Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

दैनिक व्यापार घाटा ४ अर्ब १५ करोड

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । निर्यात व्यापारमा सुधार देखिए पनि मुलुकको दैनिक व्यापार घाटा ४ अर्ब १५ करोड पुगेको छ । स्वदेशमै पर्याप्त उत्पादन गर्न सकिने वस्तुको समेत आयात बढ्दा व्यापार घाटा चुलिएको सरोकारवाला बताउँछन् । 

भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यसअनुसार मासिक व्यापार घाटा १ खर्ब २४ अर्ब ५९ करोड छ । अर्थात् दिनको घाटा ४ अर्ब १५ करोड छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४५ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो ९ महिनामा व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ थियो । दैनिक घाटा ३ अर्ब ९० करोड थियो । अहिले व्यापार घाटा धेरैले बढेको हो । यसको मुख्य कारण स्वदेशमै उत्पादन हुन सक्ने वस्तुमा पनि परनिर्भरता बढ्नु रहेको जानकारको भनाइ छ । ‘मुख्य बाली धान–मकै आयातमै अर्बौं रुपैयाँ खर्च भएको छ । तेलहन र फलफूलको अवस्था पनि उस्तै छ,’ पूर्ववाणिज्य सहसचिव रवि सैंजूले भने, ‘कतिपय वस्तु आयात नभई हुँदैन, त्यसैले घाटा तत्काल कम गर्न सकिँदैन । तर स्वदेशी मागले धान्न सक्ने गरी कृषि उत्पादन बढाउन सके आयात–निर्यातको खाडल घटाउन सकिन्छ ।’

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोडको वस्तु आयात भएको थियो । ९ महिनामा आयात व्यापार १२.१८ प्रतिशतले बढेको हो ।

यस अवधिमा सोयाबिन तेल (कच्चा) आयात अस्वाभाविक बढेर पेट्रोललाई समेत उछिनेको छ । ९ महिनामा ६६ अर्ब ४ करोडको सोयाबिन तेल (कच्चा) आयात भएर आयात हुने वस्तुमध्ये दोस्रो नम्बरमा परेको छ । यस अवधिमा २२ अर्ब ६४ करोडको सनफ्लावर तेल (कच्चा) आयात भएको छ । निर्यातमा भन्सार छुट र निर्यात गर्दा अग्रिम भुक्तानी सुविधाले आयात अत्यधिक बढेको छ । उद्योगी व्यापारीले तेस्रो मुलुकबाट आयात गरी केही मात्रामा रिफाइन गरेर निर्यात गरेका छन् ।

प्रमुख बालीका रूपमा रहेको १८ अर्ब ५ करोडको धान र १३ अर्ब ७८ करोडको चामल आयात भएको छ । यसमध्ये ५ अर्ब ७८ करोडको बासमती चामल आयात भएको छ । १३ अर्ब ७३ करोडको मकै, ७ अर्ब ३४ करोडको स्याउ, ६ अर्ब ४५ करोडको लसुन र ६ अर्ब २ करोडको आलु आयात भएको छ । ‘स्वदेशमै यी वस्तुको उत्पादन सम्भव छ । सिँचाइ, मलबीउलगायात सुविधा दिएर लागत कम गरेर यिनको उत्पादन बढाउन पनि सकिन्छ,’ सैंजूले भने ।

स्वदेशी वस्तुको उत्पादन र निर्यात बढाउन सरकारले तुलनात्मक लाभका वस्तुसमेत पहिचान गरेको छ । निर्यात बढाउन नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) लाई पटक–पटक संशोधन गर्दै आएको छ । निर्यातमा केही सुधार देखिए पनि यो पर्याप्त नभएको जानकार बताउँछन् । ‘पहिलो कुरा अर्थतन्त्र चलायमान बनाउनुपर्छ, त्यसका लागि पुँजीगत खर्च बढाउनुपर्छ । उद्योग राम्रोसँग चले निर्यात बढाउन सकिन्छ, व्यापार घाटा पनि काम गर्न सकिन्छ,’ सैंजूले भने ।

आयात भएका वस्तुमध्ये पहिलो नम्बरमा भने डिजेल छ । ९ महिनामा ९१ अर्ब २६ करोडको डिजेल आयात भएको छ । ६३ अर्ब ७३ करोडको स्टिल तथा आइरन, ४७ अर्ब ७७ करोडको पेट्रोल, २५ अर्ब ३८ करोडको स्मार्टफोन, १७ अर्ब १२ करोडको सुनलगायत आयात भएको छ ।

९ महिनामा निर्यात व्यापार ६५.१६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म १ खर्ब ८८ अर्ब १९ करोडको वस्तु निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

निर्यात भएका वस्तुमध्ये पहिलो नम्बरमा खानेतेल नै छ । ९ महिनामा ६२ अर्ब ७८ करोडको सोयाबिन तेल, ९ अर्ब २३ करोडको सनफ्लावर तेल, ८ अर्ब ९ करोडको कार्पेट, ६ अर्ब २६ करोडको अलैंचीलगायत वस्तुको निर्यात भएको छ ।

नेपालले १ सय ६३ मुलुक बढीसँग द्विपक्षीय व्यापार गर्छ । सबैभन्दा धेरै व्यापार र घाटा भारतसँग छ । ९ महिनामा भारतसँग मात्रै ६ खर्ब ३५ अर्ब ७६ करोड घाटा छ । दोस्रोमा चीनसँग २ खर्ब ४५ अर्ब ६५ करोड घाटा रहेको विभागको तथ्यांक छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending