काठमाडौं । जीमेल प्रयोगकर्ताहरूका लागि ठूलो स्क्यामको चेतावनी आएको छ, जसले प्रयोगकर्ताको खातामा अनधिकृत पहुँच बनाएर व्यक्तिगत डाटा चोर्न सक्ने सम्भावना रहेको गुगलले जनाएको छ।
अर्बौं प्रयोगकर्ताहरूले प्रयोग गर्ने यस मेल प्रणालीमा सुरक्षा सुधार गरिए तापनि, ह्याकरहरू पनि झनै स्मार्ट र चलाख बन्दै गइरहेका छन्, जसका कारण कतिपय अवस्थामा प्रयोगकर्ताले खतरा महसुस गर्न पनि सक्दैनन्।
नयाँ जीमेल स्क्यामबारे गुगल चिन्तित
गुगलका अनुसार, हाल एउटा गम्भीर मालवेयर अभियान तीव्र गतिमा फैलिँदैछ, जसमार्फत ह्याकरहरूले प्रयोगकर्तालाई ठगी गरिरहेका छन् र उनीहरूको व्यक्तिगत विवरण मागिरहेका छन्।
यो चेतावनी प्रयोगकर्ता निक जोनसनले एक्समा पोस्ट गरेको एक डरलाग्दो अनुभवपछि आएको हो। उनले प्राप्त गरेको इमेलको ढाँचा निकै आधिकारिक देखिने खालको थियो, जुन सामान्य प्रयोगकर्तालाई शंकास्पद लाग्दैन।
जोनसनले बताए अनुसार उक्त इमेलमा उनको गुगल खाताबारे जारी गरिएको अदालतको आदेशको कुरा उल्लेख गरिएको थियो। इमेलमा दिइएको लिंक गुगलको सपोर्ट पेजजस्तो देखिन्थ्यो, तर वास्तवमा त्यो ह्याकरहरूले बनाएको फिसिङ साइट थियो जहाँ प्रयोगकर्ताले आफ्नो विवरण दिनुपर्ने गरी जाल बिछ्याइएको थियो।
यस्ता इमेल कसरी चिन्ने ?
जोनसनले बताए अनुसार उक्त इमेल गुगलको सुरक्षा प्रणाली पार गरेर सीधै इनबक्समा आएकोले पनि यो स्क्यामको डर छ। आदेशसम्बन्धी सूचना गुगलबाट सामान्यतया इमेलमार्फत आउँदैन, त्यसैले यस्ता इमेल जति नै आधिकारिक देखिए पनि, लिंक नखोल्न गुगलले सुझाव दिएको छ।
गुगलले यो फिसिङ अभियानको विस्तारबारे जानकारी दिएको छ र ह्याकरहरूले जीमेलको प्रणालीमा रहेको कमजोरी कसरी दुरुपयोग गरिरहेका छन् भन्ने पनि बताएको छ। कम्पनीले छिट्टै सुरक्षासम्बन्धी अपडेट ल्याउने जनाएको छ।
के गर्ने ?
नयाँ सुरक्षा अपडेट नआउन्जेल प्रयोगकर्ताहरूले यस्तो धम्कीपूर्ण वा चेतावनी दिने खालका इमेलहरू नखोल्न र क्लिक नगर्नु उपयुक्त हुने गुगलले बताएको छ। साथै जीमेल खाताको सुरक्षाका लागि टु फ्याक्टर अथेन्टिकेशन र पास की प्रयोग गर्नुपर्ने सल्लाह पनि दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...



प्रतिकृया लेख्नुहोस्: