गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ ।
विसं २०४५ मा बाँदर लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाएका थिए । पहिले विचित्र गुफा हेर्न आन्तरिक पर्यटकमात्र पुग्ने गर्दथे । पछिल्लो समय विदेशमा पनि विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि विदेशी पर्यटकसमेत आउन थालेका छन् ।
हाल फ्रान्स जर्मनी र बेलायतका पर्यटक गुफा हेर्न आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए । धेरै विदेशी नागरिक अरबिन्द्र आश्रममा योग साधनाका लागि आउने गरेको र सोही अवसरमा गुफाको अवलोकन गरेर फर्कने गरेको उनले बताए।
उक्त गुफा १८५ मिटर लम्बाई र ३५० मिटर चौडाइमा फैलिएको छ । स्थानीय जनार्दन भण्डारीले बारीमा मकै खान आएका बाँदर लखेट्ने क्रममा बाँदर एकाएक पहरा (चट्टान) को बीचमा रहेको सानो प्वालबाट भित्र पसेपछि त्यहाँ गुफा रहेको पत्ता लगाएको स्थानीय युवराज भण्डारीले बताए ।
गुफाको मुख्य प्रवेशद्वारबाट भित्र भित्तामा देखिने विभिन्न आकृतिले जो केहिको पनि ध्यान केन्द्रित गर्ने गरेको छ । गुफाको मुख्य आकर्षण भनेकोे ‘स्वर्ग जाने बाटो’ हो । ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्मा मात्र भित्र पस्न सक्छन भन्ने मान्यता छ । स्वर्गजाने बाटो एकदमै साँगुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृष्य हात्तिको भीमकाय शरीर हो । त्यहाँ प्राकृतिक रूपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रूपमा देख्न सकिन्छ ।
जो मानिस त्यहाँभित्र छिर्न सक्छ उसले आफूलाई भाग्यमानी ठान्दछ । गुफा क्षेत्रको विकासका लागि हालसम्म धुर्कोट गाउँपालिका, प्रदेश र सङ्घबाट गरी रु दुई करोड बढी लगानी भइसकेको गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताए । सदरमुकाम तम्घासबाट १८ किलोमटरको दुरीमा रहेको उक्त गुफामा पुग्न यातायात र पैदल मार्ग दुवै रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...
माघ १४ गते, २०८२ - ०८:४५
खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...
माघ १४ गते, २०८२ - ०८:४१
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...
माघ १४ गते, २०८२ - ०८:०८
शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास
माघ १४ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...
माघ १४ गते, २०८२ - ०७:५५
काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...
माघ १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...
माघ १४ गते, २०८२ - ०७:२९
काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...
माघ १४ गते, २०८२ - ०७:२६
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा ...
माघ १४ गते, २०८२ - ०७:२१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...




प्रतिकृया लेख्नुहोस्: