्रपलाञ्चोकको नाला, बनेपा, धुलिखेलसम्मको दृश्यावलोकन गर्न सकिने छ।
प्रसिद्ध कलमसी क्षेत्रमा चाँगुनारायण–८, ९ र बनेपा नगरपालिका–१ को सङ्गमस्थलका रुपमा रहेको छ। यस क्षेत्रमा नाग कुण्ड, गोसाइँकुण्ड, २७ धारा, नारायण कुण्डलगायतका धार्मिक संरचना छन्। आसपासमा पुण्यवती नदी, सपनेश्वर महादेव मन्दिर, दक्षिणमा ठूली ब्रह्मायणी मन्दिर, बालकुमारी मन्दिर, पश्चिममा सरस्वती मन्दिर, मणिकर्णिका धाम, वाल्मीकेश्वर महादेव, बागेहिणी महादेव, थाकलमोठस्थित लोकेश्वर महादेव मन्दिर पर्छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - १९:५५
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध...
माघ १३ गते, २०८२ - १९:४८
काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटक नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि अवैध रूपमा नेपाल बस्दै आएको भेटिएको छ। अध्यागमन विभागले झाउ साओग...
माघ १३ गते, २०८२ - १९:४०
विराटनगर । इलाका प्रहरी कार्यालय रानीले आफ्नो कार्यक्षेत्रभित्रबाट ८ थान मोबाइल फोन फेला पारेको छ । प्रहरीका अनुसार माघ ८ गते विभिन्न घटना अनुसन्धानका...
माघ १३ गते, २०८२ - १९:३६
लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्...
माघ १३ गते, २०८२ - १९:३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हु...
माघ १३ गते, २०८२ - १९:१०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना...
माघ १३ गते, २०८२ - १९:०३
काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनु...
माघ १३ गते, २०८२ - १९:००
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरो...
माघ १३ गते, २०८२ - १८:५९
जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क...
माघ १३ गते, २०८२ - १८:३०
काठमाडौँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्र...




प्रतिकृया लेख्नुहोस्: