Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

रविलाई दिइएका प्रहरीका तीन पुर्जी नै प्रक्रियागत रूपमा गलत

तारेख थाम्ने व्यवस्था हुँदाहुँदै पक्राउ गर्नु फौजदारी न्याय प्रणालीको मूल मर्मविपरीत रहेको कानुन व्यवसायीको तर्क

खबरडबली संवाददाता

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने अहिले रुपन्देही जिल्ला कारागारको ब्लक नं. ४ मा थुनामा छन् । उच्च अदालत तुलसीपुर (बुटवल इजलास)को २२ चैतको आदेशलगत्तै उनलाई पक्राउ गरिएको थियो । तर, रविलाई थुनामा राख्ने प्रक्रियामै प्रचलित कानुन र संविधानको उल्लंघन भएको विभिन्न आधारहरू देखिएका छन् । 

रवि रुपन्देही जिल्ला अदालतमा १ करोडको बैंक ग्यारेन्टी राखेर साधारण तारेखमा मुद्दाको पुर्पक्षमा नियमित उपस्थित हुँदै आएका थिए । उनलाई आगामी २३ वैशाखमा अदालतमा पुनः उपस्थित हुन आदेश दिइएको थियो । तर, कानुनअनुसार तारेख थाम्ने व्यवस्था हुँदाहुँदै उच्च अदालतको आदेशलगत्तै पक्राउ गरियो । फौजदारी न्याय प्रणालीको मूल मर्म नै प्रक्रियागत न्याय हो, जुन रविको प्रकरणमा लत्याइएको देखिन्छ । मुलुकी फौजदारी कार्यविधि संहिता र फैसला कार्यान्वयन निर्देशिका २०७५ ले स्पष्ट रूपमा ‘कुनै पनि अभियुक्तलाई थुनामा राख्न अदालतको स्पष्ट आदेश र थुनुवा पुर्जी अनिवार्य’ गरेको छ । तर, रविलाई पक्राउ गर्दा न स्पष्ट आदेश थियो, न त थुनुवा पुर्जी नै । २२ चैतको साँझ ७ः४५ बजे उच्च अदालत तुलसीपुर (बुटवल इजलास)ले दिएको आदेश कार्यान्वयनका लागि भन्दै प्रहरीले राति ८:३० बजे रविको शयनकक्षमै प्रवेश गरी पक्राउ गरेको थियो । तर, उक्त आदेशलाई प्रहरीले कस्तो कानुनी आधारमा कार्यान्वयन ग¥यो भन्ने स्पष्ट छैन ।

त्यस्तै, रविको मुद्दा नै दर्ता भइसकेको अवस्थामा पनि प्रहरीले पुनः अनुसन्धानका लागि भनेर पक्राउ गर्नु र थुनुवा पुर्जी दिनु पनि फौजदारी कार्यविधिसंहिताविपरीत रहेको भन्दै उनका कानुन व्यवसायीले प्रश्न उठाएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई निवासमै पक्राउ गर्दा ‘तपाईंलाई उच्च अदालत तुलसीपुर बुटवल इजलास सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले यो पक्राउ पुर्जी जारी गरिएको छ’ लेखिएको पक्राउ पुर्जी दिइएको थियो । जबकि रविको मुद्दा पहिले नै दर्ता भइसकेको थियो । अर्थात् उनीमाथि अभियोग लागिसकेको अवस्था थियो । यस अवस्थामा अनुसन्धानका लागि थुनुवा पुर्जी दिइनु फौजदारी कार्यविधि संहिताको दफा ९(६) विपरीत भएको रवि पक्षका कानुन व्यवसायी अधिवक्ता डा. नारायण कँडेलको दाबी छ । ‘यो दफा अनुसन्धानको क्रममा मात्रै पक्राउ गर्न सकिने प्रावधान हो, न कि मुद्दा दर्ता भइसकेपछि,’ उनले भने ।

त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंले ‘अदालतको फैसला कार्यान्वयनको आदेशअनुसार प्रहरी हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भएकाले आजैको मितिदेखि प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न यो थुनुवा पुर्जी दिइएको छ’ भन्ने व्यहोराको पुर्जी दिएको थियो । जबकि पुर्जीमा कार्यालयको चलानी नम्बरसमेत थिएन ।

डा. कँडेल भन्छन्, ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ८० बमोजिम कुनै व्यक्तिलाई थुनामा राख्दा त्यसको कानुनी आधार र कारण खुलाई फैसला कार्यान्वयन निर्देशिका २०७५ को दफा ३ र ४ बमोजिम जिल्ला अदालतको थुनुवा पुर्जीबाट मात्र थुनामा राख्न सकिने कानुनी व्यवस्था हुन्छ । ती निकायको कुनै पत्राचार वा आदेशबेगर आदेशअनुसार भनी प्रहरीले अनुसन्धान गरी मुद्दा दायर भइसकेको मुद्दामा यसप्रकार अनुसन्धान गर्न भनी अनधिकृत पुर्जी दिई थुनामा राख्न मिल्दैन ।’ 

रविलाई उच्च अदालतको आदेशलगत्तै पक्राउ गरेर २३ चैतमा अदालतमा उपस्थित गराउने भनिए पनि सार्वजनिक बिदा भएको कारण देखाउँदै सो दिन उनलाई रुपन्देही जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखियो । तर, सोही दिन दिइएको थुनुवा पुर्जीमा पनि कैफियत देखिन्छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको थुनुवा पुर्जीमा लेखिएको थियो, ‘उच्च अदालत तुलसीपुर बुटवल इजलाससमक्ष पेस गर्नका लागि यस कार्यालयमा आज मिति २०८१/१२/२३ गते जिल्ला प्रहरी परिसर काठमाडौंको पत्र साथ उपस्थित गराएकोमा आज मिति २०८१/१२/२३ गते सार्वजनिक बिदा परेकाले अदालतमा उपस्थित गराउन नसकिएकाले अदालत खुल्दाका बखत उपस्थित गराउने गरी आजकै मिति २०८१/१२/२३ गतेदेखि यस कार्यालयको प्रहरी हिरासतमा राख्नुपर्ने भएकाले तपाईंलाई हिरासतमा राखी यो थुनुवा पुर्जी दिइएको छ ।’ तर, फैसला कार्यान्वयन निर्देशिका २०७५ को दफा ३ र ४ बमोजिम रूपन्देही जिल्ला अदालतको थुनुवा पुर्जीबाट मात्र थुनामा राख्न सकिने कानुनी व्यवस्था हुन्छ । उच्च अदालतमा उपस्थित गराउने कानुनी व्यवस्था नै छैन । 

रविलाई २५ चैत ०८१ मा रुपन्देही जिल्ला अदालतले अर्को थुनुवा पुर्जी दिएको थियो जसले सोभन्दा पहिला २२ चैतमा सो अदालतले काठमाडौं जिल्ला प्रहरी परिसरलाई कुनै आदेश दिएको रहेनछ भन्ने पुष्टि भई कुनै साधिकार निकायको आदेशविना नै अनधिकार रूपमा परिसरबाट पक्राउ गरिएको तथ्य स्पष्ट भएको उनीहरूको दाबी छ । 

सर्वोच्च अदालतद्वारा प्रतिपादित विषवृक्ष सिद्धान्तअनुसार कुनै कार्य सुरु नै गैरकानुनी रूपमा भएमा त्यसपछि गरिएका सबै प्रक्रिया पनि स्वतः बदर हुन्छन् । यस्तै दाबी गर्दै कानुन व्यवसायीहरूले रवि लामिछानेलाई यथाशीघ्र थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्न सकिने सुझाव दिएका थिए । त्यसैअनुसार आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भइसकेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अघिल्लो चुनावमा दलहरूले गरेका मुख्य वाचा जुन पूरा भएनन्, नयाँ के ल्याउलान् ?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३  महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...

७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र- एकताबद्ध रहेर निर्वाचनमा केन्द्रित बनौँ

शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास

सुन र अमेरिकी डलरको मूल्य हरेक दिन नयाँ उचाइमा, किन ?

काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...

‘गोप्य’ भ्रमण सकेर फर्किए चिनियाँ कम्युनिस्ट पार्टीका नेता, उच्चस्तरीय टोली पनि आउँदै

काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...

निर्वाचन आयोगको ‘कल सेन्टर’ मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...

प्रतिनिधिसभा निर्वाचन- समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षको थालियो

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।  जनक शिक्षा ...

आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending