सिन्धुपाल्चोक । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू २१ दिनदेखि २२ बुँदे मागसहित काठमाडौं केन्द्रित आन्दोलनमा छन् । वार्षिक परीक्षा सकेर उनीहरू निर्णायक आन्दोलनमा होमिएका हुन् । शिक्षा ऐन नलिई कक्षाकोठा नफर्किने उनीहरूको अडान छ ।
शिक्षकहरू आन्दोलनमा सहभागी भइरहँदा सामुदायिक विद्यालयका नतिजा सन्तोषजनक नरहेको सार्वजनिक भइरहेको छ । यसैक्रममा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा(८ को नतिजा लाजमर्दो देखिएको छ ।
सुनकोशी–१ मा रहेको वाघभैरव मावि जिल्लाकै नमूना मानिन्छ । यो विद्यालयका लागि बागमती प्रदेश सरकारले नमूनाको सूचीमा राख्दै वार्षिकरूपमा अनुदान उपलब्ध गराउँदै आएको छ । तर, यसपटक ८ कक्षाको पालिकास्तरीय परीक्षामा जम्मा ३ जनामात्रै उत्तीर्ण भए । यहाँ २५ जना सामेल भएको गाउँपालिकाका शिक्षा अधिकृत निमराज बुढाथोकीले बताए ।
कक्षा–८ सम्म सञ्चालित वेत्रावती आधारभूत विद्यालयमा त सबै विद्यार्थी फेल भएका छन् । कक्षा–५ मा २ जना विद्यार्थीले परीक्षा दिएकोमा १ जना फेल भए । गाउँपालिका भित्रका मध्ये यो विद्यालय ‘नील’ भएको छ’ अधिकृत बुढाथोकीले भने ।
सुनकोशी गाउँपालिकामा १ निजी र १३ सामुदायिक विद्यालय कक्षा ८ को पालिकास्तरीय परीक्षामा सामेल भएका थिए । सामुदायिकतर्फ सेतीदेवी शारदा मावि, सेतीदेवी मावि, चामुना देवी आवि र संस्थागततर्फ सदावहार एकेडेमीका विद्यार्थी सत प्रतिशत पास भएका छन् ।
गणेश मावि यमुनाडाँडाबाट ९ जनामध्ये ३ जना पास भए । यो विद्यालयमा कक्षा(५ बाट १५ परीक्षार्थीमध्ये १४ जना फेल भएका छन् । कोल्दोङ माविबाट १० जनामा ८ जना उत्तीर्ण भएका छन् । महेन्द्रदोय माविबाट २५ जना सहभागी भएकोमा २३ जना उत्तीर्ण भएका छन् ।
ठोकर्पा माविबाट २३ सहभागीमा १७ उत्तीर्ण, भूमेश्वरी मावि १३ मा ६ जना उत्तीर्ण भएका छन् । महेन्द्रकान्ति मावि १९ मा १५, जनजागृति मावि २५ मा १८ मात्रै उत्तीर्ण भएका छन् भने जाल्पा माविबाट १२ सहभागी भएकोमा ११ जना उत्तीर्ण भएका छन् ।
सुनकोशी गाउँपालिकाले गत वर्षदेखि केन्द्र निर्धारण गरे कक्षा(५ र ८ को परीक्षा पालिकास्तरीय रूपमा सञ्चालन गरेको थियो । कतिपय विद्यार्थीलाई ग्रेस नम्बर दिएर उत्तीर्ण गराइएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीहरूलाई विद्यालयले प्रयोगात्मकमा उच्च नम्बर दिएपनि सैद्धान्तिकमा कम नम्बर प्राप्त गर्दा धेरै विद्यार्थी कक्षा ९ मा अध्ययन गर्नबाट वञ्चित भएका छन् ।
गाउँपालिकाले चार विषयसम्म फेल हुनेका लागि पूरक परीक्षा सञ्चालनको तयारी गरेपनि शिक्षकहरूको आन्दोलनका कारण समस्या भएको शिक्षा शाखा प्रमुख निमराज बुढाथोकीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: